नयाँ वर्षको शुभकामना दिँदै गोल्छाले भने,‘अवस्था सामान्य भएको भए अध्यक्ष भइसक्थेँ’

<p>काठमाडौं  । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अहिले अवस्था सामान्य भएको भए आफु अध्यक्ष भइसक्ने बताएका छन् । उनले शनिबार नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै कोरोना भाइरसले असर नपारेको भए आफु अहिले अध्यक्षको कार्यभार सम्हाली सकेको हुन सक्ने बताएका हुन् । उनले भनेका छन, ‘यदि अवस्था सामान्य भएको भए, आजको दिन नेपाल [&hellip;]</p>

शेखर गाेल्छा

काठमाडौं  । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अहिले अवस्था सामान्य भएको भए आफु अध्यक्ष भइसक्ने बताएका छन् । उनले शनिबार नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै कोरोना भाइरसले असर नपारेको भए आफु अहिले अध्यक्षको कार्यभार सम्हाली सकेको हुन सक्ने बताएका हुन् ।

उनले भनेका छन, ‘यदि अवस्था सामान्य भएको भए, आजको दिन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व पाउने दिन हो, यहाँहरुले तीन वर्ष अघि विश्वास गरि मलाई दिनुभएको मत अनुसार मैले अध्यक्षको रुपमा कार्यकाल सम्हाल्ने तयारी गरिरहेको हुन्थेँ, मलाई निर्वाचित गर्नुका साथै पछिल्ला तीन वर्षमा मुलुकको निजी क्षेत्र र महासंघको गरिमा बढाउन यहाँहरुले मसँग गर्नुभएको हातेमालोका लागि म निक्कै आभारी छु ।’

साथै उनले तीन वर्ष सम्मको वरिष्ठ उपाध्यक्ष पदमा रहेर सफल कार्य गरेको दावी गरेका छन् । उनले महासंघको विधान, निजी क्षेत्रको चाहना र मुलुकको आवश्यकता अनुसार काम गर्न सफल भएको भन्दै सबैलाई धन्यबाद समेत दिएका छन् ।

सारा विश्व कोभिड १९ को चपेटामा परिरहेको अवस्थामा अहिलेको मुख्य काम आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित रहन सघाउनु भएको भन्दै मुलुकमा परेको संकटलाई सबैले सहयोग गरेर पार गर्नु पर्ने उनकाे धारणा छ ।

‘यो संकटले उद्यम व्यवसायमा नकारात्मक प्रभाव पार्ने हामी सबैलाई थाहै छ,यसले निम्त्याउने समस्याकाबारे हामी अध्ययन गरिरहेका छौं, सम्बन्धित निकायसँग छलफल चलिरहेको छ, अवस्था सामान्य हुँदै गएसँगै हामी सबै मिलेर उद्यम व्यवसाय उकास्न विशेष कार्यक्रम सहित योजनामा काम गर्ने नै छौ,’ उनले भनेका छन् ।

त्यसपछि महासंघको महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्वले पनि काम शुरु गर्ने उनले बताएका छन् । साथै उनले आउँदै गरेको नयाँ वर्ष २०७७ लाई एक अर्कालाई सहयोग गरी मनाउन पनि आग्रह गरेका छन् ।

Share News