काठमाडौं । उदयपुर घर भएकै कारण बिरामी निकालेको भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेज विरुद्ध उजुरी परेको छ । बिरामीका आफन्तले बिरामी निकालेको भन्दै नोबेल विरुद्ध कारवाहीको माग राख्दै शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका हुन् ।
मंगलबार प्रसूतिका लागि विराटनगरको नोबल मेडिकल कलेजमा भर्ना भएकी उदयपुरकी २९ वर्षकी सरस्वती रौनियारलाई अस्पतालले बुधबार बिहान अप्रेसन थिएटरबाट निकालेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यस घटनाबारे सरकारले सत्य तथ्य बुझ्ने बताएका छन् । कोरोना संक्रमित क्षेत्रबाट आएकै कारण सुत्केरी महिलालाई अस्पतालले निकालेको भए त्यस्तो अस्पतालमाथि कारबाही हुने उनले बताए ।