रसुवागढी हाइड्रोपावरको तेस्रो आईपीओ आउँदै, आयोजनाको ७० प्रतिशत काम सम्पन्न

<p>काठमाडौं । प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । १११ मेगावाटको रसुवागढी आयोजनाको निर्माण गरिरहेको कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दालाई २५ प्रतिशत अर्थांत १ अर्ब ७१ करोड ५ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासनका लागि [&hellip;]</p>

काठमाडौं । प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । १११ मेगावाटको रसुवागढी आयोजनाको निर्माण गरिरहेको कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीय बासिन्दालाई २५ प्रतिशत अर्थांत १ अर्ब ७१ करोड ५ लाख रुपैयाँ बराबरको १ करोड ७१ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासनका लागि रसुवागढीले धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट अनुमति पाएपछि आईपीओ निष्कासन हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधवप्रसाद कोइरालाले बताए । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ६८ करोड ४२ लाख रुपैयाँ बराबरको ६८ लाख ४२ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेकोमा यसलाई स्थगन गरेर सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो ।

भूकम्पबाट धेरै प्रभावित भएकाले आईपीओमा लगानी गर्न रकम नभएको भन्दै जिल्ला समन्वय समितिमार्फत स्थानीयबासिन्दाले आग्रह गरेपछि यसलाई स्थगन गरेर कम्पनीले १५ प्रतिशत निष्कासन गर्न लागेको हो । १५ प्रतिशत आईपीओ निष्कासन गर्न कम्पनीले बोर्डमा निवेदन दिएको उनले जानकारी दिए ।

बोर्डले स्वीकृति दिएमा पहिलो चरणमा सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १ अर्ब २ करोड ७३ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ७३ हजार कित्ता आईपीओ निष्कासन हुने छ । त्यसपछि आयोजना प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशत अर्थात ६८ करोड ४२ लाख रुपैयाँ बराबरको ६८ लाख ४२ हजार कित्ता आईपीओ निष्कासन हुने छ ।

यसअघि कम्पनीले पहिलो र दोस्रो गरी १ अर्ब ६४ करोड २१ लाख रुपैयाँ बराबरको १ करोड ६४ लाख २१ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । कर्मचारी संचय कोषका संचयकर्ता, संस्थागत लगानीकर्ता अन्तर्गत नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी लिमिटेड, रसुवा जिल्लाका स्थानीय तहकासाथै ऋणदाता संचय कोषका कर्मचारीलाई आईपीओ निष्कासन गरेको थियो । पहिलो र दोस्रो आईपीओ आइतबार बाँडफाँट भइसकेको छ ।

हालसम्म आयोजनाको ७० प्रतिशत काम सकिएको कोइरालाले बताए । आयोजनाको ४ हजार २०० मिटर अर्थात ४.२ किलोमिटर लामो सुरुङ खन्ने काम पुरा भएको छ । बाँधलगायत अन्य पुर्वाधारको काम जारी छ । आयोजनाको अब ३० प्रतिशत मात्र काम बाँकी छ ।

१८ महिनाभित्र आयोजना महिनामा सम्पन्न भई बिजुली बल्ने छ । आउदो २०७६ फागुन ७ गते आयोजनाबाट बिजुली उत्पादन गर्ने लक्ष्य तय गरिएको छ । आयोजना नेपाल-चीन सीमा रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा पर्छ ।

आयोजनाको निर्माण चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशन (सीडब्ल्यूई) ले गरिरहेको छ । यस्तै इलेक्ट्रोमेकानिकलको ठेक्का भारतको भ्वाइथ हाइड्रो लिमिटेड भारतले गरिरहेको छ । निर्माण अवधिको ब्याज (आईडीसी) बाहेक आयोजनाको लागत १३ अर्ब ६८ करोड रुपैयाँ छ । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख युनिट बिजुली उत्पादन हुने छ ।

रसुवागढीमा चिलिमे हाइड्रोपावर लिमिटेडको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी र विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी साढे ३ प्रतिशत र सञ्चयकर्ताको साढे १९ प्रतिशतको लगानी संरचना बनेको छ ।

Share News