पुनरकर्जा काेषमा १ खर्ब रूपैयाँ, विद्युतिय गाडी पनि प्राथमिकतामा

<p>काठमाडाैं । राष्ट्र बैंकले प्रदान गर्ने पुनरकर्जा  क्षमता विस्तार गरेकाे छ । साे कर्जाकाे क्षमता बढाएर १ खर्ब रूपैयाँ पुर्याइएकाे हाे । वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकलाई पुनर्कर्जाको क्षमता विस्तार गर्न आग्रह गर्ने निर्णय गरेको हो। साथै, पुनर्कर्जा कोषबाट जाने रकमको व्याज समेत घटाउन राष्ट्र बैंकलाई आग्रह गर्ने निर्णय बैठकले गरेको छ। यसअघि [&hellip;]</p>

काठमाडाैं । राष्ट्र बैंकले प्रदान गर्ने पुनरकर्जा  क्षमता विस्तार गरेकाे छ । साे कर्जाकाे क्षमता बढाएर १ खर्ब रूपैयाँ पुर्याइएकाे हाे ।

वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकलाई पुनर्कर्जाको क्षमता विस्तार गर्न आग्रह गर्ने निर्णय गरेको हो। साथै, पुनर्कर्जा कोषबाट जाने रकमको व्याज समेत घटाउन राष्ट्र बैंकलाई आग्रह गर्ने निर्णय बैठकले गरेको छ।

यसअघि राष्ट्र बैंकले पुनरकर्जा कोषको आकार बढाएर ६० अर्ब रुपैयाँ कायम गर्ने निर्णय गरेको थियो। राष्ट्र बैंकले तोकेका प्राथमिका युक्त क्षेत्रमा सहुलियत ब्याजदरमा कर्जा प्रवाह होस् भन्ने उद्देश्यले यस्तो कोष खडा गरिएको हुन्छ।

कोषमार्फत् कृषि, उर्जा तथा पर्यटन क्षेत्रमा लगानी गर्नेले सहुलियत ब्याजदरमा ऋण प्राप्त गर्न सक्नेछन्।

साथै, नवीकरणीय उर्जाबाट चल्ने सार्वजनिक सवारी साधनका लागि दिइने कर्जालाई समेत प्राथमिक प्राप्त कर्जामा गणना गर्ने व्यवस्था मिलाइएको छ। त्यस्ता सवारी साधनका लागि पनि सहुलियत व्याजदरमा ऋण प्राप्त हुनेछ। विजुलीबाट चल्ने बसहरूले यस्ताे सुविधा पाउने राष्ट्र बैंकले जनाएकाे छ ।

Share News