गरिबको छोरो, दिपेन्द्रको साथी, प्रधानमन्त्रीसँग टक्कर

तेह्रथुमको अति गरिब परिवारमा जन्मेका । छात्रवृतिमा बुढानीलकण्ठबाट स्कुल तह र ए-लेवलको शिक्षा हासिल गरेका, छात्रवृतिमा नै बेलायतबाट फिजिक्समा डिग्री हासिल गरेका । त्रिभुवन विश्वविद्यालयबाट शिक्षा विषयमा स्नातकोत्तर गरेका । बुढानीलकण्ठमा २६ वर्ष शिक्षण गर्दै प्रिन्सिपलबाट अवकाश लिएका र हाल काठमाडौं वर्ल्ड स्कूलमा प्रिन्सिपलको जिम्मेवारी समालेका केशरबहादुर खुलालको जीवनी असल नागरिकका लागि प्रेरणादायी छ । उनको जन्म २०२७ सालमा तेह्रथुमस्थित छतरओर्खेमा भएको थियो । त्यो गाउँमा धनी परिवारले पनि आफ्ना उत्पादनले बढीमा ६ महिना मात्र पेटभरी खान पाउँथे । धेरै परिवारमा ३/४ महिनाको लागि मात्र पुग्ने अन्न खेतबारीमा उत्पादन हुन्थ्यो । बाँकी अवधि फर्सी, सखरखण्ड, फलफूल खान्थे । रासायनिक मल प्रयोग हुन थालेपछि उनीहरुको जीवनस्तर उकासिँदै गयो । तीन दिदी, एक दाइ, केशर कान्छो । बुबा धेरै जसो कामको लागि भारततिर जाने । आमा गृहिणी, छोराछोरीको लालनपालनमा खट्ने । परिवारका सबै सदस्य निरक्षर । ‘बुबाको सानिमाको छोरा प्राविको मास्टर । उहाँको छोरा मेरै उमेरको । उहाँले बुबालाई के भन्नुभएछ भने कान्छोलाई अक्षर चिनाउने भए म कहाँ पठाईदिनु । मेरो छोरालाई सँगै अक्षर चिनाउँछु’ खुलालले आफ्नो शिक्षाको प्रारम्भ सुनाउँदै भने ‘बुबाले मलाई पठाउनु भयो । त्यहि मैले काठको फल्याकमा माटोको धुलो राखेर क ख ग चिनेको, कोरेको । त्यहीको स्कूलमा हामी पढ्न जान थाल्यौँ । स्कूल जाँदा पाटी र रातो माटोको डल्लो बोकेर जानुपर्दथ्यो । सबैको चलन त्यही । आ-आफ्नो पाटी अगाडि राख्यो । माटोले क ख ग लेख्यो । त्यसरी चिनेको मैले अक्षर ।’ ६ महिनापछि खुलाल घर फर्के । त्यसपछि बुबाको सानिमाको छोराको घर जान मन लागेन । ‘कारण मलाई नै थाहा छैन’ उनले भने- ‘सायद केटाकेटीको लागि घर नै रमाइलो भयो होला ।’ उनी छिमेकी दाजुहरुको पछि लागेर घरबाट करिव एक घण्टा टाढा रहेको नवीन शिक्षा सदन, थाक्छामारामा पढ्न जान थाले । ५ महिना एक कक्षामा पढे । वार्षिक परीक्षा आयो । तर परीक्षा दिन पाएनन् । कारण बुबाले स्कूलमा नाम लेखाइदिनु भएको रहेनछ । ‘घरमा आएर कुरा गरेँ। भोलिपल्ट बुबा स्कूल गई एक जना शिक्षकलाई भनी नाम लेखाईदिनु भयो । बाँकी परीक्षा दिएँ । त्यही स्कूलमा नियमित पढ्न थाले’ खुलालले एकसरो आत्मकथा सुनाउँदै गए । त्यही क्रममा बुढानीलकण्ठ स्कूलबाट छात्रवृतिको लागि एक टोली विद्यार्थी छान्न तेह्रथुम पुग्यो । त्यतिबेला बुढानीलकण्ठ स्कूलले प्रत्येक वर्ष २५ जिल्लाबाट राम्रो पढाई भएका तर विपन्न परिवारका केटाकेटीलाई छात्रवृति दिएर विद्यार्थी छनौट गर्दथ्यो । ‘पढाई राम्रो थियो । कक्षामा प्रथम हुन्थेँ । शिक्षकहरुले मलाई छात्रवृतिको लागि जाँच दिन जान भन्नुभयो । म गएँ । जाँच दिएँ । फर्किएँ ।’ बालपना सुनाउँदै उनले भने-  ‘एक जना शिक्षकले मेरो घरको बारेमा सोधेर फर्म पनि भर्नु भएको थियो । सोधेको कुरा भनेको थिएँ । त्यहाँ के भइरहेको छ, मलाई थाहा थिएन ।’ त्यसको ५/६ महिनापछि बुबालाई आवा (टेलिग्राफ) आयो । त्यसको सन्देश थियो ‘छोरा छात्रावृतिको लागि सूचिमा परेको छ । जिल्ला शिक्षा अधिकारी र प्रमुख जिल्ला अधिकारीलाई भेट्न जानु ।’ ‘सीडीओलाई भेट्नु भनेपछि बुबा आत्तिनु भयो । तर गाउँमा भारतीय मुलकका एक शिक्षक हुनुहुन्थ्यो । त्यो क्षेत्रकै सबैभन्दा सम्मानित व्यक्ति । उहाँले बुबालाई सबै बताइदिनु भयो । छात्रवृति पायो भने छोरोले काठमाडौंमा पढ्न पाउँछ, पछि धेरै राम्रो हुन्छ भनेर बुझाउनु भयो’ अनविज्ञताको अवस्था सुनाउँदै उनले भने- ‘त्यतिबेलासम्म मलाई पनि काठमाडौं भनेको थाहा थिएन । बुबालाई पनि थाहा थिएन । त्यो गाउँबाट हाम्रो हेडमास्टर बाहेक कोही पनि काठमाडौं आउनु भएको रहेनछ ।’ बुबाले सीडीओ भेट्नु भयो । सीडीओले के कस्तो छ भनेर सोध्नु भएछ । ४ जना सर्टलिष्टमा छोराको नाम परेको, त्यसबाट पनि एक जना छनौट हुने कुरा जानकारी दिनुभएछ । बुबा घर फर्कनुभयो । त्यसको २ महिनापछि म छनौटमा परेको खबर आयो । ‘पढाईको हिसावले चारै जना राम्रो तर अति विपन्न परिवारको बच्चा भनेर मलाई छनौट गरिएको रहेछ’ पछि आफूले बुझेको कुरा खुलालले सुनाए । त्यसपछि गाउँमा उनको खुबै चर्चा भयो । ‘राजाले छानेको, राजाको स्कूलमा पढ्न पाउने भयो, यस्तै यस्तै ।’ ९ वर्षको उमेरमा नै उनी काठमाडौं आउने भए । काठमाडौंमा त जाने तर कसरी ? खुलालको परिवारलाई थाहा थिएन । हेडसरले दुई/तीन दिन हिँडेर धरान जानुपर्ने र धरानबाट बस चढेर काठमाडौं जानुपर्ने बताएका थिए । अब खर्च कसरी जुटाउने ? खुलालको परिवारमा अर्को समस्या उर्जागर भयो । फेरी हेडसरले बुढानीलकण्ठ स्कूलमा चिठ्ठी लेखिदिनुभयाे- ‘खर्चको समस्या भयो भनेर ।’ बुढानीलकण्ठ स्कूलले बाटो खर्च भनेर १०० रुपैयाँ टेलिग्राममार्फत पठायो । धरानबाट काठमाडौं आउन बस भाडा ७४ रुपैयाँ लाग्ने रहेछ । ‘मलाई आउन खर्च पुग्यो । बुबाको लागि आफैले जो गर्नुपर्यो’ घट्नाक्रम बताउँदै उनले भने- ‘आसामका आफन्तले आफ्ना छोराछोरीलाई छोटो भएपछि बुबालाई पठाइदिएका पुराना कपडा लगाएर म काठमाडौं आएको थिए ।’ ‘बुढानीलकण्ठमा मलाई जिम्मा लगाएर बुबा फर्कनु भयो । म ४ कक्षामा पढ्न थालेँ’ उनले भने- ‘त्यतिबेला राजाको छोरो बुढानीलकण्ठमा पढ्छन् भन्ने ठूलो चर्चा थियो । तर राजाको छोरा को हुन् मलाई थाहा थिएन । ३/४ महिनापछि मैले थाहा पाएँ, मेरो कक्षाको साथी दिपेन्द्र राजा विरेन्द्रको छोरा रहेछन् ।’ उनी आश्चर्यमा परे । ‘मैले राम्रो अवसर पाएको छु । राम्रो पढ्नुपर्छ । मेरो दिमागमा त्यति थियो ।’ उनी भन्छन्- ‘मैले अन्य अवसरहरु उपयोग गर्न जानिन । अहिले मेरा विद्याथीहरुलाई भन्छु, पढ्नु पर्छ, पढाईलाई प्राथमिकतामा राख्नुपर्छ । तर अरु अवसर पनि सदुपयोग गर्दै जानुपर्छ ।’ १० कक्षा पढ्दै गर्दा एसएलसी पछि ए-लेवल पढ्ने धोको पलायो । उनी पढाईमा अझ केन्द्रीत भए । एसएसलीको रिजल्ट आयो । केशर बहादुर खुलालले ७४ प्रतिशत अंक ल्याए । दिपेन्द्रको नम्बर ७२ प्रतिशत आयो । ‘दिपेन्द्र पढाईमा तगडा नै थिए । पढाइ बाहेक उनी अरुमा पनि तगडा थिए । उनको स्वभाव अरु विद्यार्थी जस्तै थियो । पढ्ने, खेल्ने, बद्मासी गर्ने ।’ उनले भने । उनले यति भनेपछि हाम्रो कुराकानी दिपेन्द्रतिर मोडियो । दिपेन्द्र कस्ता थिए ? दरवार हत्याकाण्डमा उनको संलग्नताको सम्भावना के हो ? दिपेन्द्रका प्रेमिका को हुन् ? दरवारले दिपेन्द्रको विवाह कोसँग गराउन चाहन्थ्यो ? प्रश्नहरु मनमा उब्जिए । कुराकानीको क्रममा खुलालले दिपेन्द्रलाई ‘ऊ, आउँथ्यो, भन्थ्यो, सुनाउँथ्याे’ जस्ता शुन्य आदरार्थी शब्द प्रयोग गरेका छन्, जसले उनीहरु बीचको तँ, ऊ लेवलको साथी सम्बन्धलाई संकेत गरेको छ । कक्षा ४ देखि एसएलसीसम्म सँगै पढेकाले त्याे स्वभाविक पनि हाे । ‘म बुढानीलकण्ठको टिचर भएर आएपछि पनि ऊ भेट्न आउथ्याे । उसलाई पनि म ठूलो मान्छे भन्ने सोच थिएन । दिपेन्द्र राज परिवारको पहिलो सदस्य हो जसले सर्वसाधारणसँग हात मिलाउने, अंकमाल गर्ने गर्दथे । हामी सबै बराबर भन्ने शिक्षा उसलाई बुढानीलकण्ठले दिएको हो’ दिपेन्द्रको आनीबानीबारे संक्षेपमा खुलालले टिप्पणी गरे । दिपेन्द्र र दिव्यानी सम्बन्ध  सहपाठीले युवराज दिपेन्द्र राम्रो मान्छे थिए भन्दै गर्दा १९ जेठ २०५८ को दरवारहत्याकाण्ड स्मरण गर्नै पर्यो । जहाँ दिपेन्द्रले गोली चलाएको सरकारी रिपोर्ट छ । खुलालले पत्याएका छन् त ? प्रश्न उठ्यो । ‘त्यतिबेला पनि मैले केही पत्रकारलाई अन्तरवार्ता दिएको थिएँ । त्यतिबेलादेखि अहिलेसम्म मेरो एउटै विचार छ । दिपेन्द्र साधारण मान्छे हो । उनी युवराज भएकोले हामीले धेरै अपेक्षा गर्नु अर्को पाटो भयो । मैले धेरै स्कूल र कलेजहरु भिजिट गरेँ, पढाएँ । सबै विद्यार्थीको उमेर, स्वभाव, गतिविधि उस्तै हुन्छ । ऊ पनि अरु जस्तै विद्यार्थी हो । एउटा विद्यार्थीले जस्तो बदमासी गर्दथ्यो, उसले पनि त्यस्तै गर्दथ्यो । ऊ भद्र भलाद्मी होइन । तर उसले गरेको बदमासी अरुलाई घात हुने प्रकृतिको पनि हुँदैनथ्यो । ऊ चञ्चले विद्यार्थी हो । १७/१८ वर्षको उमेरमा अरुले जे गर्छन्, दिपेन्द्रले पनि गर्ने त्यहि हो’ खुलाल बोल्दै गए । ‘तर म एउटा कुरा भन्छु । यदि दिपेन्द्र राजा भएको भए नेपालले जनतालाई बुझ्ने राजा पाउँथ्यो । त्यो हामीले गुमायौं’ उनले भने- ‘दिपेन्द्रलाई जनता बुझ्ने बनाउनु बुढानीलकण्ठको योगदान हो । तर उनी राजदरवारको संस्कारमा अभ्यस्त नहुनु पनि बुढानीलकण्ठको योगदान हो ।’ खुलालको अनुसार दरवारभित्रको विधि व्यवहारप्रति दिपेन्द्र असन्तुष्ट थिए । ‘दरवारमा त यस्तो गर्नुपर्छ, किन गर्नु परेको होला ? उसले प्रश्न गर्दथ्यो । ४०/५० वर्षका मान्छेहरु बसेका हुन्छन् । निर्णयको अपेक्षा मसँग गर्दछन् । मैले के निर्णय दिनसक्छु उनीहरुको लागि ? दिपेन्द्रले मसँग फ्रस्टेशनको कुरा गर्थ्याे । ऊ हामी जस्तै साधारण मान्छेको रुपमा प्रस्तुत हुन्थ्यो, युवराज जसरी होइन । उनले फेरी जोड दिए । ‘दिपेन्द्र राजा भएको भए, जनताको राजा हुन्थे । हामीले थाइल्याण्डको जस्तो प्यारो राजा पाउँथ्यौं ।’ युवराज दिपेन्द्र राजपरिवारसँग उसले परिवारको हत्या गर्यो वा गरेन त ? यो प्रश्नको विश्वासिलो जवाफ अब नआउने खुलालको विश्लेषण छ । दिपेन्द्रले हत्या गरेन भन्दा पनि एक थरिले पत्याउलान्, अर्को थरिले पत्याउँदैनन् । ‘गर्यो’ भन्दा पनि एकथरिले पत्याएका छन्, अर्काथरिले पत्याएका छैनन् । केशरबहादुर खुलालको निष्कर्ष छ- ‘उसले हत्या गर्ने सम्भावना पनि देख्छु, उसको नाममा अरुले हत्या गरेको त्यत्तिकै सम्भावना देख्छु ।’ दिपेन्द्रले हत्या गरेको सम्भावनाका आधार के छ ? खुलाल भन्छन्- ‘जे कारणले उसले गर्यो भनिएको छ नि, त्यो बारेमा उसको प्रश्न आईरहन्थ्यो । उसमा फ्रष्टेशन थियो । अरु सबैले आफूले छानेको बिहे गर्न पाउने, मैले किन नपाउने ? हामीसँग पनि उसले प्रश्न गर्थ्याे । दिव्यानीसँगको सम्बन्धको बारेमा दिपेन्द्रले कुरा गर्थे ? प्रेम सम्बन्ध कोट्याउने प्रश्न उठ्यो । ‘कुरा भाथ्यो । मसँग मात्र होइन, हामी साथीहरुसँग भाको थियो । ‘हैन अरु सबैले आफ्नो (श्रीमती) छान्न पाउने, मैले किन नपाउने ?’ उसको यो प्रश्न मलाई जायज लाग्छ, उसको एङ्गलबाट हेर्दा । तर हामीले हेर्दा ऊ त राजकुमार हो । ऊ राजाको छोरा हो । त्यसकारण उसले यसो गर्नुपर्छ, भन्छाैं । तर हामीले के बिर्सनु भएन भने ऊ पनि मान्छे हो, हाम्रा जस्तै उसको पनि चाहानाहरु हुन्छन् ।’ दरवारले दिपेन्द्रको विवाह कोसँग गराउन चाहेको थियो ? त्यसमा पनि रानी ऐश्वर्याले ?  दिपेन्द्रले साथीहसँग के कुरा गरेका थिए ? यो पनि सहपाठीलाई मौका पर्दा सोध्नै पर्याे । ‘मैले सुनेअनुसार ‘गरिमासँग’ । गरिमा राणाले मेरै जुनियर पारस सिंहसँग विवाह गरिन्। पारसपनि बुढानीलकण्ठ कै प्रडक्ट हो।  मैले सुनेअनुसार गरिमाले शुरू मै दरवारसँग सम्बन्ध जाेड्न चाहेकी पनि थिइनन् ।’ मानिसहरु राजा महेन्द्रले नाति पढाउन बुढानीलकण्ठ खोलेका थिए भन्छन् । उनले फरक प्रसंग उठाए । ‘तर मलाई त्यस्तो लाग्दैन । नजन्मेको नातिका लागि भोटो कसैले पनि सिलाउँदैन । दिपेन्द्र त आठौं व्याचका विद्यार्थी हो । नातिको लागि नै बनेको थियो भने अर्कै भिजनमा बन्थ्यो । जतिबेला नेपालमा जातिय भेदभाव ज्यादै थियो, आर्थिक, समाजिक विभेद व्यापक थिए । त्यतिबेला राजा महेन्द्रले बेलायतकी महारानीसँग यी सबै विभेद अन्त्य गर्ने खालको स्कूल मागे’ खुलालको बुझाई छ कि- ‘ठूला मान्छेलाई भनेर विभेदको अन्त्य हुँदैन । साना केटाकेटीहरुबाटै विभेदको अन्त्य गर्न बुढानीलकण्ठ स्कूल स्थापना भएको हो ।’ पहिलो व्याचदेखि नै धनीको छोरा छोरी र अति तन्नमको छोराछोरी सबैले बुढानीलकण्ठमा पढेका उनले बताए । सबै जातजातिका छोराछोरी त्यहाँ आए । जात थाहा नहोस् भनेर नै बुढानीलकण्ठमा पहिलो नामले बोलाइन्थ्यो । नाम जुधेको अवस्थामा रोल नम्बरले छुट्याइन्थ्यो । आर्थिक हैसियत फरक नदेखियोस् भनेर उठ्दा देखि सुत्दासम्म एउटै ड्रेस लगाइन्थ्यो । राजाको छोरा दिपेन्द्रले पनि हामीले जस्तै लुगा लगाए । एउटै भान्छामा खाए । त्यही काठको कडा खाटमा कपासको डसनामा सुते । राजाको छोराको थर पनि खुलाइएन । ८३२ दिपेन्द्र, ८०४ केशर । स्कूलको पहिचान यत्ति हो । अहिले पनि यहि व्यवस्था छ । त्यहि भएर त ऊ राजाको छोरा रहेछ भनेर थाहा पाउन पनि धेरै महिना लाग्यो । दीपेन्द्र र केशर सामूहिक फाेटाेमा उनले फेरी महेन्द्रको तारिफ गरे ‘महेन्द्रले जति दुरगामी सोच र योजनाका साथ काम गरे, त्यसरी काम अहिले पनि भएको छैन ।’ बेलायतकाे यूनिभर्सिटी टपर फेरी हामी केशरको पढाईमा जाऔं । उनले बुढानीलकण्ठमा ए-लेवल पनि पढ्ने मौका पाए । त्यहि बेला बेलायत सरकारले बुढानीलकण्ठ स्कूल नेपाल सरकारलाई हस्तान्तरण गर्ने नीति लियो । बुढानीलकण्ठकाे लागि आवश्यक जनशक्ति नेपाल भित्रै तयार गर्ने व्रिटिस सरकारको प्रस्ताव राजदरबार र व्रिटिस काउन्सिलबाट स्वीकृत भएपछि नेपालमा पहिलो पटक ए-लेवलको पढाई शुरु भएको रहेछ । ए-लेवलमा टप फोरमा परेकालाई बेलायत सरकारको स्कलरशिपमा बेलायतमै व्याचलर पढाउने, टिचर्स ट्रेनिङ गराउने नीति थियो । बेलायत पढ्न जानुपूर्व फर्केपछि कम्तिमा ५ वर्ष बुढानीलकण्ठमा पढाउनै पर्ने सर्त मान्नुपर्दथ्यो । त्यतिबेला बीएससी गर्नु भनेको ठूलो कुरा थियो । मास्टर गर्नु पर्दैन थियो । स्कलरशिपमा बेलायत पढ्न जाने र फर्केर बुढानीलकण्ठमा पढाउनेतर्फ केशरको ध्यान केन्द्रीत भयो । ए-लेवलमा टप फोरमा पर्ने ध्ययसहित पढाईमा केन्द्रीत भए । ‘म्याथ त मैले बुझेर नै पढेको हो । फिजिक्स त पुरै घोकेर पढेको’ उनले भने- ‘रिजल्ट ठिकै आयो । म ७औं नम्बरमा परेँ ।’ स्कलरशिप टप फोरमा पर्ने ४ जनाले पाउने । उनी सातौंमा परे । चाहे जस्तो भएन । उनी एक वर्ष खाली बस्नुपर्ने भएको थियो । तर बुढानीलकण्ठमा भोलुन्टर टिचरको रुपमा पढाउने मौका पाए । ए-लेवलको परीक्षा दिएपछि नतिजा नआउँदासम्म सबै विद्यार्थीे विभिन्न देशका अब्बल कलेजहरुमा स्कलरशिपको लागि एप्लाई गरे । ‘ए-लेवलको टपरले क्यामव्रिज यूनिभर्सीटिमा स्कलरशिप पाए । म भन्दा अगाडिका अरु दुई जनामा पनि एक जना हार्डवर्ड र एक जना एमआईटी पुगे ।’ उनले भने- ‘अब म बेलायतको स्कलरशिपमा पढ्न पाउने भएँ ।’ केशरबहादुर खुलाल बेलायतमा गएर फिजिक्स पढ्न थाले । ‘जिन्दगीमा म पहिलो पटक ढुक्क भएँ । अब व्याचलर डिग्री पास गरि हालिन्छ । फर्केपछि बुढानीलकण्ठमा जागिर पक्का भईहाल्यो’, केशरले भने- ‘अर्को कुरा पनि त्यतिबेलै कन्फर्म गरेको हुँ, अब म जिन्दगीभर टिचर । किनकी ३ वर्ष व्याचलर पढ्ने । त्यसपछि एक वर्ष टिचर्स ट्रेनिङ लिने । त्यसपछि बुढानीलकण्ठमा ५ वर्ष टिचिङ गरेपछि अरु केही गरिँदैन ।’ बेलायत पढ्न थालेपछि उनलाई मनमा केही डर पलायो । कक्षामा उनी एक्लो विदेशी । उनी प्रति सबै टिचरहरुको एटेन्सन भयो । ‘फस्ट टर्ममा मैले ठिकै नम्बर पाएँ तर वार्षिक परिक्षामा म यूनिभर्सिटी टपर भएँ’, खुलाल भन्छन्- ‘त्यसपछि मलाई सबैले चिन्ने नै भए । बडाे खुशीका साथ पढाई सकियो । तीनै वर्ष म यूनिभर्सिटी टपर भएँ ।’ बेलायत पढ्दा हिउँमा केशर ‘विश्वविद्यालयको टपर थिएँ । मैले बेलायत वा अरु कुनै पनि देशमा अवसरहरु पाउन सक्थेँ । तर म आफ्नो प्रतिवद्धतामा अडिक हुने मान्छे । मैले ५ वर्ष बुढानीलकण्ठमा पढाउने प्रतिवद्धता लिखित रुपमा नै शिक्षा मन्त्रालयमा गरेको थिएँ । त्यसैले दायाँबाँयाँ सोचिन ।’ त्यसपछि एलेवलमा कसरी पढाउने भनेर एक वर्ष टिचर्स ट्रेनिङ लिएर उनी नेपाल फर्किए । फिजिक्स पढाउन थालेँ । साधारण टिचर्सबाट प्रमोशन हुँदै हुँदै प्रिन्सिपल भए । ‘प्रिन्सिपल पनि म खुला प्रतिस्पर्धाबाट भएको हुँ । प्रोफेशर डा. सुरेशराज शर्मा छनौट समितिको अध्यक्ष हुनुहुन्थ्यो’ उनले भने- ‘बुढानीलकण्ठमा २६ वर्ष पढाएँ । अन्तिम समयसम्म पनि मैले फिजिक्स नै पढाएँ ।’ पाठ्यक्रम निर्धारण समिति, परीक्षा नियन्त्रण कार्यालय लगायत शिक्षा क्षेत्रका विभिन्न निकायले उनलाई पटक पटक जिम्मेवारी पनि दिँदै आएको छ । ‘मलाई राष्ट्रले यो ठाउँमा ल्यायो । मैले सकेको राष्ट्रलाई सहयोग गर्नुपर्छ’ उनले भने । ‘मसँगै पढेका धेरै साथीहरु विदेशमै बसे । हामी थोरै मात्र नेपालमा छौं’ उनले भने- ‘मलाई लाग्छ राष्ट्रले म माथि लगाएको ऋण तिरेँ । अब आफूखुसी काम गर्न चाहान्छु ।’ उनी काठमाडौं आएको ४१ वर्ष भयो । पढाउन थालेको २७ वर्ष भयो । ‘संसारका धेरै देश घुमियो । धेरै कुरा देखियो, सिकियो । मान्छेलाई जति भएपनि पुग्ने रहेनछ’ उनले भने–‘मैले त अहिलेसम्म घर बनाउन पनि सकेको छैन । कहि न कहि व्यवस्था भएको छ । सरल तरिकाले बाँच्न पुगे भयो ।’ छोरी भारतमा ब्याच्लर पढ्दै छिन् । छोराले गत वर्ष ए-लेवल सकेका छन् । अहिले नर्थ वेष्टर्न यूनिभर्सिटीमा फूलस्कलशिप पाएर अमेरिका जाने तयारीमा छन् । ‘छोराछोरीको पढाई राम्रो छ । उनीहरु विस्तारै सेटल हुँदैछन् । श्रीमती जब गर्छिन् ।’ उनले परिवारिक जीवनबारे खुलाउँदै भने- ‘सपना ठूलो छैन । सानो परिवार, खुसी परिवार ।’ २६ वर्ष पढाएको । बुढानीलकण्ठकाे जागिर । प्रिन्सिपलबाट अवकाश लिएको । काठमाडौंमा घर बनाएको छैन भन्दा केही जिज्ञासा राख्नै पर्यो । किन र कसरी ? उनी खुल्दै गए । ‘बुढानीलकण्ठको टिचरलाई बस्न, खान, छोराछोरीलाई पढाउन सुविधा हुन्छ । हातमा पैसा धेरै आउँदैन’ उनले भने- ‘जति पैसा आउँछ, अलिअलि आफ्ना खर्च हुन्छन्, अलि अलि  घरमा खर्च हुन्छ । पहिलो कमाई बुबाआमाको ऋण तिर्नमा गयो । परिवारमा सानो तिनो सहयोग गर्दा मेरो कमाई सकिन्थ्यो । बुबालाई तराई झर्ने रहर भयो । अढाई कठ्ठा जग्गा किनेर सानो घर बनाई दिएँ । दाई निरक्षर हुनुहुन्छ । उहाँ पहाडमै हुनुहुन्छ । उहाँको लागि पनि मैले केही गर्न सकेको छैन । मैले राष्ट्रको लागि जति गरे, आफ्नाजनको लागि केही गर्न सकेको छैन ।’ ‘सम्पत्तिको नाममा  ६ आना जग्गा जोडेको छु । घर बनाएको छैन ।’ बैंक व्यालेन्स नि ? ‘छैन । नेगेटिभ छ । छोराछोरीको पढाईमा खर्च भयो ।’ ‘छोरो छोरीको पढाईमा अब खर्च हुँदैन । बुढानीलकण्ठमा भन्दा यहाँको कमाई अलि बढी पनि छ । अब बचत हुन्छ होला’ उनी भविष्यमा घर बनाउन सकिन्छ कि भन्ने आँटमा पुगेका छन् । जीवनको एक पाना उतारेपछि खुलालसँग अर्को प्रश्न साेधियो, ‘जीवन के हो ?’ ‘बढो गाह्रो प्रश्न’ उनले भने- ‘म दार्शनिक होइन । बाँच्ने कसरी ? के मा सन्तुष्ट हुने त्यसमा भर पर्छ ।’ ‘म भविष्यमा यसो गर्छु भनेर योजना बुन्ने मान्छे पनि होइन । जे आउँछ, त्यो गर्दै जाने । त्यसैले पनि म कतिपय ठाउँमा पछाडि परे कि जस्तो लाग्छ । दोस्रो, सानै देखि म सिद्धान्तमा हिड्ने मान्छे परे । त्यसले कतिपय ठाउँमा फाइदा गरेको छ । कतिपय ठाउँमा धोका पनि भएको छ ।’ ‘म पब्लिक रिलेशनमा कमजोर छु । भोलि यो मान्छे मलाई चाहिन्छ भनेर आजैदेखि भूमिका बाँध्ने काम म जान्दिन । त्यसले मलाई धेरै ठाउँमा धोका दिएको छ । तर मलाई पश्चाताप छैन’ उनी भन्छन्- दोस्रो, इमान्दार बन्नैपर्छ । जेमा पनि नढाँटी काम गर्नुपर्छ । घुम्दैफिर्दै एकदिन आउँछ ।’ सिद्धान्त आफैमा धेरै माझिएर, खारिएर आएको हुन्छ । सिद्धान्तमा नहिड्दा धोका पाउनेहरु धेरै छन् तर सिद्धान्तमै हिँडेकोले धोका कसरी भयो प्रिन्सिपल केशर बहादुर खुलाललाई ? प्रश्न स्वभाविक रुपमा उठ्छ । ‘सिद्धान्तमा हिड्नुपर्छ भन्नेमा म अडिक छु । बुढानीलकण्ठले हामीलाई त्यहि शिक्षा दियो । तर बुढानीलकण्ठमा पढेको विद्यार्थी बेलायत वा युरोपमा वा विधि र पद्धतिमा चलेको समाजमा सजिलै एडजस्ट हुन्छन् । तर नेपालमा हुँदैनन्’ उनले समाजको विकासको अवस्था र यहाँको प्रणालीमा खोट रहेको संकेत गर्दै भने । उनले भने- ‘मेरो समकक्षी वा मैले पढाएको विद्यार्थी सबैको एउटा निष्कर्ष छ कि अरु स्कूलमा पढेका विद्यार्थीलाई विदेशमा कल्चरल सक् हुन्छ, बुढानीलकण्ठमा पढेको विद्यार्थीका लागि नेपालमा कल्चरल सक् हुन्छ । त्यो मलाई पनि भएको छ । नेपालमा कसरी काम गर्नुपर्छ र कसरी काम गराउनुपर्छ भनेर सिक्न आफूलाई धेरै गाह्रो भएको अनुभव उनले सुनाए । ‘सहि काम गर, मिहिनेत गरे, त्यसको नतिजा राम्रो आउँछ, बुढानीलकण्ठमा हामीले सिक्यौं । तर नेपालमा यो लागू हुँदैन’ उनले निष्कर्ष सुनाउँदै भने- ‘नेपालमा चट्याइ, फट्याइ चल्छ, जान्नुपर्छ । बुढानीलकण्ठमा जे पढ्नुभयो र पढाउनु भयो, काठमाडौं वर्ल्ड स्कूलमा त्यहि पठाउनु हुन्छ कि चट्याइ, फट्याई ? प्रश्न उठायौं । ‘अहिले आएर जीवनमा जे जति सिकेँ त्यसको आधारमा म दुई कुरा पढाउँछु, एउटा फिजिक्स, जुन बुढानीलकण्ठमा जे पढाउँथे, त्यही पढाउँछु । दोस्रो, जीवनका कुरा पढाउँदा २६ वर्षमा जे सिकेँ, त्यो मिसाएर पढाउँछु । पत्रकार सुवास घिमिरे, विवेकशिल साझा पार्टीका उज्जवल थापा, त्रिभुवन विश्वविद्यालयमा प्रध्यापन पेशा समेत गर्दै पोखरामा जलमहल होटल खोलेका दिनेश प्रसाई, डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्य, चिकित्सक डा ज्ञानु आचार्य, डा गोपाल सापकोटा लगायत उनका विद्यार्थीहरु देशविदेशमा राम्रो स्थानमा पुगेका छन् । प्रधानमन्त्रीसँग टक्कर बुढानीलकण्ठमा उनले जसरी पढ्ने मौका पाए, अरुको लागि त्यो मौका छ ? वा ठूलाबडाको हालिमुहाली ? उनीसँग अन्तिम प्रश्न गर्यौं । ‘बुढानीलकण्ठ राष्ट्रको सम्पत्ति हो । त्यसमा प्रधानमन्त्रीदेखि सामान्य नागरिकको हक बराबर छ’ उनले भने । ‘६ वर्ष म बुढानीलकण्ठको प्रिन्सिपल भए । त्यस अवधिमा कसैको भनसुन वा लोभ प्रलोभनमा पारेर विद्यार्थी भर्ना गराए भनेर कसैले एक जना पनि मेरो अगाडि उभ्याउन सक्दैन । यो मेरो च्यालेन्ज हो’ उनी जोशिए । पहुँचवालासँग ६ वर्षसम्म संघर्ष गरेको उनले बताए । ‘एक दिन तत्कालिन प्रधानमन्त्रीले मलाई फोन गरेर उहाँको विद्यार्थी भर्ना गर्न भन्नुभयो । मैले सिधै भने, ‘प्रधानमन्त्रीज्यू, मैले हजूरबाट यस्तो आशा गरेको थिइन । मैले त ‘तपाईं बुढानीलकण्ठको प्रिन्सिपल हुनुहुन्छ, यो राष्ट्रको धरोहर हो । यसलाई जोगाउन नियम, नीतिमा चल्नु है भनेर भन्नुहुन्छ भनेर आशा गरेको थिए । मैले ठाडै भने । प्रधानमन्त्रीको नाम नभनौं । मन्त्रीहरु त कतिसँग झगडा गरियो, गरियो । मलाई बुढानीलकण्ठको त्यो कुर्सीमा बस्दासम्म गाह्रो भयो । तर अहिले मलाई गर्व लाग्छ मेरो आफ्नो कामप्रति ।’ ‘मन्त्री वा प्रधानमन्त्री हुने बित्तिकै यो राष्ट्रका राम्रा चिजविज सबै उनीहरुको हुनुपर्ने ? त्यो उसको अधिकार हो ?’ आम मानिसले जस्तै उनले प्रश्न गरे । ‘उहाँले भनेको व्यक्तिलाई भर्ना गरिदिनु भनेको त आवाज नभएको व्यक्तिको अवसर खोसिनु हो नि ? म काठमाडाैं वर्ल्ड स्कूलमा त्यो भन्दिन । यहाँ यहाँका लगानीकर्ताले भनेका व्यक्ति सजिलै भर्ना हुन सक्छन् । तर बुढानीलकण्ठमा त्यस्तो अधिकार कसैलाई पनि छैन । यस्तो सिद्धान्त बोकेपछि नेपाल जस्तो देशमा गाह्रो हुन्छ, विदेशमा त्यस्तो हुँदैन ।’ सिद्धान्त र व्यवहारमा उनी प्रष्ट देखिए ।

जीवन बीमामा अभिकर्ता किन राख्ने ?

