भूकम्पपछि इस्तानबुलका एक लाखभन्दा बढी बासिन्दाले घर बाहिरै काटे रात
काठमाडौं । इस्तानबुलमा गएको ६.२ म्याग्निच्युडको भूकम्पपछि परकम्पको डरले एक लाखभन्दा बढी मानिसहरूले घर बाहिरै रात बिताएका छन् । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले बिहीवार आयोजित पत्रकार सम्मेलनमा मस्जिद, विद्यालय र छात्रावासमा १ लाख १ हजार नागरिकलाई अस्थायी आश्रय प्रदान गरिएको जानकारी दिए । प्रभावितहरूलाई मोबाइल खानपान एकाइ तथा पालहरू मार्फत खाना वितरण गरिएको पनि उनले बताए । वातावरण, शहरीकरण तथा जलवायु परिवर्तन मन्त्री मुरत कुरुमका अनुसार फातिह जिल्लामा रहेको एउटा परित्यक्त भवन बाहेक अन्य कुनै आवासीय भवनमा क्षति भएको छैन । स्वास्थ्य मन्त्री केमाल मेमिसोग्लुले भूकम्पको समयमा आतंकित भएर भवनबाट हाम फाल्दा वा भागदौडका क्रममा घाइते भएका ६० जनाको उपचार भइरहेको जानकारी दिए । अहिलेसम्म २३६ जना घाइते भएको पुष्टि भए पनि मृत्यु भने नभएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दु इस्तानबुलको तटभन्दा बाहिर मारमारा समुन्द्रमा रहेको थियो ।
ट्रम्पको ट्यारिफको असर जर्मनी, बेलायत र दक्षिण कोरियासम्म देखिन सुरु
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका धेरै देशहरूमाथि रेसिप्रोकल ट्यारिफ (पारस्परिक शुल्क) लगाएका छन् । यद्यपि ९० दिनका लागि यसमा रोक लगाइए पनि यसको प्रभाव अहिलेबाटै देखिन थालिसकेको छ । विश्वका धेरै देशहरूमा उत्पादनमा गिरावट आउन थालेको छ । पर्चेजिङ म्यानेजर्सको सर्वेक्षणअनुसार युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनी र बेलायतमा निजी क्षेत्रको उत्पादन घटेको देखिएको छ । दक्षिण कोरियामा अप्रिलको पहिलो २० दिनमा निर्यात ५.२ प्रतिशतले घटेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अमेरिका, बेलायत र जर्मनीसहित धेरै देशहरूको आर्थिक वृद्धिको अनुमान घटाएको छ । ट्यारिफले व्यापारीहरूको मनोबल घटायो सीएनएनको एक रिपोर्ट अनुसार एसएन्डपी ग्लोबल र हामबर्ग कमर्शियल बैंकले जर्मनीका कम्पनीहरूमा गरेको सर्वेमा देखिएको छ कि ट्यारिफको चिन्ता र अनिश्चितताले व्यापारीहरूको भरोसा र मागमा गिरावट आएको छ । जर्मनीको पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पीएमआई) अप्रिलमा ४९.७ रहेको छ, जुन मार्चमा ५१.३ थियो । पीएमआई निर्माण र सेवा क्षेत्रका गतिविधिहरूको मापन हो । यदि यो ५० भन्दा कम छ भने त्यसको अर्थ उत्पादन घटिरहेको छ भन्ने जनाउँछ । निर्यातको भूमिका अर्थशास्त्रीहरूका अनुसार जर्मनीमा उत्पादनमा आएको गिरावटका पछाडि विभिन्न कारण हुन सक्छन् । ट्यारिफसँग सम्बन्धित अन्तर्राष्ट्रिय अनिश्चितताका साथै यसले देशभित्रको आर्थिक कमजोरीलाई पनि देखाउँछ । यसको अर्थ केवल कर मात्र नभई जर्मनीको आफ्नै अर्थव्यवस्था पनि कमजोर भइरहेको छ । आईएमएफका अनुसार यस वर्ष जर्मनीको आर्थिक वृद्धि दर शून्य रहने अनुमान गरिएको छ । जर्मनीको अर्थव्यवस्थामा निर्यातको महत्त्वपूर्ण भूमिका रहन्छ । बेलायतको अवस्था त्यस्तैगरी, बेलायतमा एसएन्डपी ग्लोबलले भनेको छ कि सर्वेमा सहभागीहरूले अमेरिकी ट्यारिफले नराम्रो असर पारेको बताएका छन् । यसले ग्राहकहरूको विश्वासमा पनि गिरावट ल्याएको छ । यस महिना देशको पीएमआई ४८.२ रहेको छ, जुन नोभेम्बर २०२२ पछि सबैभन्दा कम हो । रिसर्च फर्म प्यान्थिन म्याक्रो इकनमिक्सका प्रमुख यूके अर्थशास्त्री रोब वुडले भने, ’यसमा कुनै शंका छैन कि अमेरिकी राष्ट्रपतिको ट्यारिफले बेलायतको वृद्धि दरलाई सुस्त पारेको छ ।’ यद्यपि उनले यो पनि भने कि तत्काल मन्दी देखिएको छैन। दक्षिण कोरियाको अवस्था ट्रम्पको आयात ट्यारिफका कारण विश्वव्यापी व्यापारमा गिरावट आएको देखिएको छ । दक्षिण कोरियाको भन्सार सेवाले जनाएको छ कि अप्रिलको पहिलो २० दिनमा निर्यात ५.२ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको अर्थतन्त्रमा पनि निर्यातको ठूलो भूमिका छ । आईएनजीका वरिष्ठ अर्थशास्त्री मीन जू काङले भने, 'यो डेटा व्यापारको दिशा देखाउने महत्त्वपूर्ण सूचक हो ।’ यो सर्वेका लागि डेटा अप्रिल ९ देखि २२ बीच सङ्कलन गरिएको थियो, जसले अहिलेको अवस्था स्पष्ट पार्दछ । ट्यारिफ युद्धको धुवाँ सेलाउँदै, अमेरिका र चीन वार्तातर्फ उन्मुख अमेरिकामा बढ्दो जोखिमको डरले स्वीस बैंकमा खाता खोल्नेको संख्या बढ्दै
युट्युबबाट एकै महिना ८ लाखभन्दा धेरै कमाउँछिन् यी हजुरआमा
काठमाडौं । ७४ वर्षीया सुमन धामनेले यो प्रमाणित गरिदिएकी छन् कि नयाँ कुरा सुरु गर्न कुनै उमेरको सीमा हुँदैन । आफ्ना नातिको सहयोगमा उनले ’आपली आजी’ नामक युट्युब च्यानल सुरु गरिन् । अहिले उनका १७.९ लाख सब्सक्राइबर छन् र उनी हरेक महिनामा करिब साढे ८ लाखसम्म कमाइरहेकी छन् । सुमन आफ्नो च्यानलमा परम्परागत महाराष्ट्रीयन परिकार बनाउने गर्छिन् । २०२० मा सुरु युट्युब च्यानल सुरु सुमन धामने महाराष्ट्रको अहमदनगर नजिकको सरोला कासार गाउँकी हुन् । उनले मार्च २०२० मा युट्युब च्यानल सुरु गरिन् । यो आइडिया उनको १७ वर्षीय नाति यशको थियो । उनले हजुरआमाई पाव भाजी बनाउन भने र त्यहीबाट सुरु भयो उनको युट्युब यात्रा । सुरुवात सजिलो थिएन- उनी क्यामेराको अगाडि आउन डराउँथिन्, प्रविधिमा कठिनाइ भोगिन्, एकपटक च्यानल नै ह्याक भयो । तर उनले हार मानिनन् । आफ्ना रमाइला र नयाँ भिडियोमार्फत दर्शकहरूलाई जोडिरहिन् । उनका परिकारहरूले दर्शकको मन छोए । अन्ततः युट्युबले उनलाई सिल्वर प्ले बटन प्रदान ग¥यो । पकाउने कला संसारलाई देखाइन् आज सुमन धामने हरेक हप्ता धेरै भिडियो बनाउँछिन् । उनले इन्टरनेट र सामाजिक सञ्जालबारे धेरै कुरा सिकेकी छन् । डिजिटल दुनियाँमा उनको प्रवेश परिवारको सहयोगकै परिणाम हो । यशले उनलाई युट्युब च्यानल सुरु गर्न सहयोग गरे र प्रविधिका कुरा सिकाए । सुमनले यो नयाँ यात्रा आत्मसात गरिन् र आफ्नो पकाउने सीप तथा परम्परागत महाराष्ट्रीयन रेसिपीहरूलाई विश्वसँग बाँडिन् । सबैलाई मन पर्यो उनकै शैली 'आपली आजी' च्यानल छिट्टै चर्चित बन्यो । यसको कारण थियो सुमन धामनेको सरलपन, माया भरिएको बोली र परम्परागत खाना बनाउने शैली । उनले घरेलु मसलाहरू प्रयोग गरेर बनाएका परिकारहरूले दर्शकलाई वास्तविक र पोषिलो खाना कस्तो हुन्छ भन्ने सम्झाए । पाव भाजी, करेलाको तरकारी, पारम्परिक मिठाइहरूजस्ता स्वादिला रेसिपीहरूले उनीलाई मन जिताउने हजुरआमा बनाइदियो । उमेरले अर्थ राख्दैन आज सुमन धामने केवल युट्युब स्टार होइनन्- उनी प्रेरणाको स्रोत हुन् । उनले प्रमाणित गरिन् कि सफलताका लागि उमेर बाधक हुँदैन । च्यानलको सफलताले उनलाई व्यावसायीक अवसरहरू पनि दिलाएको छ । उनले आफ्ना परम्परागत मसलाहरू पनि बेच्न थालिसकेकी छन् । उनको कथा हामी सबैलाई सिकाउँछ- परिवर्तनलाई स्वीकार गर्नुपर्छ, परिवारको साथ अमूल्य हुन्छ र डिजिटल दुनियाँमा अनगिन्ती सम्भावना छन् । उनको सफलताले देखाउँछ- शिक्षा होस् या पहुँच, सबैभन्दा महत्त्वपूर्ण कुरा हो दृढ इच्छाशक्ति ।