काठमाडौं । देशमा भइरहेको लकडाउनलाई खुकुलो बनाउन सुझाव दिइएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले सुझाव लकडाउनका ककारण धेरै ठाउँमा समस्या भएकोले त्यति जोखिम नभएको ठाउँमा लकडाउन खुकुलो बनाए पनि हुने सुझाव दिएको हो ।
प्रतिष्ठानले सीमित क्षेत्रमा र कम जाेखिम भएकाे क्षेत्रमालकडाउन खुकुलो पार्न सुझाव दिएको छ । यस्तै, प्रतिष्ठानले यस वर्षको एसईई र ११ कक्षाको परीक्षा स्थगित गरी अघिल्ला परीक्षाहरुका आधारमा विद्यालयले नै उत्तीर्ण वा अनुत्तीर्णको प्रमाण पत्र दिन पनि सुझाव दिएको छ ।