सिद्धार्थ र एसबीआईको बेसरेट घट्यो, कर्जाको ब्याजदर कति सस्तो ?

<p>काठमाडौं । सिद्धार्थ बैंक र नेपाल एसबीआई बैंकको कर्जाको ब्याजदर सस्तिने भएको छ । पुस मसान्तको आधार ब्याजदर ९बेसरेट० का आधारमा चैत मसान्तको बेसरेट सस्तो भएपछि त्यसको असर ऋणको ब्याजदरमा पर्ने भएको हो । सिद्धार्थ  बैंकले अघिल्लो त्रैमासको अन्तिमको भन्दा आधार ब्याजदरमा २२ बेसप्वाइन्टले कमी ल्याएको छ । पुस मसान्तमा १०।५९ प्रतिशत रहेको उक्त दरलाई [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंक र नेपाल एसबीआई बैंकको कर्जाको ब्याजदर सस्तिने भएको छ । पुस मसान्तको आधार ब्याजदर ९बेसरेट० का आधारमा चैत मसान्तको बेसरेट सस्तो भएपछि त्यसको असर ऋणको ब्याजदरमा पर्ने भएको हो ।

सिद्धार्थ  बैंकले अघिल्लो त्रैमासको अन्तिमको भन्दा आधार ब्याजदरमा २२ बेसप्वाइन्टले कमी ल्याएको छ । पुस मसान्तमा १०।५९ प्रतिशत रहेको उक्त दरलाई चैत मसान्तमा १०.३७ मा झारेपछि ऋणको ब्याजदर ०.२२ प्रतिशतले सस्तो हुने भएको हो । बैंकले आधार ब्याजदर भन्दा अधिकतम ६ प्रतिशत सम्म जोखिम प्रिमियम तोकेर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । तर प्रिमियम दरमा अघिल्लो त्रैमासभन्दा परिवर्तन गरेको छैन ।

नेपाल एसबीआई बैंकको भने आधार दरमा ९ बेसप्वाइन्टले मात्रै कमी ल्याएको छ । पुस मसान्तमा ९.८२ प्रतिशत रहेको उक्त दरलाई बैंकले चैत मसान्तमा ९.७३ मा झारेको हो । एसबीआईको पनि ऋणको जोखिम प्रिमियम दरमा कुनै माघको भन्दा परिवर्तन गरिएको छैन । उसले पनि अधिकतम जो ६ प्रतिशतसम्म नै खिम प्रिमियम तोकेको छ ।

Share News