काठमाडौं । सामान्यतः तपाईंले अभिकर्तामार्फत २० वर्ष अवधिको २० लाख रुपैयाँ बराबरको जीवन बीमा गर्नुभयो पहिलो दुई वर्षमै अभिकर्ताले ५० हजार रुपैयाँ कमिसन पाउँछ । त्यसपछिका ८ वर्षसम्म अभिकर्ताले वार्षिक ५ हजार रुपैयाँका दरले ४० हजार रुपैयाँ पाउँछ । किनभने जीवन बीमामा अभिकर्ताले पहिलो २ वर्ष २५ प्रतिशत र त्यसपछिको ८ वर्षसम्म वार्षिक ५ प्रतिशतका दरले कमिसन पाउँछ । तपाईंले बीमा गराएको १० वर्षभित्रमा अभिकर्ताले ९० हजार रुपैयाँ पाइसकेको हुन्छ । त्यसपछिको १० वर्षसम्म अभिकर्ताले केही पाउँदैन । तपाईं आफै कुनै बीमा कम्पनीको कार्यालयमा छिर्नुभयो र जीवन बीमा गराउनु भयो भने पनि तपाईंले २० वर्षसम्म वार्षिक १ लाख रुपैयाँका दरले नै बीमाशुल्क तिर्ने हो । फरक के हुन्छ भने अभिकर्ताले पाउने ९० हजार रुपैयाँ तपाईंले केही गरी पाउनु हुन्न । कम्पनीलाई फाइदा हुन्छ । यति तथ्य थाहा पाएपछि तपाईंको मनमा अभिकर्ताले पाउने कमिसन आफै गएर बीमा गराउँदा छुट पाउने व्यवस्था किन नभएको होला भनेर प्रश्न उठ्दैन ? जीवन बीमामा अभिकर्ता प्रणाली नै हटाएर सिधै बीमा गर्न पाइने र त्यसको सुविधा बीमा गर्ने व्यक्ति (बिमित) र कम्पनी (बिमक) ले लिए हुदैन ? बीमा क्षेत्रका सरोकारवाला अभिकर्ताबिना जीवन बीमाको चक्र नै नचल्ने बताउँछन् । र, यो पनि भन्न छुटाउँदैनन् कि बीमा भनेको सबै मानिसका लागि अत्यावश्यक विषय हो । जीवन बीमा सबैका लागि अत्यावश्यक कुरा हो भने यसको महत्व मात्रै बुझाए हुँदैन ? जसरी घरमा, आफन्तकोमा वा आफूले विश्वास गरेको व्यक्तिको साटो बैंक तथा वित्तीय संस्थामा पैसा राख्नु उपयुुक्त हुन्छ भनेर बैंक तथा वित्तीय संस्थामा रकम राखिन्छ, त्यसैगरी बीमा पनि आवश्यक कुरा हो भन्ने बोध गराउन सके अभिकर्ताले बीमा गराउन सक्षम देखिएको व्यक्तिलाई बीमा गराऊँ भनेर दिनरात ‘हैरान’ पारिरहनु पर्ला र ? संस्थागत अभिकर्ताः विकृतिको अर्काे संरचना बैंकको सेवा स्तरीय छ, नेटवर्क प्रभावकारी छ भन्दै बैंकलाई सेयर ब्रोकरको लाइसेन्स दिने प्रक्रिया संसदीय समिति हुदै नियामकीय कार्यक्षेत्रमा आइपुगेको छ । बलियो र प्रभावकारी नियामक निकाय नेपाल राष्ट्र बैंकको नियमन दायराभित्रका बैंक तथा वित्तीय संस्थाहरुले गरेका काममा खोट देखिदैन भन्ने मान्यताले लगानीकर्ताबाट बैंकलाई सेयर ब्रोकरको अनुमति माग भएको थियो । तर, बैंक तथा वित्तीय संस्थालाई बीमा अभिकर्ता बनाउने प्रयासको भने सुखद अनुभूति छैन । बैंक तथा वित्तीय संस्थाले गरेको जीवन बीमामध्ये ६० प्रतिशत व्यतित (फेल) भएको छ । आर्थिक वर्ष २०७५/७६ र २०७४/७५ मा बैंकहरुले जीवन बीमा गराई करिव २ अर्ब ८० करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए । त्यसमध्ये ६० प्रतिशत ल्याप्सेस (व्यतित) भएको बीमा कम्पनीहरुको भनाई छ । ‘बैंक तथा वित्तीय संस्थाले गराएको बीमामध्ये ६० प्रतिशत बीमितले दोस्रो वर्ष बीमा किस्ता तिर्न आएनन् दोस्रो वर्ष बीमा शुल्क नतिरेपछि त्यो बीमा लेख खारेज हुन्छ,’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने । ६० प्रतिशत जीवन बीमा पोलिसी व्यतित हुँदा बीमितको १ अर्ब ६८ करोड रुपैयाँ गुमेको छ । यसको २५ प्रतिशत बैंकले कमिशनको रुपमा खाएका हुन्छन् भने ७५ प्रतिशत बीमा कम्पनीको पोल्टामा जान्छ । जीवन बीमा पोलिसी खरिद गरेपछि बीमितले कम्तिमा दुई वर्षको बीमा शुल्क नबुझाएमा त्यो पोलिसी व्यतित हुन्छ । अर्थात, बीमकलाई बुझाएको सबै बीमा शुल्कमा बिमितको अधिकार गुम्छ । ‘ल्याप्सेस बढ्दा कम्पनीको आम्दानी बढ्छ, इज्जत गुम्छ’ यसरी बीमा पोलिसी व्यतित हुँदा बिमितलाई सोझै नोक्सान हुने तर बीमा कम्पनीहरुलाई पनि फाइदा नहुने प्राइम लाइफ इन्स्योेरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराई बताउँछन् । ‘हामीले जे काम गर्छाैं, त्यसमा नाफा मात्रा खोजेर हुन्न, इज्जत पनि हुनुपर्छ, जति बढी बीमा पोलिसी व्यतित हुन्छ, त्यति नै बीमा गर्ने गराउनेको बद्नामी पनि बढ्छ,’ प्रमुख कार्यकारी अधिकृत भट्टराईले भने । बीमा पोलिसी व्यतितको संख्या बढेपछि बीमाङ्कीय मूल्याङ्कनमा बीमा महँगो देखिने र त्यसले बीमाको बोनस दर घटाउने यूनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण बताउँछन् । बैंकहरुले आफ्ना ग्राहकलाई बीमाको महत्व नबुझाई बलपूर्वक बीमा गराउँदा सर्वसाधारणलाई धेरै मर्का परेको भन्दै नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकास्योरेन्स बन्द गरेको थियो । बीमा अभिकर्ता संघ नेपालले चालु आर्थिक वर्षको मौद्रिक नीतिको लागि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुझाएको सुझाव पत्रमा बैंकहरुले बीमा गराउँदा गम्भिर त्रुटी गरेको औल्याएका छन् । बैंकहरुले बीमा सित्तैमा भनेर विज्ञापन गरेको, निक्षेपकर्ताको खातामा रहेको पैसा हेरेर निक्षेपकर्तालाई बोलाएर बीमा गर्न लगाउने गरेको, ऋण स्वीकृत गर्नुपूर्व ग्राहकलाई जीवन बीमा गराउन बाध्य पारेको, बैंकका कर्मचारीले बीमाको प्राविधिक पक्ष नबुझी झूटा आश्वासन दिएर ग्राहकलाई बीमा गराएको बीमा अधिकर्ता संघको ज्ञापन पत्रमा उल्लेख छ । यसरी सर्वसाधारणलाई बाध्य पारेर बीमा गराउने अभ्यासले बीमा बजारमा बद्नाम भएको, बीमा पोलिसी व्यतित हुने क्रम बढेको, बीमा महँगो हुँदै गएको, बीमाप्रति सर्बसाधरणमा विश्वास गुम्दै गएको संघको तर्क छ । अनि संस्थागत हटाएर व्यक्तिगतमा जोड संस्थागत (खासगरी बैंक तथा वित्तीय संस्था) अभिकर्तामा विकृति देखिएपछि फेरि व्यक्तिगत अभिकर्तामा नै जोड दिन थालिएको