काठमाडौं । सनराईज बैंकको प्रमुख कार्यकारी पदमा नियुक्ती पाएर एक महिनासम्म सपथग्रहण नगरेका निरज श्रेष्ठले बुधबार बैंकमा अध्यक्ष पत्र लेख्दै ‘अब म आउँदिन’ भनेका छन् ।
‘बैंकमा विवाद भएको खवर सञ्चार माध्यममा खुलस्त आए । केही विवाद थियो भने पनि परिपक्व ढङ्गले आन्तरिक रुपमा समाधान गर्नुपर्दथ्यो’ श्रेष्ठले विकासन्युजसँग भने–‘आन्तरिक विवाद मिडियामा लैजाने, नियामकसम्म लैजाने कामले बैंकको शाखमा पनि नराम्रो असर गर्छ । काम गर्न पनि गाह्रो हुन्छ । यस्तो अवस्थामा मैले जिम्मेवारी लिने कुरै भएन ।’
‘मैले तपाईकै मिडियाबाट पहिलो पटक जानकारी पाएँ कि सीईओ नियुक्ती गर्ने जस्ताे महत्वपूर्ण निर्णयमा फरक मत रहेछ । मैले यस विषयमा अध्यक्ष (मोतीलाल दुगड)सँग जानकारी लिए । विवाद छ भने मलाई जिम्मेवारी समाल्न कठिन हुन्छ भनेको थिए । अध्यक्षले सबै कुरा मिलाउछु भन्नु भएकोले म सहमतिको प्रतिक्षामा थिए’ उनले भने–‘एक महिनासम्म पनि सहमति भएन । यस्तो अवस्थामा म जिम्मेवारी समाल्न सक्दिन, म आउँदिन भनेर बुधबार पत्र लेखेर दिएकाे छु ।’
निरजको नियुक्तीको विषयमा सञ्चालक समितिका सदस्य शैलेन्द्र गुरागाई र मालचन्द दुगडको असहमति देखिएको थियो । गुरागाईले नोटअफ डिसेन्ट नै लेखेर राष्ट्र बैंकलाई समेत जानकारी दिएका थिए ।
सम्बन्धित समाचारहरु