
काठमाडौं । टोयोटाको नेपालको लागि एक मात्र अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा. लि. (युटीएस) ले प्रदेश ७ धनगढीमा नयाँ शोरुम उद्घाटन गरेको छ । साथै, कम्पनीले बसन्त क्लासिक अटोमोबाइल्सलाई औपचारिक रुपमा टोयोटाको ३ एस सेवा दिने गरि बिक्रेता नियुक्त गरेको छ ।
टोयोटाद्धारा उत्पादित गाडी अब धनगढिमा पनि सहज रुपमा उपलब्ध हुनेछ । प्रदेश ७ को धनगढिमा खोलिएको यस नयाँ ३ एस सेवा टोयोटाको अन्तराष्ट्रिय गुणस्तरलाइ ध्यानमा राखी संचालनमा ल्याइएको हो ।
बजारको आवश्यकता र क्षमतालाई मध्यनजर गर्दै बसन्त क्लासिक अटोमोबाइल्सले टोयोटामा समावेश हुने निर्णय गरि यस नयाँ शोरुम खोलेको हो ।
यस नयाँ शोरुमको उद्घाटन युटीएसका बरिष्ट निर्देशक कैलाश भक्त राजभण्डारी एवं बसन्त क्लासिकका भुवन भट्ट, बसन्त भट्ट र देवीदत्त भट्टले गरेका हुन् ।