भारत-पाकिस्तान तनावबीच पाकिस्तानी प्रधानमन्त्रीले गरे टर्कीका राष्ट्रपतिसँग कुराकानी
काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दोआनसँग आफूले कुराकानी गरेको बताएका छन् । उनले भारतले गरेको आक्रमणमा ज्यान गुमाउनेहरूप्रति टर्कीले प्रार्थना गरेकोमा प्रशंसा व्यक्त गरेका छन्। शहबाज शरीफले एक्स (पूर्व ट्वीटर) मा लेखेका छन्, 'यो संवेदनशील समयमा पाकिस्तानप्रति टर्कीले देखाएको एकता र समर्थनको लागि मैले राष्ट्रपति एर्दोआनलाई धन्यवाद दिएको छु ।' 'हामी जुनसुकै मूल्य चुकाएर पनि हाम्रो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्नेछौं । दक्षिण एसियामा तनाव कम गर्न र शान्ति कायम राख्न टर्कीले गरेका प्रयासप्रति पाकिस्तान आभारी छ,' उनले थपे । ७ मे मा भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेपछि टर्कीको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा भारत र पाकिस्तानबीचको अवस्था प्रति चिन्ता व्यक्त गर्दै भनिएको थियो, 'हामी सर्वसाधारण नागरिकहरू र नागरिक संरचनाहरूलाई लक्षित गर्दै गरिने कुनै पनि किसिमको उकसाउने कार्य वा आक्रमणको निन्दा गर्छौं । हामी आशा गर्छौं कि तनाव कम गर्न चाँडै कदम चालिनेछ ।' विज्ञप्तिमा दुवै पक्षलाई एकपक्षीय कदमहरूबाट जोगिन आग्रह गरिएको थियो र टर्कीले पहलगाम आक्रमणको अनुसन्धान गर्न पाकिस्तानले गरेको मागको समर्थन गरेको पनि उल्लेख गरिएको थियो । बुधबार बिहान भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले प्रेस ब्रिफिङको क्रममा भारतका सशस्त्र बलहरूले 'अपरेसन सिन्दुर' सञ्चालन गरेकाे जानकारी दिएकी थिइन् । उनका अनुसार यो अपरेसन २२ अप्रिलमा पहलगाममा भएको वीभत्स आतंकवादी आक्रमणमा परेका निर्दोष नागरिक र तिनका परिवारलाई न्याय दिनका लागि सुरु गरिएको हाे । यस कारबाहीमा नौवटा आतंकवादी शिविरलाई लक्षित गरियो र ती पूर्ण रूपमा ध्वस्त भएका छन् । पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जानकारी दिएको छ । यता भारतले नियन्त्रण रेखामा पाकिस्तानबाट गरिएको गोलाबारीमा १० जना भारतीय नागरिकको मृत्यु र ३२ जना घाइते भएको जनाएको छ ।
पाकिस्तानमाथि भारतको आक्रमणले युद्धको खतरा बढ्यो : टर्की
काठमाडौं । टर्कीले पाकिस्तान प्रशासित कश्मीरमा भारतले गरेको हवाई आक्रमणका कारण युद्धको खतरा थप बढेको जनाएको छ । टर्कीको विदेश मन्त्रालयले सामाजिक सञ्जाल 'एक्स' (पूर्व ट्वीटर) मा जारी गरेको एक विज्ञप्तिमा भनिएको छ कि उनीहरू भारत र पाकिस्तानबीच भइरहेका घटनाक्रमप्रति चिन्तित छन् र यसलाई नजिकबाट नियालिरहेका छन् । विज्ञप्तिमा भनिएको छ, 'हामी सर्वसाधारण र नागरिक भवनहरूलाई लक्षित गरी गरिने कुनै पनि प्रकारको उत्तेजनात्मक कार्य र आक्रमणको निन्दा गर्छौं । हामी आशा गर्छौं कि तनाव कम गर्न चाँडोभन्दा चाँडो कदमहरू चालिनेछन् । ' विज्ञप्तिमा दुबै पक्षलाई एकपक्षीय कदमबाट जोगिन पनि आग्रह गरिएको छ । यसै विज्ञप्तिमा टर्कीले पहलगाम आक्रमणको छानबिन गर्न पाकिस्तानले राखेको मागको समर्थन गर्ने उल्लेख गरिएको छ । बुधबार बिहान भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले प्रेस ब्रिफिङकाे क्रममा भारतका सशस्त्र बलहरूले 'अपरेसन सिन्दुर' सञ्चालन गरेकाे जानकारी दिएकी थिइन्। यो अपरेसन २२ अप्रिलमा पहलगाममा भएको वीभत्स आतंकवादी आक्रमणमा परेका निर्दोष नागरिक र तिनका परिवारलाई न्याय दिनका लागि सुरु गरिएको थियो । यस कारबाहीमा नौवटा आतंकवादी शिविरलाई लक्षित गरियो र ती पूर्ण रूपमा ध्वस्त भएका छन् । पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जानकारी दिएको छ । यता भारतले नियन्त्रण रेखामा पाकिस्तानबाट गरिएको गोलाबारीमा १० जना भारतीय नागरिकको मृत्यु र ३२ जना घाइते भएको जनाएको छ ।
भारत र पाकिस्तानको वर्तमान परिस्थितिबारे चिन्ता व्यक्त गर्दै संकटको समाधान खोज्न कतारको अपिल
काठमाडौं । कतारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस संकटको कूटनीतिक समाधान खोज्न दुवै देशलाई अपिल गरेको छ । कतारको परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल 'एक्स' (पूर्व ट्विटर) मा एक विज्ञप्ति पोस्ट गरेको छ । विज्ञप्तिमा भनिएको छ, 'भारत र पाकिस्तानबीच लगातार बढ्दै गएको तनावप्रति कतार चिन्तित छ र दुवै देशलाई आग्रह गर्छ कि उनीहरूले यो संकटको समाधान कूटनीतिक माध्यमबाट खोजून् ।' कतारले भारत र पाकिस्तानले तनाव कम गर्न संवादको ढोका खोल्न जोड दिनुपर्ने बताएको छ । उसले भनेको छ कि दुवै देशले सकारात्मक वार्तामार्फत बाँकी रहेका समस्याहरू समाधान गर्नुपर्नेछ । बुधबार बिहान भारतीय सेनाकी कर्नेल सोफिया कुरैशीले प्रेस ब्रिफिङको क्रममा भारतका सशस्त्र बलहरूले 'अपरेसन सिन्दुर' सञ्चालन गरेकाे जानकारी दिएकी थिइन् । उनका अनुसार यो अपरेसन २२ अप्रिलमा पहलगाममा भएको वीभत्स आतंकवादी आक्रमणमा परेका निर्दोष नागरिक र तिनका परिवारलाई न्याय दिनका लागि सुरु गरिएको हाे । यस कारबाहीमा नौवटा आतंकवादी शिविरलाई लक्षित गरियो र ती पूर्ण रूपमा ध्वस्त भएका छन् । पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना नागरिकको मृत्यु भएको र ४६ जना घाइते भएको जानकारी दिएको छ । यता भारतले नियन्त्रण रेखामा पाकिस्तानबाट गरिएको गोलाबारीमा १० जना भारतीय नागरिकको मृत्यु र ३२ जना घाइते भएको जनाएको छ ।