
काठमाडाैं । भैरहवा बुटवल ओद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको विद्युत आपुर्ति ३३ के.भि.ए. लाईन बाट हुँदै आएको छ । हाल आएर नेपाल विद्युत प्राधिकरणले भने अनुसार यस क्षेत्रका उद्योगहरुको विद्युत आपुर्ति ट्रङ्कलाईन बाट भैरहेको हुँदा यस क्षेत्रका १७ वटा उद्योगहरुलाई २०७६ मंसिरबाट र अर्काे यस्तै गरि मणिग्रामदेखि पडसरी सम्मको औधोगिक कोरिडोर ३३ के.भि.ए. न्यू २ विद्युत प्रसारण लाईनबाट उद्योगहर सञ्चालन हुदै आईरहेको छ र थप ५ वटा उद्योगहरुलाई २०७६ माघबाट साधारण महसुलको सट्टा ट्रङ्कलाईनको दरमा विद्युतको बिलिङ्ग गरि पठाइएको छ ।
थप ५ वटा औद्योगिक कोरिडोरको ३३ के.भि.ए. न्यू २ विद्युत प्रसारण लाईन बाट सञ्चालीत उधोगीहरुलाई कुनै जानकारी नदिई बुटवलको सव‐स्टेशन बाट भैरहवा सव‐स्टेशन सम्मका उद्योगीहरुलाई आफ्नै मनोमानी परिभाषा गरि तपाईहरु पनि ट्रंकलाईन हो भनी उच्च विद्युत महसुल कायम गरिएको छ । तर उक्त ३३ के.भि.ए. औधोगीक कोरिडोरबाट नै सञ्चालीत उद्योगहरु जुन भैरहवा देखि पश्चिम तिरका उद्योगहरु लाई भने सामान्य विद्युत महसुल कायम गरिएको छ । उक्त न्यू २ ३३ के.भि.ए. विद्युत प्रसारण लाई बुटवलको सब‐स्टेशनबाट भैरहवाको वितरण केन्द्र हुदै सुरक्षा को लागि मात्र स्विचिङ्ग राखिएको प्रसारण लाईन रहेको छ । यसरी एउटै विद्युत प्रसारण बाट प्राप्त केही उद्योगीहरु लाई वढि विद्युत महसुल कायम गरिएको छ र केहि उद्योगीहरु लाई कम विद्युत महसुल कायम गरिएको छ। यो निर्णय पनि न्याय उचित नभएको हामी उद्योगीहरुले महसुस गरेका छौ ।
विद्युत नियमावली अनुसार ट्रङ्कलाईनबाट विद्युत आपूर्ति लिनको लागी सम्बन्धित उद्योगले प्राधिकरण समक्ष निवेदन दिनुपर्ने र उक्त निवेदन उपर काम कारवाही भई स्विकृत भए पछि मात्र ट्रङ्कलाईन जडान गरिने र महसुल पनि त्यसै दर अनुसार भुक्तानी गर्नु पर्ने हुन्छ । यस खालको नियम भएता पनि यस क्षेत्रका कुनै पनि उद्योगले कुनै पनि बखत ट्रङ्कलाईन को लागी आवेदन अथवा ट्रङ्क लाइन जडान गर्नु पर्ने इच्छा नराखेकोले यस उद्योगहरुमा के‐कसरी ट्रङ्कलाईन जडान भयो भन्ने आफैमा प्रश्नको विषय हो ।
यदि यस क्षेत्रका उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणले भनेको मिति २०७४ चैतबाट ट्रकलाईन मार्फत विद्युत आपुर्ति भइरहेको छ भने सोहि बखत ट्रंकलाईन महसुलमा विलिङ्ग नगर्नुमा प्राधिकरणको ठूलो लापरवाही हो । यस क्षेत्रको उद्योगहरु बिगत ४० वर्ष देखि निर्वाद रुपमा साधारण लाईनबाट चलिरहेको अवस्थामा प्राधिकरणले आफु खुसि यस उद्योगहरुलाई ट्रंकलाईनमा जडान गरि थप भार बडाएको छ । हाल आएर यहि फागुन ८ गते प्राधिकरणले यस क्षेत्रका उद्योगहरु लाई छुट रकम बुझाउने बारेको सुचना दिई २०७५ बैशाखदेखि २०७६ कार्तिकसम्मको छुट रकम ३५ दिन भित्र तिर्न पत्राचार गरि दबाव दिएको छ ।
भैरहवा वितरण केन्द्रले आफ्नो लोड व्यवस्थापन गर्न पुरानो ३३ के.भि.ए. लाईनबाट हटाइ यस क्षेत्रको उद्योगहरुलाई ट्रङ्क लाईनमार्फत २०७४ चैत्रदेखि विद्युत आपुर्ति गरिएको र उक्त लाईनबाट आपुर्ति भएको विद्युतमा विगतमा झै साधारण महसुल मात्र लाग्ने भैरहवा विद्युत केन्द्रका तत्कालिन प्रमूख उमेश कुमार झाले भनेतापनि यही २०७६ मंसिरबाट ६६.६७ प्रतिशत उच्च दररेटको महँगो नयाँ ट्रङ्क लाईनको विद्युत महसुल जारी गरेको बिल प्राप्त भएपश्चात् उद्योगी व्यवसायीहरु आश्चर्यचकित भएको छ । यस उद्योगहरुको विद्युत आपूर्ति, मिति २०७४ साल जेठ मसान्तसम्म पुरानो फिडर अमुवाबाट जडान गरिएको थियो र त्यस पश्चात भैरहवा वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापन तथा फेज सिकवेन्स बेलेन्स गर्न यस क्षेत्रका उद्योगहरुलाई १० देखि १५ दिन सम्म सटडाउन लिई ग्राउन्ड वाटर भरौलीयाबाट विद्युत आपूर्ति गरेको छ ।
