
काठमाडौं । सरकारले लकडाउन घोषणा गरेसँगै तरकारीको मूल्यमा केही अन्तर देखिएको छ । कालिमाटी तरकारी बजारमा तरकारीको थोक मूल्य अहिलेको तुलनामा लकडाउन भन्दा अगाडीकाे मूल्यमा थाेरै मात्र तरकारीमा अन्तर छ ।
विश्वमा काेराेनाकाे महामारी बढेसँगै सरकारले चैत ११ गते देखि देश लकडाउन घोषणा गरेसँगै उपभाेग्तामा तरकारी सहज रूपमा नपुगेपनि पहिलाकाे तुलनामा तरकारी बजारकाे मूल्यमा भने खासै अन्तर छैन ।
२०७६ साल चैतको १० गते ठूलो गोलभेडा प्रतिकेजी ४५ देखि ४८ थोक मूल्य रहेको सानो गोलभेडा ६० देखि ६५ रुपैयाँमा बिक्री भएको थियो । त्यस्तै बैशाख तीन गते बुधबार कालिमाटी बजारमा ठूलो गोलभेडा प्रतिकेजी ४५ देखि ४८ रुपैयाँसम्म बिक्री भइरहेको छ भने सानो गोलभेडाको मूल्य प्रतिकेजी ३० देखि ३५ रुपैयाँ छ ।
सुकेको प्याज प्रतिकेजी ३७ देखि ३९ रुपैयाँसम्म बिक्री भइरहेको छ भने गत चैत १० गते ४८ देखि ४९ रुपैयाँमा बिक्री भएको थियो । लकडाउनको यो अवधिमा प्याजको मूल्य १० रुपैयाँले घटेको छ । गाजरको थोक मूल्य चैत १० गतेको र अहिले साेही मूल्य ३० देखि ३५ रुपैयाँ छ ।
लकडाउन अगाडी प्रतिकेजी २५ देखि ३० रुपैयाँमा थोक मूल्य रहेको काउली अहिले २० देखि २५ रुपैयाँमा बिक्री भइरहेको छ । च्याउको मूल्य डकलाउन अगाडी र अहिलेमा खासै फरक छैन, अगाडी प्रतिकेजी २ सय ५० देखि २ सय ५५ सम्म बिक्री भएको च्याउ हाल २ सय ५० देखि २ सय ६० सम्म बिक्री भइरहेको छ ।
चैत १० गते तरकारी बजारमा प्रतिकेजी २ सय २० देखि २ सय २५ रुपैयाँमा बिक्री भएको नेपाली लसुनको मूल्य भने बढेर २ सय ८० देखि २ सय ८५ सम्म पुगेको छ । त्यस्तै चाइनिज लसुन प्रतिकेजी ४ सय ७० देखि ४ सय ७५ सम्म बिक्री भएको थियो भने अहिले घटेर ३ सय ८० देखि ३ सय ९० रुपैयाँमा बिक्री भइरहेको छ ।
कालिमाटी तरकारी बजारमा डकलाउन अगाडी सुकेको खुर्सानी प्रतिकेजी ३ सय ४० देखि ३ सय ३ सय ५० सम्म बिक्री भएको थियो भने अहिले नि सोही मूल्यमा बिक्री भइरहेको छ । त्यस्तै हरियो खुर्सानी, भेडे खुर्सानीको मूल्यमा पनि परिवर्तन आएको छैन् । अदुवाको मूल्यमा भने केही वृद्धि भएको छ । अहिले प्रतिकेजी १ सय ५० देखि १ सय ६० रुपैयाँमा बिक्री भइरहेको अदुवा लकडाउन अगाडी १ सय २० देखि १ सय ३० रुपैयाँमा बिक्री भएको थियो ।
तने बोडीको मूल्यमा भने लकडाउनले ठूलो प्रभाव पारेको छ । चैत १० गते प्रतिकेजी १ सय ३० देखि ३५ रुपैयाँमा बिक्री भएको तने बोडी अहिले प्रतिकेजी ३५ देखि ४० रुपैयाँमा बिक्री भईरहेको छ । त्यस्तै प्रतिकेजी ९५ देखि एक सय रुपैयाँ बिक्री भएको घिरौला ४५ देखि ५० रुपैयाँसम्म बिक्री भएको छ । रायो, पालुगो, चमसुर, मेथी, चमसुर आदीका सागको मूल्यमा सोही मूल्यमा अर्थात प्रतिकेजी ३५ देखि ४० रुपैयाँसम्म बिक्री भइरहेको छ ।
बकुला भने प्रतिकेजी ४५ देखि ४८ रुपैयाँमा चैतको १० गते बिक्री भएको थियो भने अहिले प्रतिकेजी ३५ देखि ४० रुपैयाँसम्म बिक्री भइरहेको छ । चैत १० गते प्रतिकेजी २० देखि ३० रुपैयाँमा बिक्री भएको घिउ सिमी अहिले ३५ देखि ४० रुपैयाँसम्म बिक्री हुन्छ । यो समय तितो करेलाको मूल्य घटेको छ । प्रतिकेजी १ सय २० रुपैयाँमा बिक्री भएको तितो करेला अहिले ८० देखि ८५ रुपैयाँमा बिक्री भइरहेको छ ।
चैत १० गते सोमबार काक्रो प्रतिकेजी ५० देखि ५५ रुपैयाँमा सम्म कालिमाटी तरकारी बजारमा पाइथ्यो भने अहिले पनि सोही मूल्यमा बिक्री भइरहेको छ । कागती पनि सोही मूल्य अर्थात प्रतिकेजी १ सय ३० रुपैयाँमा बिक्री भइरहेको छ । कालिमाटी तरकारी बजारमा आलुको मूल्य थोरै मात्रामा बढेको छ । लकडाउन भन्दा अगाडी प्रतिकेजी ३४ रुपैयाँ थोक मूल्य रहेको आलु हाल ३८ रुपैयाँमा बिक्री भइरहेको छ ।