ग्रील तथा स्टील व्यवसायीको छैटौं साधारणसभा सम्पन्न

<p>काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौ पूर्वी क्षेत्रीय समितिको छैटौं साधारण सभा शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन प्रदेश ३ का उद्योग, वन तथा वातावरणमन्त्री अरुण नेपालले गरेका हुन् । ग्रील तथा स्टील व्यवसायीहरुका जायज मागहरु पूरा गर्न र ग्रील उद्योगलाई सहज किसिमले दर्ता गराउने काममा प्रदेश सरकारले आवश्यक पहल गर्ने [&hellip;]</p>

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौ पूर्वी क्षेत्रीय समितिको छैटौं साधारण सभा शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन प्रदेश ३ का उद्योग, वन तथा वातावरणमन्त्री अरुण नेपालले गरेका हुन् ।

ग्रील तथा स्टील व्यवसायीहरुका जायज मागहरु पूरा गर्न र ग्रील उद्योगलाई सहज किसिमले दर्ता गराउने काममा प्रदेश सरकारले आवश्यक पहल गर्ने बताएका छन् । महासघका अध्यक्ष मोहन कटुवालले १लाख ६०ूहजार जना दक्ष र अर्ध दक्ष जनशक्तिलाई रोजगारी दिदै वार्षिक ५० अर्ब भन्दा बढीको ग्रील जन्य सामाग्रीहरु तयार गरी सेवा प्रदान गर्दै आइरहेको बताए ।

ग्रील तथा स्टील व्यवसाय सरकारको स्पष्ट नीतिको अभावका कारण अधिकांश ग्रील उद्योगीहरु चाहेर पनि कानुनी दायरामा आउन नस्कदा व्यवसाय व्यवस्थित हुन नसकेको जानकारी गराउँदै सरकारले घोषणा गरेको सामाजिक सुरक्षाकोषमा जान समेत बाधा परेको कटुवालले बताए।

भौतिक पुर्वाधारको पनि पुर्वाधार विकासमा नभै नहुने ग्रील तथा स्टील व्यवसाय काठको बिकल्पको रुपमा देखिएको हुँदा यसले वनजङगल विनास कम गर्न मदत पुगि वातावरणलाई सन्तुलन राख्न सहयोग पुगेको हुँदा यस्को महत्त्व अझ बढेको बताएका छन् ।

साथै, यस व्यवसायमा नयाँ प्रविधि भित्र्याएर उत्पादकत्व बढाउन सकिने हुदा त्यस तर्फ लाग्न व्यवसायीहरुलाई आग्रह गर्दै अधिकांश श्रमिकहरुलाई सामाजिक सुरक्षाकोषको बारेमा जानकारी नभएकाले श्रमिकहरु स्वस्फूर्त सामाजिक सुरक्षाकोषमा जान नचाहेको कारण सचेतना कार्यक्रमलाई व्यापक रुपमा सचालन गर्ने जानकारी दिए ।

यसका साथै साना उद्योगीहरुलाई सरकारले शुरुमा केही अनुदान दिएर सामाजिक सुरक्षाकोषमा जान सक्ने वातावरण बनाउनु पर्ने बताएका छन्। पूर्वी क्षेत्रीय अध्यक्ष रोहित श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा रक्तदान गर्ने व्यवसायीहरुलाई अध्यक्ष कटुवालले प्रमाण पत्र प्रदान गरेका थिए ।

 

Share News