मृत्यु संस्कारमा जानेबाहेक अरूलाई सवारी पास नदिने

<p>काठमाडौं । परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिलाई बाहेक अन्य प्रयोजनका लागि जानेले सवारी पास नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वितरण हुँदै आएको सवारी पासको माग अत्याधिक बढ्नुका साथै भीड हुन गई लकडाउनको पालना नभएको भन्दै अन्य कारण जाने व्यक्तिलाई पास नपाउने भएका हुन् । पछिल्ला दिनमा कोरोनाको संक्रमण बढेसँग सरकारले लकडाउन थप्दै [&hellip;]</p>

काठमाडौं । परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिलाई बाहेक अन्य प्रयोजनका लागि जानेले सवारी पास नपाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वितरण हुँदै आएको सवारी पासको माग अत्याधिक बढ्नुका साथै भीड हुन गई लकडाउनको पालना नभएको भन्दै अन्य कारण जाने व्यक्तिलाई पास नपाउने भएका हुन् ।

पछिल्ला दिनमा कोरोनाको संक्रमण बढेसँग सरकारले लकडाउन थप्दै जाँदा उपत्यकामा रहेका मानिसहरु बढ्दो क्रममा घर फर्किरहेका छन् ।

काेराेनाकाे कहरसँगै उपत्यकामा अलपत्र परेका तथा विशेष कामले पनि लामाे दुरीसम्म हिडेर जाने बाध्यतालाई लिएर गृहमन्त्रालयले हिजाे मात्र (बैशाख २ गते) इ – पासकाे लिने व्यवस्था गरेकाे थियाे ।

Share News