काठमाडाैं । व्यवसायिक जगतमा शिथिलता आएको अभिव्यक्तिहरु आईरहेको बेलामा बैंकिङ क्षेत्रको व्यावसाय उत्साहजनक रुपमा वृद्धि भएको छ । विगत एक वर्षमा वाणिज्य बैंकहरुको कर्जा २२.२७ प्रतिशतले बढेको छ । सोहि अवधिमा निक्षेप २०.५४ प्रतिशतले वृद्धि भएको छ ।
एक वर्षमा कर्जा ४ खर्ब ३७ अर्ब रुपैयाँले वृद्धि भएको छ । २०७४ फागुन सम्ममा बाणिज्य बैंकहरुले कुल १९ खर्ब ६२ अर्ब कर्जा लगानी गरेकोमा २०७५ फागुन मसान्तसम्ममा २३ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
एक वर्षमा निक्षेप ४ खर्ब ५६ अबै रुपैयाँले वृद्धि भएको छ । २०७४ फागुनमा २८ वटा वाणिज्य बैंकहरुमा २२ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप रहेकोमा २०७५ फागुन सम्ममा २६ खर्ब ७५ अर्ब रुपैयाँ भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
तर फागुन महिनामा भने बैंकहरुको व्यवसायमा मन्दी देखिएको छ । फागुनमा निक्षेप ४ अर्बले र कर्जा ९ अर्बले मात्र वृद्धि भएको छ ।
मासिक रुपमा हेर्दा बैंकहरुको व्यवसाय विस्तार ज्यादै तलमाथि भएको देखिएको छ । सरकारी खर्चमा भएको अस्थायीत्व र विजनेश सेन्टीमेन्टमा भएको उतारचढावको असर बैंकिङ क्षेत्रमा देखिएको बैंकर्सहरुको भनाई छ ।

गत असारमा निक्षेप १०१ अर्बले वृद्धि थियो भने साउनमा १५ अर्ब रुपैयाँले घटेको थियो । त्यस्तै गत असोजमा ७२ अर्बले वृद्धि भएको कर्जा साउनमा ४ अर्ब मात्र वृद्धि भएको थियो ।