माछापुच्छ्रे बैंकको ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा, संख्या ३७ पुग्यो

<p>काठमाडौं । माछापुच्छ्रेबैंक लिमिटेडले चितवन र गोरखामा ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले चितवनको इच्छाकामना गाँउपालिका(हातीवाङ्ग), गोरखाको गण्डकी गाउँपालिका, गोरखाको गोरखा नगरपालिका (छेपेटार) र गोरखाकै पालुङटार नगरपालिकामा थप ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ३७ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा आइसकेको बैंकले जनाएको [&hellip;]</p>

काठमाडौं । माछापुच्छ्रेबैंक लिमिटेडले चितवन र गोरखामा ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले चितवनको इच्छाकामना गाँउपालिका(हातीवाङ्ग), गोरखाको गण्डकी गाउँपालिका, गोरखाको गोरखा नगरपालिका (छेपेटार) र गोरखाकै पालुङटार नगरपालिकामा थप ४ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ३७ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा आइसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।

Share News