काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण कोषमा अम्बे स्टीलस्ले २५ लाख रुपैयाँ सहयोग गरेको छ । अम्बे स्टीलसका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले निम्ताएको आपतकालीन अवस्थामा सहयोग अम्बे स्टीलसले नेपाल सरकारद्वारा स्थापित कोरोनाभाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त रकम हस्तान्तर गरेको हो ।
अम्बे स्टीलसले स्थापना कालदेखि नै समाजिक कल्याणका लागि उल्लेखनीय योगदान पुर्याउँदै आइरहेको जानकारी दिँदै आगामी दिनहरुमा पनि भरपूर सहयोग गर्ने प्रतिवद्धता जायर गरेको छ ।