डाक्टरी पेशामा जागेश्वरका २७ वर्ष: ‘रु. ३१०० पहिलो तलब, २७ हजारको मेजर सर्जरी’
काठमाडौं । नेशनल एकेडेमी अफ मेडिकल साइन्सका प्राध्यापक तथा परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पताल निर्देशक डा. जागेश्वर गौतमको डाक्टरी पेशाको यात्रा २७ बर्ष नाघिसकेको छ । पर्वतको राम्जा देउरालीमा २०१९ साल साउन २९ गते जन्मिएका गौतम ६ बर्षको उमेर देखी विद्यालय जान थालेका थिए । घरको जेठो छोरा जागेश्वरले कक्षा ३ सम्म घर नजिकैको विद्यालयमा पढे । उनले कक्षा ४ देखी १० सम्म चाँही पशुपती उच्च माध्यमिक विद्यालयमा पढे । उक्त विद्यालय उनको घरभन्दा १ घण्टा टाढा थियो । गौतम सानैदेखि निकै नै मिहिनेती थिए । उनको बुवा भारतमा काम गर्थे, त्यसैले उनको बाल्यकालको अधिकांश समय आमासँग बिताए । उनी आमालाई घरको काममा खुब सघाउँथे । बिहान स्कुल जानुभन्दा पहिला र साँझ घर आएपछि उनी घरको काममा आमालाई काममा सघाउँथे । अन्य बालबालिका बाहिर घाँसदाउरा गर्न जान्थे, तर उनी भने घरमै बसेर खाना बनाउने र सरसफाई गर्ने काम गर्थे । एसएलसी पास गरेपछी उनले पर्वतमै २ बर्ष विद्यालयमा पढाए । त्यसपछी उनी १८ बर्षको उमेरमा काठमाडौँमा पढ्न आए । उनका एकजना दाई काठमाडौंमा बस्थे । काठमाडौँमा उनी अनिरुद्र शर्मा दाईसँग बसेर पढेका हुन् । अंग्रेजी नजान्दाको त्यो दुःख काठमाडौं आएर पढाई अघि बढाउँदै उनलाई शुरुमा धेरै नै सकस पर्यो । सरकारी विद्यालयमा पढेका जागेश्वरलाई अंग्रेजी नजान्दा अध्ययनलाई अघि बढाउन हम्मेहम्मे परेको थियो । पर्वतबाट पढेर आएका उनलाई आइएमा काठमाडौंको निजी विद्यालयका विद्यार्थी, दार्जेलिङ, देहरादुनबाट पढेर आएका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न निकै नै गार्हो भयो। कलेजमा सबै अंग्रेजी माध्यमबाट पढाई हुन्थ्यो । त्यसैले शुरुको ६-८ महिना त उनले केही पनि बुझेनन् । कुनैबेला उनलाई अब म पढ्न सक्दिन भन्ने पनि नलागेको होइन, तर पहिलो बर्षको परीक्षाको नतिजा उनको निकै राम्रो आयो । उनले सोचेको भन्दा धेरै राम्रो गरे । यसले उनलाई हौसला मिल्यो, आत्माबिश्वास पनि बढ्यो र केही गर्न सकिन्छ भन्ने भाव आयो र क्रमशः राम्रो गर्दै गए। एमबीबीएस सपना गौतम १५-१६ बर्षको हुने ताका उनकी आमा बिरामी भइरहन्थिन । आमालाई मुटुको समस्या थियो । उनी आमालाई अस्पताल लिएर जान्थे र अस्पताल जाँदा डाक्टर, नर्सहरुको रुखो बोली सुन्दा उनलाई नरमाइलो लाग्थ्यो । यस्तो व्यवहार उनलाई फिटिक्कै मन पर्दैनथ्यो । उनले त्यही समय आफु चाँही डाक्टर भएर बिरामीहरुलै राम्रो व्यवहार गर्छु भन्ने सोचे । उनी आफुलाई बिरामीको ठाउँमा राखेर कुरा गर्छु भन्ने सोच्थे । गौतम बिरामीलाई सम्मानसाथ र मायाले जाँच्नु पर्छ भन्ने सोच राख्छन् । दुईजनाबीच राम्रो सम्बन्ध भएमात्र उपचार पनि राम्रो हुने उनी बताउँछन् । उनी जहिले पनि मानिसहरुसँग कसरी नजिक रहेर सेवा दिउँ भन्ने सोच्थे । उनले यस बिषयमा धेरै सोचे र अन्त्यमा एमबीबीएस पढ्ने निधो