संसद विकासको रकम कोरोना कोष बनाउन सुझाव

<p>काठमाडाैं । संघीय संसद र प्रदेशसभाको संसद विकास कोषको रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न संसदले सरकारलाई सहमति दिएको छ । उनले  सभामुख अग्नी प्रसाद सापकाेटाले आज कार्य व्यवस्था परामर्श बैठकमा यस्तो सुझाव दिएका हुन्। संसदका बैठक सञ्चालनका लागि सावधानी अपनाउन डिसइन्फेक्सन गेटलगायतका पूर्वाधार तत्काल व्यवस्था गर्नुपर्ने‚ स्वास्थ्य र सुरक्षाको क्षेत्रमा काम गर्ने [&hellip;]</p>

काठमाडाैं । संघीय संसद र प्रदेशसभाको संसद विकास कोषको रकम कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न संसदले सरकारलाई सहमति दिएको छ । उनले  सभामुख अग्नी प्रसाद सापकाेटाले आज कार्य व्यवस्था परामर्श बैठकमा यस्तो सुझाव दिएका हुन्।

संसदका बैठक सञ्चालनका लागि सावधानी अपनाउन डिसइन्फेक्सन गेटलगायतका पूर्वाधार तत्काल व्यवस्था गर्नुपर्ने‚ स्वास्थ्य र सुरक्षाको क्षेत्रमा काम गर्ने जनशक्तिलाई विश्वासमा लिन उनीहरुको सुरक्षा र उत्प्रेरणाको आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव बैठकमा आएको बताइएकाे छ ।

सरकारले विगतमा गरिएका भिडियो कन्फ्रेन्स सफल अभ्यासजस्ता भर्चुअल माध्यमबाट संसदका गतिविधिहरु सञ्चालन गर्न ई–पार्लियामेण्टको अभ्यासलाई अघि बढाउनु पर्ने र यसको तयारीका लागि सचिवालयबाट आवश्यक बजेट तथा प्राविधिक तयारी गर्न निर्देशन दिनुपर्ने सुझाव उनीहरुले दिएका छन्।

Share News