काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् । शुक्रबार राति १०ः४५ देखि लागेको आगोबाट ठूलो मूल्य बराबरको क्षति भएको अनुमान छ । क्षतिको विवरण निकाल्ने तयारी भइरहेको ताप्लेजुङ सहायक प्रमुख जिल्ला (सूचना) अधिकारी केशव खतिवडाले बताए ।
‘हामी रात भरी आगो नियन्त्रणमा थियौं, पहाडको ठाँउ भएकाले दमकको व्यवस्थापन गर्न ढिलो हुँदा, प्रहरी स्थानियको सहयोगमा आगो नियन्त्रण त गरियो तर कति परिवार विस्तापित भन्ने आकंडा निकाल्ने काम भइरहेको छ’ उनले भने ।
उक्त आगलागी शनिबार विहान साढे पाँच बजे नियन्त्रणमा लिँदा दुई पक्की घर पुन रुपमा क्षति, एक पक्की घर आंशिक क्षति, चार माटो घर र पाँच वटा घुम्ति पसल जलेर नष्ट भएको सूचना अधिकारी खतिवडाले जानकारी दिए ।