गरे। कलेजमा सबै अंग्रेजी माध्यमबाट पढाई हुन्थ्यो । त्यसैले शुरुको ६-८ महिना त उनले केही पनि बुझेनन् । डाक्टर बन्न पाइयो भने मानिसहरुको अलिक बढी सेवा गर्न सकिँदो रहेछ भन्ने सोच आयो । उनी एरोनेटिकल ईन्जिनियरिङ्ग पनि पढ्ने तयारिमा थिए । तर, अन्त्यमा ईन्जिनियरिङ्गहरु भन्दा पनि डाक्टरी सेवाबाट बढी मानिसहरुको पहुँचमा पुग्न सकिने सोचले उनले एमबिबिएस पढ्ने प्लान गरे। श्रीमतीको सहयोग महाराजगञ्ज टिचिङ अस्पतालमा ३ बर्ष हेल्थ एसिस्टेन्ट पढेपछी गौतमले २ बर्ष टिचिङ अस्पतालमै काम गरे । त्यसपछी उनले २४ बर्षमा एमबिबिएसको प्रवेश परीक्षा दिए जसमा उनले पूर्ण छात्रवृतिमा नाम निकाले । छात्रवृतिमा एमबीबिएस पढेका गौतमलाई कलेज शुल्कको त चिन्ता थिएन, तर उनलाई ५ बर्ष अध्ययनको क्रममा बस्ने, खाने, किताब किन्ने र पकेट खर्च व्यवस्थापन गर्न निकै गाह्रो थियो । तर, श्रीमतीको सहयोगले उनलाई धेरै सजिलो गराईदियो । एमबिबिएस पढ्दा पढ्दै काम गर्नु सम्भव थिएन । यो समयमा उनकी श्रीमतीले काम गरेर उनलाई अध्ययनमा सहयोग गरेकी थिईन् । उनी भन्छन्– ‘म श्रीमतीको सहयोग नभएको भए डाक्टर हुँदैन थे ।’ एमबिबिएस सकेपछी गौतमले ४ महिना कान्तीबाल अस्पतालमा काम गरे र त्यस लगत्तै एमडी पढनको लागि भर्ना भए । एसएलसी पछि २ बर्ष र एमबिबिएस अगाडि २ बर्ष खेर गएको समयलाई विचार गर्दै उनले एमबीबिएस सिद्धिने बित्तिकै एमडी परीक्षाको लागि तयारी गरेर पहिलो स्थानमा नाम निकाल्दै पढाई शुरु गरिहाले । प्रसुती गृह र एमडी एमडीको लागि अमेरिका गएर पढ्ने तरखरमा थिए, तर नेपालमा महिलाहरु उपचार नपाएर अकालमा मरिरहेको खबरहरु धेरै आए । त्यसकारण उनले विदेश जाने मोह त्यागेर नेपालमै पढेर नेपालमै सेवा गर्नुपर्छ भन्ने सोच राखेर नेपालमै बस्ने निधो गरे । त्यतिबेलाको भाडा ५०० थियो र महिनामा सामान्यतया ३००–४०० ले एकजनालाई राम्रोसँग खान पुग्थ्यो । त्यस समयमा एमडी गर्न ५-६ वटा विकल्पहरु थिए, जसमा गौतमले स्त्री रोगलाई चुने । तीन बर्षको एमडी पढाईमा उनको ३ महिना टिचिङ अस्पतालमा पोस्टिङ् भएको थियो भने बाँकी २ बर्ष ९ महिना परोपकार प्रसुती गृहमै पोस्टिङ् भएको थियो। उनले त्यहीँ बसेर आफ्नो एमडी पूरा गरेका हुन् । उनले उत्कृष्ठ नतिजा ल्याए र एमडी उत्तीर्ण गर्दा स्वर्ण पदक सहित सम्मानित भए । उनले एमडी गर्दै गर्दै लोकसेवाको जाँच दिए र नाम पनि निकाले । पढाई अन्त्य भएसँगै उनले काठमाडौं बाहिर पोस्टिङ् मागे । एमडी सकिएपछी मात्र उनलाई डाक्टर भएको जस्तो लाग्यो । त्यससमयको उनको तलब ३ हजार १ सय थियो । उनले आफ्नो पहिलो तलब श्रीमतीलाई लगेर दिए किनभने उनी त्यो स्थानमा पुग्न सबैभन्दा ठूलो हात उनकै श्रीमतिको थियो । उनी दुईवटा कोठा भएको फ्ल्याट लिएर बस्थे, त्यतिबेलाको भाडा ५०० थियो र महिनामा सामान्यतया ३००–४०० ले एकजनालाई राम्रोसँग खान पुग्थ्यो । काठमाडौं बाहिरको पोस्टिङको क्रममा गौतमले सबैभन्दा लामो समय चितवनमा बिताए । चितवनमा उनले १५ बर्ष बिताए । त्यस्तै उनले राजविराज, भद्रपुर, सुर्खेत र अन्त्यमा गोरखामा १ बर्ष बिताएर काठमाडौं फर्के । उनी ११ औं तहमा पुगे र मन्त्रालय फिर्ता आए । स्वास्थ्य मन्त्रालयमा बसेर उनले १ बर्ष बिताए, त्यसलगत्तै प्र्सुती गृहमा आए र ५ बर्ष देखी प्रसुती गृह मै छन् । डाक्टर भएपछि सबैभन्दा गर्व लागेको क्षण एमडी गर्ने क्रममा गौतम प्रसुती गृहमै इन्टर्नशिप गरिरहेका थिए । त्यससमयमा एकजना एचआईभी संक्रमित महिला अस्पतालमा डेलिभरीको लागि आएकी थिइन् । बिरामी अस्पतालको क्याबिन नम्बर ८ मा भर्ना भएकी थिईन् । त्यससमयमा एचआईभी लागेको महिलालाई कसैले पनि उपचार गर्न मान्दैनथे । तर डा. जागेश्वर गएर उक्त एचआईभी पोजिटिभ महिलाको डेलिभरी गराए । उनले डबल पन्जा लगाएर उक्त महिलाको डेलिभरी गरे । त्यो क्षण सम्झँदा उनलाई धेरै खुशी लाग्छ । यस्तै एकपटक उनी चितवनमा काम गर्ने क्रममा एउटा महिला अस्पतालमा जचाँउन आईन् । उनले डाक्टरलाई आफ्नो रगत बगिरहने बताईन्, तर उनलाई जाँच्दा उनको रगत बगिरहने कारण देखिएन । गौतम छक्क परे । त्यसको १५ दिन पछी उक्त महिला आफ्नो श्रीमान्सँग फेरी आईन् । बल्ल श्रीमानले रहस्य खोले । महिला दुईवटा बच्चाकी आमा रहिछिन् र उनले परिवार नियोजन गरिसकेकी रहिछिन् । पहिलो श्रीमान्ले उनलाई घरबाट निकालिदिएका रहेछन् । उनले अर्को केटासँग विवाह गरिन्, तर अब बच्चा कसरी पाउने भन्ने कुराले दुविधामा पारेको रहेछ। डा. गौतमको त्यो पहिलो परिवार नियोजन उल्टाउने अप्रेसन थियो र उनी सफल पनि भए । यसअघि उनले डा. भोली रिजाललाई २०० भन्दा बढी यस्ता अप्रेसनमा साथ दिएका थिए र त्यही क्रममा उनले उक्त विधि जानेका थिए । त्यसको एक बर्षमा उक्त महिलाले छोरा जन्माईन् र अर्को २ बर्ष पछी अर्को छोरी पनि पाईन् । त्यसरी घरबाट निकालेको महिलालाई नयाँ जिन्दगीमा साथ दिन पाउँदा आफुलाई निकै नै खुशी महसुस भएको उनी बताउँछन् । २७ बर्षको अवधिमा कति बिरामीलाई जाँचे भन्ने गौतमलाई ठ्याक्कै यकिन छैन, तर उनले हालसम्म २७ हजार भन्दा बढी मेजर सर्जरी गरिसकेका छन् । त्यसपछी उनले परिवार नियोजन उल्टाउने विधिको मार्फत ५०० जनाको अप्रेसन गरेर बच्चा पाउन सक्ने बर्ना । यसमा उनलाई निकै नै गर्व लाग्ने गरेको बताउँछन् । सबैभन्दा दुःख लाग्दो क्षण चितवनमै हुँदाको समयमा गौतमले १४–१५ बर्षको हुँदा देखी नै एक बालिकाको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । पछि उनको बिहे भयो र उनले छोरी पाईन् । त्यसबेला पनि उनले नै उनको नर्मल डेलिभरी गरिदिएका थिए । दोस्रो पटक पनि उनको गर्भ रहेको अवस्थामा उनी गौतमको मै जाँच्न आइन् । ४० हप्ता पुगिसकेको थियो । उनले बेथा लगाए । वार्डमा ८ वटा बेड थिए । उनी ६ नम्बरको बेडमा थिईन् । बिस्तारै सबैलाई हेर्दै गए । उनको पाठेघरको मुख ६ सेन्टिमिटर खुलेको रहेछ । केही समयमा उनको डेलिभरी हुने कुरा सुनाए। बिरामी जाँच्दै ८ औं बेडमा पुगे तर ती महिला बेहोस् भईन् । उनको पाठेघरमा भएको पानी रगतको नशामा गएर