अब घरभाडा छुट दिनैपर्ने, नदिए कारबाही गरिने

<p>काठमाडौं । लकडाउन अबधिभर घरभाडामा बस्नेसँग भाडा नमाग्न सरकारले सबै घरधनीलाई आग्रह गरेको छ । बिहीबार मन्त्रिपरिषदको बैशाख १४ गते बसेकाे ब‌ैठककाे निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले याे बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका हुन् । त्यस्तै सरकारले यसअघि गरेको एक महिनाको घरभाडाको छुट दिने निर्णय लागु नभएमा सरकारले कडाइका [&hellip;]</p>

काठमाडौं । लकडाउन अबधिभर घरभाडामा बस्नेसँग भाडा नमाग्न सरकारले सबै घरधनीलाई आग्रह गरेको छ ।

बिहीबार मन्त्रिपरिषदको बैशाख १४ गते बसेकाे ब‌ैठककाे निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले याे बेला आर्थिक आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका हुन् ।

त्यस्तै सरकारले यसअघि गरेको एक महिनाको घरभाडाको छुट दिने निर्णय लागु नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत अगाडि बढाउने जनाएको छ । सरकारले यसको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ ।

Share News