त्यस पश्चात प्राधिकरणले विद्युत आपूर्तिमा सुधार आउने आसवासन दिएको भएतापनि अपेक्षा गरिए बमोजिम कुनै सुधार नभई पटक पटक ट्रिपिङ्ग तथा न्यून भोल्टेज को समस्याले उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ क्षती भई खेर जाने (स्क्र्याप बढ्ने), विभिन्न विद्युतीय सामग्री बिग्रने समस्या समेत रहेको छ । उद्योगको हरेक वर्ष लेखा परिक्षण सम्पन्न गरी आय व्यय विवरण समेत बुझाई सकिएको अवस्थामा विलिङ्ग छुट भनि दावि गरिएको रकम अहिले खर्च मिलान गर्न असम्भव छ न त उद्योगीले उक्त रमक बुझाउन सक्ने क्षमतानै राख्दछन। तत्कालिन समयमा उत्पादन गरी सोही समयको खर्च बमोजिम वस्तु उत्पादन र बिक्री वितरण समेत भइसकेको अवस्थामा यो छुट बिलिङ्ग अनावश्यक थपभार बढ्न गई उद्योगहरु संकटमा पर्ने देखिन्छ । सोही विषयलाई लिएर आज भैरहवामा एक पत्रकार सम्मेलन गरी मारमा परेका उद्योगी व्यवसायीहरुले आफ्नो उद्योगमा भएको हानी, नोक्सानी र थप आर्थिक भार बारेमा सम्बन्धित निकायको ध्यानाकर्षण गरेका छन् ।
विगतमा पनि यस क्षेत्रको उद्योगहरुलाई पुरानो ३३ के.भि.ए.को भोल्टेज राम्रो भएको हुनाले पुरानै लाईनबाट नै विद्युत आपुर्ति गर्न पटक-पटक मौखिक तथा संयुक्त लिखित जानकारी सिद्धार्थनगर उद्योग वाणिज्य संघको सिफारिस सहित उर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय तथा क्षेत्रीय कार्यालय र ग्रिड कार्यालय बुटवल तथा भारसम्प्रेषण केन्द्र काठमाडाैंलाई जानकारी गराएकोमा हालसम्म सम्बन्धित निकायले कुनै चासो नदेखाएका उद्योगीहरू बताउँछन् । सो ट्रङ्क लाईनबाट हुने विद्युत आपुर्तिको महसुल तिर्न सक्ने अवस्थामा उद्योगहरु नरहेको जानकारी गराउँदै ती उद्योगहरुलाई पुरानै ३३ के.भि.ए.को साधारण लाईन जडान गराई दिने व्यवस्थाका साथै पुरानै दरमा विद्युत महशुल भुक्तानीको आवश्यक व्यवस्था मिलाई दिन सम्बन्धित निकायमा जोडदार माग गरेका छन् । यदि यस विषयमा कुनै प्रकारको सुनुवाई नभएमा उद्योग नै बन्द गरी थप आन्दोलनका कार्यक्रममहरु अघि बढाउने ऐक्यवद्धता प्रकट गरेका छन् ।
उद्योगहरुः
१. श्री पञ्चकन्या प्लाष्टिक ईण्डष्ट्रिज प्रा.लि.
२. श्री पञ्चकन्या स्टिल प्रा.लि
३. श्री सोना प्याकेजिङ्ग
४. श्री एस.आर.स्टिल प्रा.लि.
५. श्री नव नेपाल प्लाष्टिक ईण्डष्ट्रिज
६. श्री शुभलक्ष्मी पोलिमर्स
७. श्री नेशनल ट्रेड रबर ईण्डष्ट्रिज
८. श्री जय दुर्गा प्लाष्टिक ईण्डष्ट्रिज
९. श्री सोना पोलिमर्स ईण्डष्ट्रिज
१०ं श्री यशोधा फुड प्रा.लि.
११.श्री प्रिया प्याकेजिङ्ग ईण्डष्ट्रिज
१२.ं श्री ए.जी हेल्थ ईण्डष्ट्रिज
१३. श्री एभरेष्ट रोलिङ्ग इण्डष्ट्रिज प्रा.लि.
१४. श्री लुम्बिनी फ्लोर मिल
१५. श्री फेरो स्टिल प्रा.लि.
१६. श्री लुम्बिनी पि.ए.सी.इण्डष्ट्रिज प्रा.लि.
१७. श्री गोएनका फुडस प्रा.लि.
१८. श्री घराना फुडस प्रा.लि.
१९. श्री श्याम प्लाष्टिक उद्योग प्रा.लि.
२०. श्री भलवारी सवचलित चामल कारखाना
२१. श्री एस.आर. फुडस लि.
२२. श्री सिद्धार्थ पेट प्लाष्ट