फोक्सोमा गएछ । कयौं प्रयास गरे, तर ती महिलालाई बचाउ सकेनन् । उनका परिवारसँग गौतमको राम्रो चिनजान थियो । उनका परिवारले अरुले आएर निहुँ खोजे, हामी हाम्रो छोरीको लास लैजान्छौं, हाम्रो छोरी त मरेर गई, तर तपाईँलाई पनि समस्या हुन्छ भन्दै उनीहरुले छोरीको लासलाई लगेर गए । यस घटनाले उनलाई अझै पिरोल्छ । २७ हजारको मेजर सर्जरी २७ बर्षको अवधिमा कति बिरामीलाई जाँचे भन्ने गौतमलाई ठ्याक्कै यकिन छैन, तर उनले हालसम्म २७ हजार भन्दा बढी मेजर सर्जरी गरिसकेका छन् । त्यसमध्ये करीब ६०० जनाको ल्याप्रोसकोपीको मार्फत गरे । पाठेघर खस्ने समस्याको २५ सय भन्दा बढीको अप्रेसन गरे । उनी लेप्रोस्कोपीको माध्यमबाट नेपालमा सबैभन्दा बढी उपचार गर्ने डाक्टर मध्ये एक हुन् । अवकाश पछी…… गौतमको परोपकारमा अवकाश हुन अझै ३ बर्ष बाँकी छ। अवकाश पछि पनि डाक्टरी पेशालाई निरन्तरता दिएर अन्य कुनै अस्पतालमा काम गर्ने सोच छ । आफ्नो पेशालाई निरन्तरता दिदैँ उनलाई आफ्नो जीवनकथा लेख्ने योजना छ ।
मध्यपहाडी लोकमार्गको प्रगति ४८ प्रतिशतमात्रै, आव २०७९/०८० मा सम्पन्न हुनेमा आशंका
काठमाडौँ । १० वर्षमा मध्यपहाडी(पुष्पलाल) लोकमार्गको निर्माण कार्य ४८ प्रतिशत सकिएको छ । राष्ट्रिय गौरवको उक्त आयोजनाको भौतिक प्रगति आर्थिक वर्ष २०७५/०७६को असार मसान्तसम्म ४८ प्रतिशत सकिएको सडक विभागले जनाएको हो । पूर्वदेखि पश्चिमसम्मका २६ वटा जिल्लालाई जोड्ने मध्य पहाडी लोकमार्गको निर्माणले देशको भौतिक पक्षमा टेवा पुग्ने अपेक्षा गरिएको छ । आर्थिक वर्ष २०६४/०६५ देखि निर्माण कार्य शुरु गरिएको लोकमार्गले मध्यपहाडका जिल्लाहरुको काँचुली फेरिने विश्वास लिइएको छ । सडक विभागका अनुसार लोकमार्गको ट्रयाक खोल्ने काम सकिएको छ । तर, कतिपय ठाउँमा भने जलविद्युत आयोजनाहरु भएको कारण ट्रयाक खोल्न बाँकी रहेको बताइएको छ । विभिन्न ठाउँहरुमा निर्देशनालय खोलेर कामलाई तिव्रता दिएको सडक विभागले जनाएको छ । पूर्वको पाँचथर चियोभन्ज्याङबाट शुरु भएर सुदूरपश्चिमको बैतडी झुलाघाटमा पुगेर टुङ्गिने यो लोकमार्गबाट ३ सय बस्तीका एक करोड नागरिक लाभान्वित हुने छन् । पहिले लोकमार्गको लम्बाई १७ सय ७६ किलोमिटर भनिएपनि अहिले धेरै ठाउँहरुमा घुमाउरो सडक बनाउनु पर्ने कारण लोकमार्गको लम्बाई १८ सय ७९ किलोमिटरमा रहने आयोजनाले जनाएको छ । ८ सय ६ किलोटिर कालोपत्रे मध्यपहाडी(पुष्पलाल) लोकमार्ग आयोजना निर्देशनालयको आर्थिक वर्ष २०७५/०७६ असार मसान्तसम्मको तथ्याङ्क अनुसार कुल १८ सय ७९ किलोमिटर सडक मध्ये ८ सय ६ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । जसमध्ये यस आयोजनाबाट ३ सय ४४ किलोमिटर र अन्य आयोजनाबाट ४ सय ६२ किलोमिटर कालोपत्रे भएको हो । ५ सय ९० किलोमिटर सडक कालोपत्रे भइरहेको र बाँकी ४ सय ३ किलोमिटर सडक भने ठेक्का लगाउन बाँकी रहेको आयोजनाका निर्देशक दीपक केसीले बताए । निर्देशक केसीले गत आर्थिक वर्षमा ९७ प्रतिशत भौतिक प्रगति भएको बताए । कार्ययोजना