सौरभ ग्रुपले स्टील उद्योगमा लगानी गर्दै, वार्षिक ४ लाख ४१ हजार टन थपिने

<p>काठमाडौं । सौरभ ग्रुपको लगानीमा स्टील कम्पनी खुल्ने भएको छ । सर्वोत्तम स्टील प्राइभेट लिमिटेडले वीरगञ्ज महानगरपालिकाको वडा नं २२ मा स्टील उद्योग स्थापना गर्न लागेको हो । वार्षिक ४ लाख ४१ हजार मेट्रिकटन फलाम र स्टीलस् उत्पादन हुने गरी उद्योग स्थापना हुन लागेको कम्पनीले जनाएको छ । स्टील उद्योग स्थापनका लागि ग्रुपले वातावरणीय प्रभाव [&hellip;]</p>

काठमाडौं । सौरभ ग्रुपको लगानीमा स्टील कम्पनी खुल्ने भएको छ । सर्वोत्तम स्टील प्राइभेट लिमिटेडले वीरगञ्ज महानगरपालिकाको वडा नं २२ मा स्टील उद्योग स्थापना गर्न लागेको हो ।

वार्षिक ४ लाख ४१ हजार मेट्रिकटन फलाम र स्टीलस् उत्पादन हुने गरी उद्योग स्थापना हुन लागेको कम्पनीले जनाएको छ ।

स्टील उद्योग स्थापनका लागि ग्रुपले वातावरणीय प्रभाव मूल्याङकन (इआए) को काम शुरु गरेको छ । ईआईए स्वीकृत हुन ८ महिना लाग्ने परामर्शदाता आमाता कन्सल्टका संञ्चालक हरिदत्त जोशीले बताए । उनका अनुसार हाल उद्योग स्थापनाबाट पर्ने प्रभावको विषयमा सरोकारवाला निकाय, व्यक्ति संघ संस्थाले लिखित राय तथा सुझाव दिन सक्नेछन् ।

ईआईए सम्बन्धित सुझाव सर्वोत्तम स्टील्स र औरा कन्सल्टको कार्यालयमा पेश गर्न सकिनेछ । यसअघि सौरभ ग्रुपले सिमेन्ट लगायत निर्माण सामाग्रीहरुको उत्पादन गर्दै आएको छ ।

Share News