छ । बीमा क्षेत्रको नियामक निकाय समिति पनि बीमाको पहुँच बढाउन अभिकर्ताहरुकोे भुमिका महत्वपूर्ण रहने बताउँदै आएको छ । बीमा व्यवसायमा अभिकर्ताको भूमिका महत्वपूर्ण मानिदै आएको छ । बिमितलाई बीमा के हो ? भनेर बुझाउनेदेखि दाबी भुक्तानीसम्ममा अभिकर्ताले सहजीकरण गर्ने गर्ने गरेका छन् । बीमा गराए बापत अभिकर्ताले कसिमन रकम प्राप्त गर्छन् । अभिकर्ता बीना बिमित आफैले बीमा गर्न सकेमा अभिकर्तालाई तिर्ने कमिसन जोगिन सक्थ्यो । यसरी अभिकर्तालाई तिर्ने शुल्क जोगाउन सके सो शुल्क बिमितले तिर्ने बीमाशुल्कमा सहुलियत हुनपुग्थ्यो । कुनै कोणबाट हेर्दा अभिकर्ताको भुमिका अपरिहार्य हुन्छ भने कुनै कोणबाट हेर्दा अभिकर्ता बीना नै बीमा सम्भव हुनेपनि देखिन्छ । परम्परागत रुपमा बीमा गर्दा अभिकर्ताबिना बीमा नुहने देखिन्छ । तर बीमा व्यवसायलाई नयाँ अभ्यासको रुपमा अभिकर्ताबिना नै बीमा हुने व्यवस्था नै गर्न नसकिने भने होइन । अभिकर्ताहरुले फ्रन्ट लाइनमा बसेर बीमा गराउने काम गर्छन् । तर कतिपय अवस्थामा अभिकर्ताले बीमा गराउने नाममा व्यक्तिहरुलाई अत्याधिक फलो गर्दा बीमाप्रति नै सर्वसाधारणको नकारात्मक धारणा बनेका उदाहरण पनि छन् । अहिलेसम्मको अवस्था हेर्ने हो भने बीमा गर्नु आफ्नो र परिवारको आर्थिक जोखिमको रक्षावरण तथा फोर्सफूल बचतभन्दा पनि अभिकर्ताको लागि गर्ने कुरा हो भन्ने धारणा धेरैमा स्थापित भएको छ । बीमा क्षेत्रमा अभिकर्ताको आफ्नै महत्व रहेको छ । तरपनि बीमा गर्ने चाहना व्यक्तीहरुमा कतिको छ भन्ने कुरा थाहा पाउन नसक्नु अभिकर्ताको कमजोरी पनि हो । बीमा गर्दा अभिकर्ताबाट अपनाइने केही अभ्यासका कारण पूरा उद्योग नै बदनाम हुने स्थिति समेत उत्पन्न भएको छ । तर बीमा क्षेत्रका सरोकार निकायहरुले बीमाको स्वच्छ बजार निर्माणलाई सधै प्राथमिकतामा राख्न ध्यान दिने हो । यस्तै, बीमाशुल्कमा केही सहुलियत दिन सकेमा बीमाको दायरा समेत थप वृद्धी हुनसक्छ । सोही कारण बीमा कम्पनीहरुले अभिकर्ताबिनाको बीमा बजारको अभ्यास गर्दा बजारलाई राम्रो हुने एक किसिमको आँकलन समेत हुने गरेको छ । तर अन्तर्राष्ट्रय संजालसमेत भएका बीमा अभिकर्ताहरु सो कुरा भने स्विकार गर्न मान्दैनन् । मिलियन डलर राउण्ड टेवल (एमडीआरटी) अभिकर्ताहरुको अन्तराष्ट्र्रिय संगठन हो । बीमा कम्पनीमा सक्रिय रहेर दिए अनुसारको व्यवसाय भित्र्याउदा अभिकर्ताहरु एमडीआरटीको सदस्य बन्नेदेखि सम्मानित हुनेसम्मका अवसरहरु पाउँछन् । यस्ता अभिकर्तासँग सम्बन्धित संस्था, संगठन धेरै छन् । सो संस्थाहरुको आफ्नै महत्व रहदै आएको छ । अभिकर्ताको कमिशन विश्वव्यापी उस्तै बीमा गरे बापत अभिकर्ताहरुले कमिशसन पाउने गर्छन् । अभिकर्ताबिना नै बीमा गर्न सकिएमा अभिकर्ताले पाउने कमिशनलाई बीमाशुल्कमा राहातको रुपमा प्रयोग गर्न सकिन्छ भने एउटा तर्क होे । तर अभिकर्ताले बीमा गराउँदा कमिसन पाउनु अपरिहार्य हो भन्ने विश्वव्यापी मान्यता पनि हो । किनभने नेपालमा बीमा अभिकर्ता बनेको व्यक्ती अन्र्तराष्ट्रिय रुपमा समेत सोही पेशा अगाल्न सक्छ । बीमाको सिद्धान्त अन्तर्राष्ट्रिय रुपमा नै समान हुने भएकाले अभिकर्ताहरुले विश्वको जुनसुकै कसैको बीमा गराएमा त्यसबापत कमिसन पाउँछन् । के भन्छ पेशागत अभिकर्ता महासंघ ? अभिकर्ता महासंघले अभिकर्ताबिना नै बीमा गर्न सम्भव भएपनि सो कुरा नेपालमा लागू गर्न नसकिने बताएको छ । बीमाको अन्तर्राष्ट्रिय महत्व छ । सो कुुरा बिमितहरुले बुझ्न आवश्यक हुन्छ । बिमितलाई बीमा के हो भनेर बुझाउनेदेखि दाबी भुक्तानीको बेलामा सघाउने काम अभिकर्ताहरुले गरेका हुन्छन् । सोही कारण बीमा क्षेत्रमा अभिकर्ताको महत्व धेरै हुने भएकाले अभिकर्ताहरु हटाएर बीमा गराउन नसकिने अभिकर्ता महासंघको दाबी छ । तत्कालका लागि बीमा गर्न सक्रिय नेपाली जनताको जनसंख्या ५ प्रतिशत रहेको अभिकर्ताहरु बताउँछन् । सोही कारण बीमा गराउन कर–बलले बजर्जस्ती बिक्री गर्नु पर्ने अवस्थामा रहेको छ । कुनै पनि व्यक्तिले स्वइच्छाले जीवन बीमा नगर्ने अभिकर्ता र कम्पनीहरु बताउछन् । अभिकर्ता चाहिन्छः बीमा समिति अन्तर्राष्ट्रिय रुपमा हर्ने हो भने अभिकर्ताबिना नै बीमा सम्भव हुने गर्छ । तर यसरी बीमा सम्भव हुने भनेको निर्जीवन बीमा व्यवसायमा हो । जीवन बीमाको हकमा हेर्ने हो भने विश्वव्यापी रुपमा जहाँपनि अभिकर्ता राख्ने चलन छ । यसरी अभिकर्ता राख्नुको कारण भनेको बीमा क्षेत्रमा अभिकर्ताले खेल्ने बजारीकरणको भूमिकाले गर्दा हो । महत्वपूर्ण भूमिका हुने भएकाले बीमा बजारमा अभिकर्ता अपरिहार्य रहेको सरोकारवाला बताउँछन् । यद्यपि, बीमा अभिकर्ता किन चाहियो भन्ने प्रश्न उठेकोप्रति बीमा क्षेत्रको नियामक निकाय बीमा समिति पनि बेखबर भने छैन । अभिकर्ता बीना नै बीमा गर्छु भन्नु एक किसिमले सफल नहुने बीमा समितिको भनाइ छ । सर्वसाधारणले अभिकर्ताहरुबाट कतिपय अवस्थामा नचाहिदा आवश्वासन पाउँने गरेको गुनासो समेत गर्छन् । बीमा समिति भने दक्ष अभिकर्ता आजको आवश्यकता भएकाले त्यसको लागि काम गरिरहेको बताउँछ । प्रत्येक्ष बीमा गराउने र यसमा अझ प्रविधिको प्रयोग गरेर जीवन बीमा व्यवसायलाई पूर्ण डिजिटल गराउनु पर्ने माग पनि उठेको छ । तर, डिजिटल्ली नै बीमा गरेर दाबी भुक्तानीसम्म डिजिटल बनाउन अहिलेकै अवस्थामा गाह्रो पर्ने भएकाले अभिकर्ताको आवश्यकता पर्ने बीमा समिति बताउछ । लाइसेन्समा कार्टेलिङ गर्ने अभिकर्ताको प्रयास अभिकर्ताहरुले बीमा क्षेत्रमा आफूहरुले पाउने लाइसेन्स प्रक्रियामा केही सुधार गर्न आवश्यक रहेको