काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टकाे ‘ए’ ब्लकमा बस्ने सबैको र्यापिड डाइग्रोस्टिक टेस्टको रिपोर्ट नेगेटिभ आएको छ ।
अपार्टमेन्टको ए ब्लकमा बस्ने एकै परिवारका दुई जना कोरोना संक्रमित पुष्टि भएसँगै र्यापिड टेस्ट विधिबाट परीक्षण शुरु गरिएको थियो ।
एकैसाथ ३ जनालाई कोरोना भाइरस देखिए पछि आज विहान स्वास्थ्य शाखा सहसंयोजक लक्ष्मी कोइरालाको नेतृत्वमा १५ जनाको टोलिले ‘ए’ ब्लकमा रहेका २ सय ९६ जनाको परीक्षण गर्दा नेगेटिभ रिपाेर्ट आएकाे कागेश्वरी नगरपालिकाको उप प्रमुख विन्दु पुडासैनीले बताईन ।
सो अपार्टमेन्टको ए ब्लकमा बस्ने सबैको र अन्य ब्लकमा बस्नेको स्वास्थ्य अवस्था हेरेर टेष्ट गरिएको र हालसम्म एक जनामा नि पोजेटिभ नदेखिएको उप प्रमुख पुडासैनीले जानकारी दिइन ।
करिब ५ सय परिवार बस्ने क्षमता भएकाे उक्त अपार्टमेन्टमा पाँचबाट ब्लक रहेका छन् , भने हाल यति नै मानिस बसाेबास गरिरहेका छन् भने र यकिन गर्न नसक्ने कागेश्वरी नगर उप-प्रमुखकाे भनाइ छ ।