अनुरुप काम भएमा आर्थिक वर्ष २०७९/०८० मै निर्माण कार्य सम्पन्न हुने उनले बताए । निर्माण कार्यमा विविध समस्याहरु भएका कारण १० वर्षभित्र काम गर्न नसकिएको केसी बताउँछन् । विभिन्न ठाउँहरुमा जलविद्युतहरु हुनु, कतिपय ठाउँमा स्थानीयहरुले अवरोध गर्नु, पछिल्लो समयमा स्थानीय तहहरुले विस्तार गरेका शाखा सडकहरुले पनि लोकमार्ग निर्माणमा धेरै अवरोध गरेको केसीले बताए । अहिले बर्खायामको समय भएका कारण पनि शाखा सडकहरुबाट भलपहिरो आउने, मुआब्जा वितरण, कतिपय ठाउँमा सहायक बाटोको माग, सामाग्री अभाव लगायतका प्राविधिक कारणले लोकमार्ग निर्माणको काम अवरोध भई निर्माण कार्य ढिलो हुन गएको उनले बताए । ३९ अर्ब ९० करोड खर्च मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाका अनुसार अहिले सम्म ३९ अर्ब ९० करोड रुपैयाँ खर्च भइसकेको छ । कुल ८४ अर्ब ३३ करोड लागत रकममा निर्माण हुने भनिएको राजमार्गमा अहिलेसम्म ३९ अर्ब ९० करोड ६३ लाख ४३ हजाररुपैयाँ रकम खर्च भएको आयोजनाले छ । नेपाल सरकारले आफैँ निर्माण थालेको राष्ट्रिय गौरवको आयोजनामा हाल सम्म पुँजीगत तर्फ ४० अर्ब २५ करोड ४३ लाख ५५ हजार र चालु तर्फ २६ करोड ७२ लाख २२ हजार विनियोजन गरेको छ । सरकारले आर्थिक वर्ष २०६४/०६५ मा ३९ करोड २१ लाख विनियोजन गरेकोमा त्यसको ३ करोड ५० लाख खर्च भएको थियो । यस्तै आर्थिक वर्ष २०६५/०६६ मा ३२ करोड ७८ लाख ७४ हजार विनियोजन गरेकोमा २९ करोड ७५ लाख ३ हजार, २०६६/०६७ मा १ अर्ब ४२ करोड ८१ हजार विनियोजन गरेकोमा ९४ करोड ७१ लाख ७१ हजार खर्च भएको आयोजनाले जनाएको छ । यसैगरी आव २०६७/०६८ मा १ अर्ब ३४ करोड ७६ लाख विनियोजन गरेमा १ अर्ब ३३ करोड १४ लाख ३२ हजार खर्च भएको छ । आव २०६८/०६९ मा १ अर्ब ८५ करोड ३५ लाख १७ हजार विनियोजन भएकोमा १ अर्ब ८३ करोड ७३ लाख ५३ हजार खर्च भएको थियो । यस्तै आर्थिक वर्ष २०६९/०७० मा २ अर्ब ३० करोड ९० लाख २ हजार विनियोजन भएकोमा २ अर्ब २८ करोड ४३ लाख ९ हजार खर्च भएको हो । आव २०७०/०७१ मा पनि २ अर्ब ३० करोड ५९ लाख ४५ हजार विनियोजन भएकोमा २ अर्ब ३० करोड ३२ लाख ४६ हजार खर्च भएको देखिएको छ । आर्थिक वर्ष २०७१/०७२ मा ३ अर्ब ३९ करोड ९८ लाख ३१ हजार विनियोजन भएकोमा ३ अर्ब ३९ करोड २५ लाख २४ हजार खर्च भएको आयोजनाले जनाएको छ । आव २०७२/०७३ मा ३ अर्ब २० करोड ३६ लाख ९ हजार, आव २०७३/०७४ मा ५ अर्ब २० करोड ७५ लाख ३४ हजार, आव २०७४/०७५ मा ७ अर्ब ९९ करोड ५ लाख २३ हजार र आर्थिक वर्ष २०७५/०७६ मा ११ अर्ब ७७ लाख ६३ हजार विनियोजन गरेको थियो । आर्थिक वर्ष २०६८/०६९ देखि आर्थिक वर्ष २०७४/०७५ सम्म कुल विनियोजनको ९९ प्रतिशत रकम खर्च भएको छ भने आर्थिक वर्ष २०७५/०७६ मा भने कूल विनियोजित बजेटको ९८ प्रतिशत रकम खर्च भएको जनाइएको छ । १२९ वटा पुल बन्ने मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाका इञ्जिनियर नारायण पौडेलले सडक २ लेन र पीच ७ मिटर फराकिलो छ । १८ सय ७९ किलोमिटर लम्बाई रहेको राजमार्गमा १२९ वटा पुलहरु बन्नेछन् । जसमध्ये हालसम्म ६८ वटा पुल बनिसकेका छन् भने २४ निर्माणाधीन र ३७ वटा पुलको ठेक्का दिन बाँकी रहेको पौडेलले बताए । आर्थिक वर्ष २०६४÷०६५ देखि शुरु भएको राजमार्गको काम आर्थिक वर्ष २०७६/०७७ सम्म आइपुग्दा लक्ष्य अनुरुपको काम भने भएको छैन । १० वर्षे कार्ययोजनामा राखेपनि सरकारले उक्त आयोजनालाई १५ वर्षे योजनाका रुपमा राखेको छ । सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटाले मध्यपहाडी (पुष्पलाल) लोकमार्गको निर्माण कार्य पन्ध्रौं पञ्चवर्षीय योजनाको लक्ष्य अनुरुप आर्थिक वर्ष २०७९/०८० भित्र सम्पन्न गरिसक्ने बताए । प्रवक्ता सापकोटाले गत आर्थिक वर्ष २०७५/०७६ मा १ सय ५२ किलोमिटर कालोपत्रे गरेको बताउँदै यो आर्थिक वर्षमा भने ३ सय ५० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य रहेको जनाए । गत आव २०७५/०७६ मा १६ वटा पुल निर्माण गरिसक्ने लक्ष्य राखेकोमा १५ वटा मात्र सम्पन्न भएको उनले बताए । यस आर्थिक वर्ष २०७६/०७७ मा भने १६ वटा पुल निर्माण गर्ने लक्ष्य राखिएको छ । स्थानीयलाई रोजगारीको अवसर मध्यपहाडी राजमार्गले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हजारौंलाई रोजगारी प्रदान गरेको छ । यो लोकमार्ग नेपाल सरकारको आन्तरिक स्रोत र साधनबाट सम्पूर्ण खर्च व्यहोर्ने गरी निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना भएका कारण पनि यसमा धेरैले प्रत्यक्ष रोजगारीको अवसर पाएका हुन् । लोकमार्गको निर्माणका लागि प्रत्येक आर्थिक वर्षमा सरकारले बजेट छुट्याउने गरेको छ । इञ्जिनियर, प्राविधिक, परामर्शदाताहरु सबै नेपालकै छन् । निर्माणाधीन अवस्थामा रोजगारी पाउने सँगसँगै लोकमार्ग निर्माण भइसकेपछि पनि मध्यपहाडका नागरिकको जीवनस्तर उकासिने अनुमान गरिएको छ । करिब एक करोड भन्दा बढी नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको यस लोकमार्गले मध्यपहाडका उत्पादनहरु बजारसम्म ओसारप्रसार गर्नको लागि पनि सहज हुनेछ । पूर्वपश्चिम यात्रा गर्ने महेन्द्र राजमार्ग भएपनि यसको विकल्पमा नागरिकले मध्यपहाडी लोकमार्ग पनि रोज्न सक्नेछन् । नयाँ १२ शहर निर्माणको प्रक्रिया कहाँ पुग्यो ? निर्माणाधीन मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा नयाँ १२ शहर बन्ने भएका छन् । शुरुमा १० वटा शहर बन्ने भनिएपनि पछि दुईटा थप गरी १२ वटा शहर बन्ने जनाइएको हो । शहरी विकास मन्त्रालयले १२ वटा नयाँ शहरका लागि विभिन्न ठाउँहरुमा शहरी पूर्वाधारहरु निर्माण र ल्याण्ड पुलिङको काम भइरहेको बताएको छ । पहिले घोषणा भएका १० वटा शहरको आइडीपी सम्पन्न भई निर्माणको चरणमा जान लागेको बताइएको छ । सरकारबाट यथेष्ट बजेट विनियोजन नहुँदा नयाँ बन्ने शहरको काम नदेखिएको शहरी विकास मन्त्रालयका सूचना अधिकारी गणेश कर्माचार्यले बताए । ‘यथेष्ट बजेट नभएका कारण थोरै–थोरै काम गर्दै जानु पर्ने अवस्था छ । उनले भने,–‘एउटा शहरलाई २५÷३० करोड विनियोजन गरेको छ, त्यसले त्यति प्रभावकारी रुपमा काम गर्न सक्दैन ।’ सरकारले घोषणा गरेका नयाँ शहरहरुमा दुई अर्ब लगानी गर्ने सरकारको अवधारणा थियो । हाल भने पूर्वाधार निर्माण गर्नका लागि त्यसको दुई गुणा भन्दा बढी रकम नभई सम्भव नभएको उनले बताए । सरकारले एक लाख जति जनसंख्या अटाउने गरी नयाँ शहरको अवधारणा ल्याएको जनाएको छ । उनले अहिले नयाँ शहरको बाटोघाटो बनाउने र अन्य सेवा सुविधाहरु बढाउने काम भइरहेको बताए । नयाँ शहर अन्तर्गत पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिधुलीको खुर्कोट, धादिङको वैरेनी गल्छी, तनहुँको डुम्रे भन्सार, बाग्लुङको बुर्तिबाङ, रुकुमको चौर जहारी, दैलेखको राकम, कर्णाली, अछामको साफेबगर र बैतडीको पाटनमा नयाँ शहर निर्माण गरिने भएको छ । पछिल्लो समय थपिएका दुई नयाँ शहर सुर्खेतको भेरी गंगा र प्युठानको भिंग्रीमा नयाँ शहर निर्माण गरिने भएको छ । नयाँ शहर निर्माणले हिमाल पहाडबाट तराई बसाइसराई गर्नेहरुको संख्या कम हुने सरकारको अपेक्षा छ । आर्थिक वर्ष २०६७/०६८ को नीति तथा कार्यक्रममा लोकमार्गको निर्माण आसपासमा नयाँ शहर बनाउने कार्यक्रम घोषणा गरेको थियो । यसको कार्यान्वय भने आर्थिक वर्ष २०७०/०७१ देखि भएको हो ।
अनुहार हेरेर विधान संशोधन गर्दा महासंघमा लफडा, चण्डिको राजीनामा गुपचुपले अर्को आशंका
काठमाडौं । व्यक्तिको अनुहार हेरेर विधान संशोधन गर्ने अभ्यासमा गएको नेपाल उद्योग वाणिज्य महासंघभित्र विवाद बढ्दै गएको छ । महासंघमा जब चुनावी वर्ष नजिकिन्छ तब विधान संशोधनको खेल शुरु हुन्छ । कुन व्यक्तिलाई अध्यक्ष बन्न मार्ग प्रशस्त गर्ने र कुन व्यक्तिलाई अध्यक्ष बन्नबाट रोक्ने । विधान संशोधनको सार यसैभित्र सीमित रहेको छ । नेतृत्व आकांक्षी व्यक्तिप्रतिको आग्रह, पूर्वाग्रह र अनुग्रहका आधारमा विधान संशोधन गर्ने गलत अभ्याससँगै निजी क्षेत्रको सबैभन्दा ठूलो र बलियो भनिदै आएको नेपाल उद्योग वाणिज्य महासंघ पछिल्ला वर्ष निकै कमजोर संस्थामा रुपान्तरित हुँदैछ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले महासंघलाई अगुवा संस्थाको रुपमा स्वीकार नगर्ने भनाई त्यसै सार्वजनिक मञ्चमा राखेको होइनन् । चुनावमा पराजित भएपछि तत्कालिन अध्यक्ष प्रदिपजंग पाण्डे विरुद्ध ३० वर्ष पुराना मुद्दा उधेल्नु र महासंघलाई संक्रमणमा फसाउनु, व्यक्तिगत अनुग्रहको पत्र भवानी राणालाई अध्यक्ष बनाउन महासंघको विधान संशोधन गर्नु र टिका लगाएर उनलाई पद सुम्पनु र विधानत भावी अध्यक्षको रुपमा प्रत्यक्ष मतदानबाट वरिष्ठ उपाध्यक्ष बनेका शेखर गोल्छालाई अध्यक्ष हुनबाट रोक्ने दुरासयले फेरी विधान संशोधनको प्रयास हुँदा महासंघ संस्थागत छवि धुमिल बन्दैछ । महासंघ भित्रको भष्ट्राचार, कोषध्यक्षबाट ज्ञानेन्द्रला प्रधानको राजीनामा प्रकरणपछि निजी क्षेत्रको छाता संगठनले सरकारी निकायमा हुने भष्ट्राचारबारे बोल्न छोडेको छ । व्यक्तिगत स्वार्थ र कुण्ठा बोकेर महासंघभित्र फोहोरी खेल खेल्दै आएका पूर्व अध्यक्ष चण्डिराज ढकालको गतिविधि र वर्तमान अध्यक्ष भवानी राणाको कठपूतलीपूर्ण भूमिकाले महासंघ कमजोर मात्र बनेको छैन, यसका पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी सदस्य समेत आफ्नो परिचयमा महासंघ जोड्न अनिच्छुक बन्दै गएका छन् । इतिहास कोट्याउनु पर्दैन, वर्तमान हेरे पुग्छ । