
काठमाडौँ । एलजीले नयाँवर्षलाई लक्षित गरी एलजी ड्यूअल कुल एयर कन्डिस्नर नेपाली बजारमा ल्याएको छ ।
कम्पनीले बजारमा ल्याएको यो एसीमा ड्यूल इन्भर्टर कम्प्रेशर साथै १० वर्षको वारेन्टी रहेको छ । नयाँ एजीले ७० प्रतिशत सम्मविजुलीको बचत गर्दछ, साथै ८० प्रतिशत छिटो चिसो पार्ने कम्पनीले जनाएको छ ।
एलजी ड्यूअल कुल एसी सबै मौसमको लागि उपयोगी हुने पनि कम्पनीले जनाएको छ । एलजीको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इम्पेक्स प्रालि रहेको छ ।