मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा यस्तो छ परिसंघको प्रतिक्रिया

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत उद्योगीहरुले उठाउँदै आएका विविध विषयहरुको सम्बोधन हुन नसकेकाे नेपाल उद्योग परिसंघले जनाएकाे छ । उक्त समिक्षाकाे प्रतिक्रिया दिँदै परिसंघले अर्थतन्त्रमा देखिएका केहि समसामयिक विषयहरु सुधार गर्ने प्रयास गरेतापनि पछिल्लाे समय उद्योगीहरुले उठाएका विषयहरुको सम्बोधन हुन नसकेकाे बताएकाे हाे । यस समिक्षामा राष्ट्र बैंकले तरलता व्यवस्थापन, ऋण तथा कर्जा प्रवाहमा [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत उद्योगीहरुले उठाउँदै आएका विविध विषयहरुको सम्बोधन हुन नसकेकाे नेपाल उद्योग परिसंघले जनाएकाे छ । उक्त समिक्षाकाे प्रतिक्रिया दिँदै परिसंघले अर्थतन्त्रमा देखिएका केहि समसामयिक विषयहरु सुधार गर्ने प्रयास गरेतापनि पछिल्लाे समय उद्योगीहरुले उठाएका विषयहरुको सम्बोधन हुन नसकेकाे बताएकाे हाे ।

यस समिक्षामा राष्ट्र बैंकले तरलता व्यवस्थापन, ऋण तथा कर्जा प्रवाहमा भएको संकुचनलाई समाधान गर्न प्रयाप्त पहल कद नलिएको परिसंघले जनाएकाे छ ।

समिक्षामा कोरोना भाईरसको संक्रमणबाट असर पर्न सक्ने क्षेत्रहरुको पहिचान गरि त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकिकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गर्ने प्रावधान स्वागत योग्य छ ।

विश्वव्यापी समस्याका रुपमा आएको यो घटनाले नेपालको समग्र अर्थतन्त्रलाई प्रभाव पर्ने अवश्यंभावी छ । नेपाल सरकारले राष्ट्रिय महत्वका कार्यक्रमहरु नै स्थगन गरिसकेको अवस्थामा अर्थतन्त्रलाई सन्तुलनमा राख्न फराकिलो दायरा सहितको राहत कार्यक्रम आवश्यक पर्ने देखिन्छ ।

यस समिक्षा मार्फत २ करोड रूपैयाँसम्मको कृषि, पर्यटन, साना तथा मझौला पेशा/व्यवसायका लागि प्रवाह हुने कर्जामा खुकुलो गरिएको प्रावधानले त्यस क्षेत्रमा केहि सहजता ल्याउने देखिन्छ ।

सुक्ष्म निगरानीको प्रावधानलाई प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह हुने कर्जामा पुनरावलोकन गरिने प्रावधान यस मध्यावधि समीक्षाले लिएको छ । तर हाल देखा परेको कोरोना भाईरस, बेला वखतका प्राकृतिक प्रकोप तथा उद्योगहरुको आफ्नो प्रकृति लगायत विविध कारणले नेपालमा सञ्चालित उद्योगहरुलाई नकारात्मक असर पर्ने भएकोले परिसंघले विगत देखिनै उठाउदै आएको निश्चित उद्योगहरुलाई सुक्ष्म निगरानीको प्रावधान लागू हुने अवधि कम्तिमा ५ वर्षको गरिनु आवश्यक छ । यस तर्फ राष्ट्र बैंकले आगामी दिनमा आवश्यक पहल लिनेमा परिसंघ आशावादी रहेको छ ।

यस्तै नेपाल आत्म निर्भर हुदै गएका कृषि लगायत विभिन्न उद्योगहरुको उत्पादन वृद्धि तथा वस्तु वितरण प्रणालीको सुधारका लागि राष्ट्र बैंकले यस अर्धवार्षिक समिक्षा मार्फत कर्जा विस्तारमा महत्वपूर्ण कदम चाल्ने अपेक्षा गरिएकोमा यस क्षेत्रमा नीतिको प्रभावकारी कायान्वयन हुनु पर्ने परिसंघको बुझाई छ ।

Share News