काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ३२ जिल्लामा लघुवित्त कार्यक्रम विस्तार गर्ने स्वीकृती प्राप्त गरेकाे छ । वोमी माइक्रोफाइनान्स वित्तीय सस्थाले “लघुवित्त कार्यक्रम प्रभावकारीता तथा व्यवस्थापन” ले उद्योग वाणिज्य संघ नारायणगढको सभाहलमा शाखा कार्यालयमा कार्यरत २२ जना कर्मचारीलाई तालिम प्रदान गरेको छ ।
उक्त कार्यक्रममा विभिन्न संस्थाका प्रमुख तथा विभागिय प्रमुखका साथै विभिन्न बैंकमा कार्यरत अधिकृतहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ज्यातिनगर शाखाका प्रमुख श्री नेत्र प्रसाद गौतमले लघुवित्तमा बजारिकरण, एरिया प्रमुखमा भवनाथ सापकोटाले लघुवित्तमा जोखिम, एरिया प्रमुख बसिर मियाले लघुवित्तमा समय व्यवस्थापन, एरिया प्रमुख बलराम कालाखेतिले उत्प्रेरणा, र विमल कोईरालाले लघुवित्त बचतको महत्वबारे प्रशिक्षण प्रदान गरेका छन् ।
साथै विभागीय प्रमुख घनश्याम भट्टराईले आधारभुत लेखा सम्बन्धी र का.मु.नायम महाप्रबन्धकले लघुवित्तमा कर्जाको बारेमा प्रशिक्षण दिएका छा् । कार्यक्रमको सुरुवात तथा औचित्य बारे प्रमुख कार्यकारी अधिकृत प्रमेख आचार्यले गरेका हुन् भने लघुवित्तमा काम गर्ने कर्मचारीमा हुनु पर्ने गुण बारे जानकारी दिदै प्रमुख कार्यकारी अधिकृतले कार्यक्रमको समापन गरेका थिए ।
४० वटा शाखामा संचालन भइरहेको उक्त लघुवित्त शाखामा २६ हजार ५ सय ६४ सदस्यबाट १ अर्ब ३७ करोड लघु कर्जाको साथै बचत परिचालनमा ५० करोड उठाउन बाँकी रहेको छ । राष्ट्रिय स्तरबाट संस्थाको निकट भविष्यमा लघुवित्तमा स्तरोन्नती भई देशका विभिन्न ग्रामिण क्षेत्र लक्षित स्थानहरुमा शाखा विस्तार गर्ने योजना रहेको छ ।