आरएमडीसीद्वारा अपाङ्ग सेवा संघलाई सहयोग

<p>काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले ललितपुरको अपाङ्ग सेवा संघलाई सहयोग स्वरुप नगद तथा खाद्य सामाग्री प्रदान गरेको छ । संस्थाले ललितपुरको बुङमती स्थित विभिन्न किसिमका अपाङगता भएका बालबालिकालाई आश्रय दिँदै आइरहेको उक्त संघलाई सो सहयोेग गरेको हो । आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले अपाङ्ग सेवा संघका अध्यक्ष दया राम महर्जनलाई ७५ हजार [&hellip;]</p>

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले ललितपुरको अपाङ्ग सेवा संघलाई सहयोग स्वरुप नगद तथा खाद्य सामाग्री प्रदान गरेको छ । संस्थाले ललितपुरको बुङमती स्थित विभिन्न किसिमका अपाङगता भएका बालबालिकालाई आश्रय दिँदै आइरहेको उक्त संघलाई सो सहयोेग गरेको हो ।

आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योति चन्द्र ओझाले अपाङ्ग सेवा संघका अध्यक्ष दया राम महर्जनलाई ७५ हजार रुपैयाँ बराबरको खाद्य सामाग्री र अपाङ्ग सेवा संघको नाममा ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा अपाङ्ग सेवा संघका अध्यक्ष महर्जनले यस प्रकारको सहयोगले उक्त संघलाई ठूलो राहत तथा हौसला मिलेको खुसी व्यक्त गर्दै आरएमडीसीलाई धन्यवाद दिएका छन् ।

Share News