विश्व व्यापार सम्मेलनमा नेपाल उद्योग परिसंघ सहभागी हुने, आजै भारत प्रस्थान

<p>काठमाडौं । भारतको प्रमुख प्रकाशन टाइमस् अफ इण्डियाद्वारा आयोजित विश्व व्यापार सम्मेलन(ग्लोबल बिजनेस समीट) मा नेपाल उद्योग परिसंघ सहभागी हुने भएको छ । फागुन २३ गतेबाट शुरु हुने उक्त सम्मेलनमा उद्योग परिसंघको प्रतिनिधि मण्डल भारतको नयाँ दिल्ली गएका छन् । उक्त प्रतिनिधि मण्डलको नेतृत्व परिसंघका वरिष्ठ उपाध्यक्ष विक्ष्णु कुमार अग्रवालले गरेका छन् । वरिष्ठ उपाध्यक्ष [&hellip;]</p>

काठमाडौं । भारतको प्रमुख प्रकाशन टाइमस् अफ इण्डियाद्वारा आयोजित विश्व व्यापार सम्मेलन(ग्लोबल बिजनेस समीट) मा नेपाल उद्योग परिसंघ सहभागी हुने भएको छ । फागुन २३ गतेबाट शुरु हुने उक्त सम्मेलनमा उद्योग परिसंघको प्रतिनिधि मण्डल भारतको नयाँ दिल्ली गएका छन् ।

उक्त प्रतिनिधि मण्डलको नेतृत्व परिसंघका वरिष्ठ उपाध्यक्ष विक्ष्णु कुमार अग्रवालले गरेका छन् । वरिष्ठ उपाध्यक्ष अग्रवालले सम्मेलनको पहिलो दिनको सत्रमा ‘लघु, घरेलु, साना र मझौला’ उद्योगहरुको महत्व सहित नेपाल उक्त क्षेत्रको वस्तुस्थिति एवं सम्भावनाका विषयमा निजी क्षेत्रको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

परिसंघलाई प्राप्त जानकारी अनुसार आयोजक टाइमस् अफ इण्डियाको निमन्त्रणामा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दूगडले समेत उक्त सम्मेलनमा अतिथिको रुपमा र उक्त मन्त्रालयका उपसचिव श्रीधर गौतमले भाग लिने भएका छन् । प्राप्त जानकारी अनुसार राज्यमन्त्री दूगडले उक्त सम्मेलनको दोस्रो दिनको सत्रलाई सम्बोधन गर्ने छन् ।

दिल्ली भ्रमणको क्रममा राज्यमन्त्री दूगड सहित परिसंघको प्रतिनिधि मण्डलले भारतको फिक्की(एफआईसीसीआई) र पीएचडीसीसीआईका पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने छन् ।

उक्त भेटवार्ताका अवसरमा नेपाल-भारत बीचमा लगानी विस्तार, व्यापार प्रवद्र्धन एवम् पारवहनका क्षेत्रको विद्यमान वस्तुस्थितिको समिक्षा सहित दुबै देशका सरकार र निजी क्षेत्रका संस्था बीचको सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर बनाउने बारे छलफल हुने विश्वास गरिएको छ ।

परिसंघको उक्त प्रतिनिधि मण्डलका अन्य सदस्यहरुमा परिसंघ अन्तर्राष्ट्रिय सम्बन्ध समितिका संयोजक राजबहादुर शाह र परिसंघका निर्देशक हिमाल न्यौपाने रहेका छन् ।

Share News