काठमाडौं । सरकारले चैत र वैशाख महिनामा भुक्तानी गर्नुपर्ने करको समयावधि २५ जेठसम्मका लागि बढाएको छ । मन्त्रिपरिषद्काे १४ वैशाखको बैठकले कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् १६ चैतमा बसेको बैठकले यसअघि कर तिर्ने समय २५ वैशाखसम्म सारेको थियो ।तर लकडाउन खुकुलो नहुने देखेपछि अर्थ मन्त्रालयले कर भुक्तानी गर्न सकिने अवधि एक महिना थप्ने निर्णय गरेको हो ।