२१५ प्रतिशत नाफा बढने सिटी एक्सप्रेस फाइनान्सको प्रक्षेपण,लाभांश कति ?

<p>काठमाडौं । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष ०७५/०७६ मा नाफा २१५ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको अनुमानित वित्तीय विवरणमा नाफ भारी वृद्धि हुने देखाएको हो । संभावित नोक्सानी व्यवस्थाबाट फिर्ता ( राइटव्याक) का कारण चालु आर्थिक वर्षमा नाफा बढ्ने देखिएको हो । [&hellip;]</p>

काठमाडौं । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष ०७५/०७६ मा नाफा २१५ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको अनुमानित वित्तीय विवरणमा नाफ भारी वृद्धि हुने देखाएको हो । संभावित नोक्सानी व्यवस्थाबाट फिर्ता ( राइटव्याक) का कारण चालु आर्थिक वर्षमा नाफा बढ्ने देखिएको हो ।

यो वर्ष राइटव्याकबाट ६ करोड ५१ लाख रुपैयाँ असुली हुने अनुमान फाइनान्सको छ । यस्तै आगामी आर्थिक वर्ष ०७६/०७७ मा २ करोड ६३ लाख रुपैयाँ मात्र फिर्ता हुने छ । गत आर्थिक वर्षमा ४ करोड ९५ लाख रुपैयाँ राइटव्याक गरेको फाइनान्सले जनाएको छ । यो वर्ष निक्रिय कर्जा अनुपात शुन्यमा झार्ने लक्ष्य फाइनान्सको छ ।

चालु वर्ष कम्पनीले ५ करोड ८ लाख रुपैयाँ खुदनाफा हुने अनुमान गरेको छ । गत आर्थिक वर्ष ०७४/०७५ मा १ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आर्थिक वर्षमा नाफा बढे पनि आगामी आर्थिक वर्ष ०७६/०७७ मा नाफा भने १.१ प्रतिशत मात्र वृद्धि हुने अनुमान गरिएको छ । आगामी वर्ष नाफा ५ करोड १४ लाख रुपैयाँ मात्र हुने प्रक्षेपण फाइनान्सको छ ।

चालु आर्थिक वर्षमा फाइनान्सको ब्याज आम्दानी बढेर ६ करोड ७२ लाख रुपैयाँ पुग्ने छ । यस्तै आगामी वर्ष बढेर १५ करोड ३४ लाख रुपैयाँ पुग्ने फाइनान्सले वित्तीय विवरणमा उल्लेख गरेको छ । गत वर्ष ५६ लाख ७१ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
हकप्रद सेयर बाँडफाँडपछि चालु आर्थिक वर्षमा प्रतिसेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ३६ पैसा र आगामी वर्ष ६ रुपैयाँ ४३ पैसा पुग्ने अनुमान फाइनान्सको छ ।

यस्तै चालु आर्थिक वर्षमा फाइनान्सले निक्षेप परिचालन ७५० प्रतिशत बढाएर ४६ करोड १० लाख रुपैयाँ पुर्याउने भएको छ । गत आर्थिक वर्षमा निक्षेप परिचालन ५ करोड ४२ लाख रुपैयाँ थियो । आगामी आर्थिक वर्षमा निक्षेप ४९.५७ प्रतिशत बढेर ६८ करोड ९५ लाख रुपैयाँ पुग्ने अनुमान फाइनान्सको छ ।

कम्पनीले विस्तारै नाफा बढाउदै गएपनि चालु वर्षमा जगेडा कोष भने १८ करोड ८८ लाख रुपैयाँ ऋणात्मक हुने देखिएको छ । यस्तै आगामी वर्ष १३ करोड ७४ लाख रुपैयाँमा झर्ने छ । गत आर्थिक वर्षमा जगेडा कोष २३ करोड ९७ लाख रुपैयाँ थियो । चालु वर्षमा कम्पनीको कर्जा लगानी १ हजार ४७३. ६५ प्रतिशत बढेर करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह हुने अनुमान गरेको छ । आगामी आर्थिक वर्षमा २४.२४ प्रतिशत बढेर ८९ करोड रुपैयाँ पुग्ने छ ।

सिटीले भदौ १ गतेदेखि हकप्रद सेयर निष्कासन गरेकाे छ । कम्पनीले चुक्तापुँजी बढाउन १६७ प्रतिशत अर्थात २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेकाे हो । हकप्रद सेयर निष्कासन बन्द असोज ४ गते हुनेछ । बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी ४० करोड रुपैया पुग्ने छ । हाल १५ करोड रुपैयाँ चुक्तापुँजी छ । साउन २० गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउने छन् । वित्तीय अवस्था ऋणात्मक भएपछि नेपाल राष्ट्र बैंकले कुबेर मर्चेण्ट फाइनान्स लिमिटेडलाई २०६९ पुस २६ गतेदेखि समस्याग्रस्त घोषणा गरेको थियो ।

यसबाट ५ बर्षदेखि नियमित बैकिङ्ग कारोबार समेत अवरुद्द भएको थियो । फाइनान्सलाई समस्याग्रस्त अवस्थाबाट मुक्त गरी नियमित संचालनको अवस्थामा फर्काउने थप पूँजी लगानी सहित नयाँ लगानीकर्ताको प्रबेश भएपछि सिटी फाइनान्सको नामबाट कारोबार सुरु भएको हो । राष्ट्र बैंकको मिति २०७४ मंसिर २४ फाइनान्सलाई समस्याग्रस्त अवस्थाबाट मुक्त गरेको थियो ।

Share News