गरिमा र नेपाल इन्भेष्टमेण्ट बैंकबीच सेवा प्रवाह गर्ने सम्बन्धमा सम्झौता

<p>नेपाल इन्भेष्टमेण्ट बैंकले “गरिमा रेमिट’’सेवा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सो सम्झौता पश्चात हाल देशभर रहेका नेपाल इन्भेष्टमेण्ट बैंकका ७८ वटा शाखा कार्यालय र १२ वटा एक्सटेन्सन काउण्टरबाट गरिमा [&hellip;]</p>

नेपाल इन्भेष्टमेण्ट बैंकले “गरिमा रेमिट’’सेवा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सो सम्झौता पश्चात हाल देशभर रहेका नेपाल इन्भेष्टमेण्ट बैंकका ७८ वटा शाखा कार्यालय र १२ वटा एक्सटेन्सन काउण्टरबाट गरिमा रेमिट मार्फत रकम भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिनेछ ।

Share News