काठमाडौँ । पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाले दोश्रो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ ।
संस्थाका संचालक मेघनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कमलबहादुर खत्री, नायब कार्यकारी अधिकृत फणिन्द्र पाण्डे, वरिष्ठ प्रवन्धक केशवनारायण प्रधान, सहायक प्रवन्धक हर्षबहादुर स्याड्डतान, कामु वरिष्ठ अधिकृत कृष्णप्रसाद शर्मा सहित २५ वटा शाखा कार्यालयहरुबाट सहभागी शाखा प्रमुखको गोष्ठीमा सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण नायब कार्यकारी अधिकृत फणिन्द्र पाण्डे, सहायक प्रवन्धक हर्षबहादुर स्याड्डतान र कामु वरिष्ठ अधिकृत कृष्णप्रसाद शर्माले गरेका थिए । २५ वटा शाखाका शाखा प्रमुखले शाखाहरुको अबस्था बारे प्रकाश पारेका थिए । शाखाबाट आएका सुभाव- गुनासाहरुको बारेमा प्रमुख कार्यकारी अधिकृत कमल बहादुर खत्री र नायब कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले स्पष्ट पारेका थिए ।
संस्थाले १० जिल्लामा २५ वटा शाखा कार्यालयहरु मार्फत १३,२०४ जना सदस्यहरुबाट १५ करोड अढ्चालीस लाख सतासी हजार सात सय पचहत्तर रुपैया मात्र बचत संकलन गरेको छ ।
त्यसैगरी ७,४६८ जना सदस्यहरुलाई एक अर्व साठी करोड अट्ठाइस लाख बयासी हजार पांच सय रुपैयाँ कर्जा प्रवाह गरेको छ । दोश्रो त्रैमासमा संस्थाको नाफा ७९ लाख २५ हजार रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत कमलबहादुर खत्रीले बताए ।