कोरोनाको असर मौद्रिक नीतिमा: ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न कठिन,धान उत्पादनमा पनि कमि

<p>काठमाडौं । विश्वभरी फैलिरहेको कोरोना भाइरसको असर तथा प्रभाव मौद्रिक नीतिमा पनि परेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मौद्रिक नीतिमा कोरोनाको असर देखिएको हाे । छिमेकी मुलुकलगायत विश्व अर्थतन्त्रमा आएको सुस्ती, विश्वका केही देशहरुमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्रमा पर्न सक्ने असर तथा वर्षेवाली धानको उत्पादनमा आएको कमीले आर्थिक वृद्धिप्रभावित हुनेदेखिएको अर्धवार्षिक [&hellip;]</p>

काठमाडौं । विश्वभरी फैलिरहेको कोरोना भाइरसको असर तथा प्रभाव मौद्रिक नीतिमा पनि परेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मौद्रिक नीतिमा कोरोनाको असर देखिएको हाे ।

छिमेकी मुलुकलगायत विश्व अर्थतन्त्रमा आएको सुस्ती, विश्वका केही देशहरुमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्रमा पर्न सक्ने असर तथा वर्षेवाली धानको उत्पादनमा आएको कमीले आर्थिक वृद्धिप्रभावित हुनेदेखिएको अर्धवार्षिक मौद्रिक नीतिमा उल्लेख गरेको छ ।

कृषि उत्पादनमा महत्वपूर्ण हिस्सा ओगट्ने धानको उत्पादन ५५ लाख ५१ हजार मेट्रिक टन भएको जनाइएको छ । जुन गत वर्षको सो अवधिको भन्दा एक प्रतिशत कम हो । अनुकुल वर्षाका कारण हिउदे वालीको उत्पादन भने वढ्ने देखिएको जनाइएको छ ।
कोरोना भाइरसको संक्रमण बढेपछि नेपाल राष्ट्र बैंकले कर्जा र पुनरकर्जाको सुविधामा पुनरावलोकन गरिने ब्यबस्था पनि गरेको गरेको छ ।

भाईरसको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको हो ।

यस्तै, राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनमा अपनाइने तदारुकता तथा प्रदेश एवम् स्थानीय तहमा हुने विकास–निर्माणका कारण निर्माण एवम्सेवा क्षेत्रका क्रियाकलाप विस्तार भई उच्च आर्थिक वृद्धिको प्रवृत्तिलाई निरन्तरता दिन मद्दत पुग्ने अनुमान गरिएको मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

Share News