काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाडाैंका एक्सरे टेक्निसियन राज कुमार ढकाल विरुद्द २ कराेड बढीकाे भ्रष्टाचारको मुद्दा दायर गभएकाे छ । अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले बुधबार उनी विरुद्द विशेष अदालत काठमाडाैंमा मुद्दा दायर गरेकाे हाे ।
उनले स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरूपयाेग अनुसन्धान आयोगले उनी विरुद्द अदालतमा मुद्दा दायर गरेको बताएको हो । उनले दुई करोड दुई हजार आठ सय छ्यासी रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको खुलेको छ । उ
आयोगले सम्पत्तिको वैद्य स्रोत खुल्न नसकेको हुँदा निजले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी आफ्नो, श्रीमती निरजरा घिमिरे र राममणी लामिछानेको नाममा चलरअचल सम्पत्ति लुकाई राखेको पुष्टि हुन आएकोले मुद्दा दायर गरिएको बताइएको छ।
ढकालले आफ्नो श्रीमतीको नाममा समेत घर जग्गा खरिद, बैंक खाताहरुमा रकम मौज्दात रहे/भएको लगानी तथा खर्च गरेको पाइएकोले उनी विरूद्द मुद्दा दायर गरिएकाे विज्ञप्तीमा उल्लेख छ ।
भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको देखिंदा ढकाललाई बिगो दुई करोड दुई हजार आठ सय छ्यासी रुपैया पैसठी पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो बमोजिम जरिवाना र कैद सजाय हुनसमेत जनाइएको छ ।