धार्चुलाको क्वारेन्टाइनमा बसेका १ हजार मजदूर स्वदेश फर्किए

<p>काठमाडाैं । भारतकाे धार्चुलाको क्वारेन्टाइनमा बसेका १ हजार मजदूर स्वदेश फर्किएका छन् । क्वारेन्टाइन अवधि सकिए पनि उद्धार हुन नसकेका नेपालीहरु ल्याउने विषयमा बुधबार अपरान्ह बसेको बैठकले निर्णय गरेपछि आज बिहानदेखि नेपाल आउन सुरु गरेका हुन् । सीमामा रोकिएका नेपाली ल्याउने विषयमा पटक–पटक छलफल भएपनि एकसातादेखि मिति पक्कापक्की भएको थिएन्। बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच [&hellip;]</p>

काठमाडाैं । भारतकाे धार्चुलाको क्वारेन्टाइनमा बसेका १ हजार मजदूर स्वदेश फर्किएका छन् । क्वारेन्टाइन अवधि सकिए पनि उद्धार हुन नसकेका नेपालीहरु ल्याउने विषयमा बुधबार अपरान्ह बसेको बैठकले निर्णय गरेपछि आज बिहानदेखि नेपाल आउन सुरु गरेका हुन् ।

सीमामा रोकिएका नेपाली ल्याउने विषयमा पटक–पटक छलफल भएपनि एकसातादेखि मिति पक्कापक्की भएको थिएन्। बुधबार बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमति भएको हो। उनीहरुको आज बिहान साढे ८ बजेदेखि उद्धार सुरु गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए।

गत चैत १३ गतेदेखि भारत पिथौरागढका धार्चुलाका पाँच क्वारेन्टाइनमा एक हजार बढि नेपाली एक महिनादेखि बसिरहेका थिए। उनीहरुलाई नेपाल ल्याउनकै लागि भन्दै बैतडी र बझाङका प्रतिनिधि तीन दिन देखि दार्चुलापुगेका छन्।

Share News