मोटरसाइकल दर्ता १०० लटबाट शुरू हुँदै, बुधबारदेखि यात्रुले नै डिलक्स बस रिजर्भ गर्न सक्ने

<p>काठमाडौं । वाग्मतीमा मोटरसाइकल दर्ता १०० लट देखि शुरु हुने भएको छ । ९९ सय लट पुगेर रोकिएको मोटरसाइकल दर्ता पुन: शुरु हुन १०० लटबाट शुरु हुने भएको हो । मोटरसाइकल दर्ता पुन: शुरु गर्ने प्रक्रिया मन्त्रिपरिषदमा पुगेको छ । विभागले यस मोडलमा नयाँ दर्ता गर्ने निर्णय गरी मन्त्रालयमा प्रस्ताव पेश गरिसकेकाे छ । प्रधानमन्त्री केपी शर्मा [&hellip;]</p>

काठमाडौं । वाग्मतीमा मोटरसाइकल दर्ता १०० लट देखि शुरु हुने भएको छ । ९९ सय लट पुगेर रोकिएको मोटरसाइकल दर्ता पुन: शुरु हुन १०० लटबाट शुरु हुने भएको हो । मोटरसाइकल दर्ता पुन: शुरु गर्ने प्रक्रिया मन्त्रिपरिषदमा पुगेको छ । विभागले यस मोडलमा नयाँ दर्ता गर्ने निर्णय गरी मन्त्रालयमा प्रस्ताव पेश गरिसकेकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र अमेरिकाबाट फर्किएपछि गत सोमबार बसेको मन्त्रिपरिषद बैठकमा प्रस्ताव पेस गर्न समय अपुग भएपछि सो निर्णय हुन सकेको थिएन । विभागकाे प्रस्ताव अनुसार निर्णय भएमा मोटरसाइकल दर्ता प्रक्रिया अब १०० बाट शुरु हुने यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताए ।

मुख्य सचिव लोकदर्शन रेग्मीका अनुसार सोमबारको मन्त्रिपरिषदमा समय अपुग भएपछि उक्त प्रस्ताव पेश हुन सकेको थिएन । मन्त्रिपरिषदको अर्को बैठकमा यस विषयकाे टुङगो लाग्न सक्ने बतार्इकाे छ ।

यसअघि मोटसाइकलमा प्रयोग गरिने लट नम्बर ९९ नाघेपछि वाग्मतीमा मोटरसाइकल दर्ता रोकिएको थियो । विभागको अनुसार हाल देशभर सवारी साधनको संख्या ३२ लाख पुगेका छ। त्यसमध्ये २५ लाख भन्दा बढी मोटरसाइकल रहेका छन् । वाग्मतीमा मात्रै मोटरसाइकलको संख्या १० लाख पुगेको छ ।

भोलिदेखि सार्वजनिक यातायातलाई रुट फ्री

विभागले घटस्थापनाको दिनदेखि ३१ गतेसम्म सार्वजनिक यातायातलाई रुट फ्री गर्ने भएको छ । दशैं अवधिभर बसहरुलाई देशभर रुट परमिट खुल्ला गर्ने भएको हो ।

दशैंको समयमा उपत्यका बाहिरिने यात्रुको चाप उच्च हुने भएकोले यातायात सेवा प्रभावकारी बनाउन रुट परमिट खुल्ला गरेको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार ३१ गतेसम्म सार्वजनिक बसले जुनसुकै रुटमा यात्रु लिएर हिड्न पाउनेछ ।

यात्रुहरु ग्रुपमा मिलेर आफैंले रूची र क्षमताअनुसार सुविधासम्पन्न बस रिजर्भ गर्न सक्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका सचिव सरोज सिटौलाले बताए । यसको लागि टिकट काउन्टर र यातायात समितिको निर्भर रहनु नपर्ने सिटौलाले बताए । हालसम्म १० लाख भन्दा बढी मानिस उपत्यका बाहिरीसकेका सिटौलाले जानकारी दिए ।

दशैं मनाउन उपत्यकाबाट २० लाख भन्दा बढी यात्रु उपत्यका बाहिरिने भएकाले यात्रु सहजताको लागि विभागले रुट परमिट खुल्ला गरेको हो । अब उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीलाई बाहिर यात्रु बोक्ने बाटो खुलेको छ ।

यसैगरी विभागले मोटरसाइकल कार लगायत सवारी बोक्ने मल्टिएक्ली ट्रायक्टर टेलरलाई नारायणघाटदेखि काठमाडौंसम्म प्रवेशमा रोक लगाएको छ । अब ती टेलरहरु असोज ३१ गते पछि मात्रै काठमाडौं प्रवेश गर्न पाउनेछन् ।

विभागको ४ वटा अनुगमन टोली

विभागले दशैं अवधिभर ४ वटा टोली बनाएर अनुगमनमा खटाएको छ । विषेशगरी माइक्रोबसले मनोमानी रुपमा भाडा असुली गरेको पाइएको प्रवक्ता उपाध्ययले बताए । उनका अनुसार त्यस्ता बसहरुलाई भाडा फिर्ता गर्न लगाउने र तत्काल आवश्यक कारबाही गर्ने गरिएको छ । कुनै पनि समितिको टिकट सकिएमा तत्काल २ वटा थप बस थप्ने व्यवस्था मिलाइएको छ ।

Share News