महोत्तरीमा विशाक्त मदिरा सेवनले चार जनाको मृत्यु

<p>काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका ७ मा विशाक्त मदिराले चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ५५ वर्षीय लालबाबु सिंह, ४० वर्षीय नथुनी महरा, ५५ वर्षीय मोहन चौधरी र ४५ वर्षीय महेन्द्र चौधरी छन् । उनीहरु सबै मजदुरी गरेर जीवन चलादै आएका थिए । वडाध्यक्ष बासुदेव सिंहका अनुसार महरा र सिंहको आज विहान मृत्यु भएको छ [&hellip;]</p>

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका ७ मा विशाक्त मदिराले चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ५५ वर्षीय लालबाबु सिंह, ४० वर्षीय नथुनी महरा, ५५ वर्षीय मोहन चौधरी र ४५ वर्षीय महेन्द्र चौधरी छन् ।

उनीहरु सबै मजदुरी गरेर जीवन चलादै आएका थिए । वडाध्यक्ष बासुदेव सिंहका अनुसार महरा र सिंहको आज विहान मृत्यु भएको छ । मोहनको मंगलबार र महेन्द्रको एकसाता अगाडि मृत्यु भएको थियो । मृतक चारै जनामध्ये कसैको पनि पोष्टमार्टम गराउन उनीहरुको परिवारले मानेन ।

‘मृतक चारै जना अत्यधिक मात्रामा मदिरा सेवन गर्थे,’ वडाध्यक्ष सिंहले भने, ‘मृतक महरा मदिरा सेवनगरी मंगलबार साँझसम्म गाउँमा होहल्ला गरेका थिए ।’ वडाध्यक्ष सिंहले विशाक्त मदिरा सेवन गरेपछि मृत्यु भएको भनेर प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीको टोली मृतकको घर पुगे । तर स्थानीयले मृतकको शव पोष्टमार्टमका लागि लग्न दिएन ।

स्थानीयले गरेको अवरोधका कारण प्रहरी फर्केपछि मृतक दुबै जनाको दाहसंस्कार गरिएको छ । महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले कालगतिले मृत्यु भएको भनेर शव पोष्टमार्टमका लागि अस्पताल ल्याउन नदिएपछि प्रहरी फर्केको बताए ।

Share News