अजोड इन्स्योरेन्सद्धारा भाटभटेनीका कर्मचारीहरुको कोरोना बीमा जारी

<p>काठमाडौं । अजोड इन्स्योरेन्सले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरका कर्मचारीहरुको कोरोना भाईरस (कोभिड-१९) बीमालेख जारी गरेको छ । बिहिवार भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्सले आफ्ना एक हजार दुई सय ५७ जना कर्मचारीहरुका लागि एक लाख बीमाड्ढको बीमालेख खरिद गरेको हो । सो बीमालेखले कोरोना भाईरस (कोभिड &#8211; १९) को संक्रमण भएको भनि पिसिआर टेस्ट पोजेटिभ [&hellip;]</p>

काठमाडौं । अजोड इन्स्योरेन्सले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरका कर्मचारीहरुको कोरोना भाईरस (कोभिड-१९) बीमालेख जारी गरेको छ । बिहिवार भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोर्सले आफ्ना एक हजार दुई सय ५७ जना कर्मचारीहरुका लागि एक लाख बीमाड्ढको बीमालेख खरिद गरेको हो ।

सो बीमालेखले कोरोना भाईरस (कोभिड – १९) को संक्रमण भएको भनि पिसिआर टेस्ट पोजेटिभ पुष्टि हुंना साथ बीमाड्ढ रकम बराबरको एक लाख रुपैयाँ बीमित वा निजको नजिकको हकदारलाई एकमुष्ट रकम भुक्तानी गरिनेछ ।

उक्त बीमालेख वापत भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्ट स्टोरले अजोड इन्स्योरेन्सलाई प्रतिव्यक्ति ६ सय रुपैयाँको दरले सात लाख ५४ हजार २ सय बीमा शुल्क भुक्तानी गरेको छ ।

साथै अजोड इन्स्योरेन्स लि.ले महुली लघुवित्त वित्तिय संस्थाका दुई सय १२ जना कर्मचारीहरुको पनि प्रतिव्यक्ति एक लाख बीमाड्ढको कोराना बीमालेख जारी गरेको जनाएको छ ।

Share News