ज्योति विकास बैंकको नयाँ शाखा नवलपुरको कावासोतीमा

<p>काठमाडौं । ज्योति विकास बैंकले नवलपुरको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ । कावासोती नगरपालिका वडा नं ८, कावासोतीमा औपचारिक रुपमा शाखा संचालन गरेको छ । प्रमुख अतिथि कावासोती नगरपालिका वडा नं ८ का अध्यक्ष आनन्द गुरुङ तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उदघाटन गरेका छन् । हाल बैंकको ८० शाखा कार्यालय तथा [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंकले नवलपुरको कावासोतीमा नयाँ शाखा संचालनमा ल्याएको छ । कावासोती नगरपालिका वडा नं ८, कावासोतीमा औपचारिक रुपमा शाखा संचालन गरेको छ । प्रमुख अतिथि कावासोती नगरपालिका वडा नं ८ का अध्यक्ष आनन्द गुरुङ तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा उदघाटन गरेका छन् ।

हाल बैंकको ८० शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

उक्त बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत १८ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको २ अर्व ५९ करोड चुक्तापूँजी कायम रहेका उक्त बैकको प्राप्ती गरी एककृत कारोवार चाँडै नै सुरुवात गर्ने तयारीमा रहेको छ ।

Share News