खाद्य सामाग्री यथेष्ट मात्रामा स्टक छन्- आपूर्ति समिति

<p>काठमाडौं । नेपाल चेम्बर अफ कमर्स आपूर्ति समितिको सभापति एवम् खाद्य किराना व्यापार संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले यथेष्ट मात्रामा खाद्य सामाग्री स्टक रहेको बताएका छन् । साथै, उनले सरल तथा सूपथ मूल्यमा सुलभ तवरले खाद्यान्नहरु वितरण गर्न संघ प्रयत्नशील रहेको बताए । उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण [&hellip;]</p>

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स आपूर्ति समितिको सभापति एवम् खाद्य किराना व्यापार संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले यथेष्ट मात्रामा खाद्य सामाग्री स्टक रहेको बताएका छन् । साथै, उनले सरल तथा सूपथ मूल्यमा सुलभ तवरले खाद्यान्नहरु वितरण गर्न संघ प्रयत्नशील रहेको बताए ।

उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका टोलीले खाद्य वस्तुहरुको स्टक तथा वितरण प्रणाली बारे सोमबार भएको छलफलमा सो कुरा बताएका हुन् । उक्त टोलीले नेपाल चेम्बर अफ कमर्स आपूर्ति समितिका सभापति एवम खाद्य किराना व्यापार संघका पदाधिकारीहरुसँग छलफल गरेका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, आपूर्ति सचिव वैकुण्ठ अर्याल एवम वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महा निर्देशक नेत्रप्रसाद सुवेदीको टोलीले संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठसँग अति आवश्यक खाद्य वस्तुहरुको स्टक, माग एवम् वितरण प्रणाली बारे संघका पदाधिकारीहरुसंग छलफल गरेका हुन् ।

उक्त अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीले वितरण प्रणालीबारे सन्तोष व्यक्त गरेका छन् ।

Share News