कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई शत प्रतिशतसम्म जोखिम भत्ता दिने निर्देशिका पारित

<p>कोरोना भाइरस रोगबाट संक्रमितको उपचारमा खटिने चिकित्सक,नर्स,प्राविधिक सहित सबै स्वास्थ्यकर्मी तथा सहयोगीहरुले जोखिम भत्ता पाउने निर्देशिका पारित भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको जोखिम भत्ता निर्देशिका आज बसेको मन्त्रिपरिषद् बैठकद्धारा पारित भएकाे हो । चैत ९ गते सरकारले कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक, नर्स, प्राविधिक सहित सबै स्वास्थ्यकर्मी तथा सहयोगीको मनोबल बढाई प्रोत्साहन स्वरुप ५० [&hellip;]</p>

कोरोना भाइरस रोगबाट संक्रमितको उपचारमा खटिने चिकित्सक,नर्स,प्राविधिक सहित सबै स्वास्थ्यकर्मी तथा सहयोगीहरुले जोखिम भत्ता पाउने निर्देशिका पारित भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको जोखिम भत्ता निर्देशिका आज बसेको मन्त्रिपरिषद् बैठकद्धारा पारित भएकाे हो ।

चैत ९ गते सरकारले कोरोना संक्रमितको उपचारमा खटिने चिकित्सक, नर्स, प्राविधिक सहित सबै स्वास्थ्यकर्मी तथा सहयोगीको मनोबल बढाई प्रोत्साहन स्वरुप ५० देखि शतप्रतिशत जोखिम भत्ता दिने निर्णय गरे अनुरुप स्वास्थ्य मन्त्रालयले निर्देशिका तयार गरेकाे थियाे ।

निर्देशिका अनुसारकोरोना विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई १०० प्रतिशत, दोस्रो तहमा रहेर काम गर्नेलाई ७५ प्रतिशत र त्यसभन्दा बाहिर हुने तर कोरोना विरुद्ध खटिएकालाई ५० प्रतिशतको दरले जोखिम भत्ता उपलव्ध हुनेछ।

 

 

Share News