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ सालको लागि संसद्मा बजेट पेस गरेपछिको एक सातापछि नेपाल उद्योग वाणिज्य महासंघले बजेटको पूर्ण स्वागत गर्यो । जेठ १५ गते बजेट सार्वजनिक भयो, २१ गते महासंघले बजेटलाई ‘अत्यान्त सकारात्मक’ भन्यो । अत्यान्त सकारात्मक भनिएको बजेट पास भएलगत्तै निजी क्षेत्रमा हाईक्राई शुरु भएको छ । निजी क्षेत्र आन्दोलित भएको छ । कर्मचारीलाई प्यान अनिवार्य गरिएको विषयमा होस् वा भेइकल एण्ड कन्साइमेन्ट ट्राकिङ सिस्टम, यातायात क्षेत्रमा लागू भएको भ्याट, एक हजारभन्दा बढीको कारोबारमा अनिवार्य प्यान विल जस्ता नीति गलत भयो, फिर्ता लिनुपर्यो भनेर महासंघको नेतृत्व लज्जित बन्दै सरकारी निकाय धाईरहेको छ । महासंघको क्षमता, हैसियत र भूमिकाबारे व्याख्या गर्न अर्को उदाहरण दिनुपर्दैन, यो नै काफी छ । परिस्थिति फेरिदै शेखर गोल्छालाई अध्यक्ष हुनबाट रोक्ने उदेश्यका साथ विधान संशोधनको प्रयास विफल बन्दै छ । विधान संशोधन समितिका संयोजक चण्डिराज ढकालले गत बुधबार राजीनामा पत्र लेख्नु उनको हारको संकेत हो । विधानको वर्तमान व्यवस्थाभन्दा विपरित विधिबाट विधान संशोधन गर्ने प्रस्तावको विपक्षमा कार्यसमितिमा आवाज उठेपछि ढकालले गत बुधबार पदबाट राजीनामा दिएका छन् । तर अध्यक्ष भवानी राणाले उक्त पत्र कार्यसमितिमा छलफलमा पेस गरेकी छैनन्, न राजीनामा स्वीकृत गरेकी छिन् । आफूलाई अध्यक्ष बनाउन देखि महासंघ चलाउनसम्म काँध थाप्दै आएका ढकालको राजीनामा गुपचुप राख्ने, फिर्ता गराउने र विधान संशोधनको मिसन सफल बनाउन अझै राणा र उनका समर्थकहरु सक्रिय देखिएका छन् । महासंघलाई चुनौति दिदै आएको नेपाल उद्योग परिसंघ र देशव्यापी सांगठनिक संरचना बनाउदै नेपाल चेम्बर अफ कमर्श भन्दा महासंघलाई ठूलो र बलियो बनाउन चाहाने व्यक्तिहरुको महासंघमा कमी छैन । उनीहरु महासंघलाई व्यक्ति विशेषको स्वार्थ पूर्ति गर्ने संस्था नभई सबै उद्यमी व्यवसायिकको साझा हितमा काम गर्ने संस्था बनाउन चाहान्छन् । उनीहरु विधान संशोधन केवल संघीयतामा आएको परिवर्तनसँगै महासंघलाई रुपान्तरण चाहान्छन् र व्यक्तिको अनुहार हेरेर विधान संशोधन गर्ने, टिका लगाएर अध्यक्ष बनाउने प्रथाको अन्त्य चाहान्छन् । महासंघको संस्थागत आवश्यकता कार्यसमितिबाट अध्यक्षसहित पदाधिकारी चयन गर्ने प्रणालीको विकास गर्नु हो तर नोटको बण्डलमा भोट साट्न पल्केका महासंघका जिल्ला नगर सदस्यहरु त्यसमा सहमत हुने सम्भावना छैन । यसले महासंघमा सफल व्यवसायी होइन, राजनीतिक स्वार्थमा पूरा समय विताउने असफल व्यवसायी मात्र नेतृत्वमा पुग्ने बातावरण बनाईरहने छ ।