बताएका छन् । उनीहरुको माग भनेको अभिकर्ता लाइसेन्समा कडाइ हो । जसलाई पायो, त्यसलाई भन्दापनि केही सिमित रुपमा अभिकर्ताको लाइसेन्स बाढ्दा राम्रो हुने अभिकर्ताहरुको धारणा छ । तर बीमा समितिले भने प्रवेशिका परिक्षा (एसएलसी) पास भएको व्यक्ति बीमा अभिकर्ता बन्न सक्ने कानुन िव्यवस्था भएकाले यसमा कडाई गर्न नमिल्ने बताउँछ । अभिकर्ताको संख्यामा किन प्रतिस्पर्धा ? केही वर्ष अघि संचालनमा आएका बीमा कम्पनीहरु पनि मेरो यति हजार अभिकर्ता भए भन्दै आफ्नो सफलताको सुचकका रुपमा अभिकर्ताको संख्यालाई पनि लिन्छन् । अभिकर्ता धेरै भयो भने बढी व्यवसाय आउने भएकोले उनीहरुको ध्यान अभिकर्ताको संख्यामा गएको हो । तर, अहिलेको समय भनेको संख्या मात्र हेर्ने भन्दापनि गुणस्तर हेर्न आवश्यक रहेको समिति बताउँछ । दक्ष जनशक्ति निर्माणका लागि बीमा चेतना कार्यक्रममा वृद्धि गर्न आवश्यक रहेको समितिको ठम्याई छ । आचारसंहिता बेवारिसे अभिकर्ताहरुले आफ्नो आचारसंहिता बनाएका छन् । तर, त्यसको पालना भने खासै नभएको सरोकारवाला नै बताउँछन् । अभिकर्ताहरुलाई अनुशासनमा रहन सहयोग गर्ने अभिकर्ता महासंघ पनि छ । आफ्नो ट्रयाकबाट बाहिर जान खोज्ने अभिकर्ताहरुलाई आचारसंहिता पालना गराउन महासंघले पनि नसकेको गुनासो आउँने गरेको छ । अभिकर्तालाई बलियो बनाऔंः समिति अभिकर्ताहरुले बीमा बजारीकरणमा मुख्य भूमका निर्वाह गर्ने भएकाले यसमा अहिले नै पुनर्बीचार आवश्यक नदेखिएको बीमा समितिले बताएको छ । समितिका कार्यकारी निर्दशक राजुरमण पौडेलका अनुसार अभिकर्तालाई बलियो बनाउनु आजको आवश्यकता हो । ‘हामीले अभिकर्ताहरुलाई बलियो बनाउन आवश्यक छ, यसका लागि दक्षता बढाउने किसिमका तालिम प्रदान गर्न आवश्यक देखिन्छ, अभिकर्ताले बजारीकरणमा सघाउने तथा अभिकर्ताबिनाको बीमा बजार पूरा नहुने भएकाले आवश्यक जनचेतना र तालिमलाई प्राथमिकता दिन आवश्यक रहेको छ’, कार्यकारी निर्देशक पौडेलले भने । यस्तै, अभिकर्ता महासंघका अध्यक्ष नन्दप्रसाद तिवारीका अनुसार अभिकर्ताको समस्या अभिकर्ता बाहेक अरुले पनि बुझ्नु पर्छ र राम्रा अभिकर्ता उत्पादन गर्न सबैले साथ दिनु पर्छ । ‘अहिले बजारमा अभिकर्ता नै नभएका त होइनन् तर बजारलाई आवश्यक भइरहेको दक्ष अभिकर्ताको उत्पादन गर्नु आजको आवश्यकता हो, यसमा नेपाल सरकार, बीमा समिति, बीमा कम्पनी, बिमित तथा अभिकर्ता साथीहरु सबैले ध्यान दिनु पर्ने बेला आएको छ, तर नेपालको सन्दर्भमा अभिकर्ताबिना नै बीमा गर्छौं भन्ने धारणा चाहि बेकारको कुरा हो’, अध्यक्ष तिवारीले भने । अध्यक्ष तिवारीले अभिकर्ताहरुले व्यक्तित्व विकास गर्ने, रोजगारीको सुनिश्चितता पाउने, सही काम गर्नेहरुलाई सकारात्मक उर्जा दिनेहरुको अभाव रहको बताएका छन् । बीमा विज्ञ भोजराज शर्माका अनुसार अभिकर्ताले गर्ने बजारीकरणले घर–घरबाटै बीमा गराउने बिमित बढाउदै बीमाको पहुँच समेत वृद्धि गर्न मद्दत गर्छ । तर अभिकर्ताहरु नै भएनन् भने बीमाका बारेमा जानकारी नपाएकाहरुले बीमा गराउने सम्भावना रहदैन । यस्तो अवस्थामा घर–घरमा गएर कर्मचारीले बीमा बुझाउन सम्भव नहुन सक्छ । हाल नेपालमा अभिकर्ताबिना नै बीमा गराउन मिल्ने व्यवस्था छ । यसरी बीमा गराउदा वा अभिकर्तासँग बीमा गराउदा बीमाशुल्कमा खासै हेरफेर हुँदैन । तर अभिकर्तासँग बीमा गराउँदा अभिकर्ताहरुले बिमितलाई आवश्यक समयमा खबर आदान–प्रदान गर्ने गर्छन् । ‘अभिकर्ता भनेका बीमा क्षेत्रका व्याकबोन हुन्, सिमित मान्छेले मात्र बीमा बुझ्ने र गर्ने अवस्था हटाउन अभिकर्ताको भूमिका महत्वपूर्ण हुन्छ’, बीमा विज्ञ शर्माले भने । बीमा गर्दा अभिकर्ताले पाउँने कमिशन एक देशको तुलनामा अर्को देशमा केही भिन्न हुन्छ । यसमा विभिन्न फ्याक्टरहरुले असर पार्न विज्ञले बताएका छन् । कति हुन्छ कमिसन ? जीवन बीमा गराउँदा हाल अभिकर्ताहरुले १० वर्षसम्म कमिशन पाउने व्यवस्था छ । २० वर्षे अवधिको जीवन बीमा गर्दा पहिलो र दोस्रो वर्ष अभिकर्ताले २५/२५ प्रतिशत कमिशन पाउँछन् । तेस्रोदेखि १० औं वर्षसम्म अभिकर्ताले बिमांक रकमको ५ प्रतिशतका दरले कमिशन पाउँछन् । १५ वर्ष अवधिको जीवन बीमा गराउदा अभिकर्ताले पहिलो वर्ष २५ प्रतिशत कमिशन पाउछन् । यस्तै, दोस्रो वर्ष १५ प्रतिशत कमिशन पाउने व्यवस्था छ । तेस्रो वर्षदेखि १०औँ वर्षसम्म ५ प्रतिशत कमिशन पाउछन् । अभिकर्ताले पाउने कमिशनमा १५ प्रतिशत कर लाग्छ । बीमा अभिकर्ता संख्या नेपालमा बीमा अभिकर्ताहरुको संख्या ५ लाखको हाराहारीमा भएको बताइन्छ । तर, सक्रिय अभिकर्ताको संख्या १ लाख २१ हजार ९ सय १३ रहेको बीमा समितिले जानकारी दिएको छ ।

कस्ताे लेख्ने हाे गाडीकाे नम्बर प्लेट ?

काठमाडौं । बजारमा सवारी साधनका नम्बर प्लेटहरु धेरै किसिमका देखिन्छन् । कोही राता कोही सेता त कोही पहेँला । यस्ता धेरै रङ्गका नम्बर प्लेटहरु हुँदा सर्वसाधारणमा यो कुन संस्थाको सवारी हो भन्ने यकिन गर्न पनि गाह्रो छ । यसका साथै आम सर्वसाधरणहरुमा सवारी साधन नम्बर प्लेट वितरण तथा नामाङ्कनको प्रक्रिया के हो ? कस्ताे लेख्ने हाे ? भन्ने  कुरा बुझ्न गाह्रो नै पर्छ । किनकि अहिले बजारमा सवारी साधनमा आफुखसी नम्बर प्लेट राख्ने होडवाजी व्याप्त छ । यी धेरै किसिमका आफुखुसीले बनाएका नम्बरप्लेटले मानिसममा एक प्रकारको दुविधा उत्पन्न गराएको छ । हाल बजारमा सवारी साधनहरुमा १४ किसिमका नम्बर प्लेट जडान भएको यातायात व्यवस्था विभाग बताउँछ । तर, ती सबै नम्बर प्लेटहरु सवारी धनीले आफुखुसी बनाएको स्वयमं विभागका महानिर्देशक गाेगन बहादुर हमाल स्वीर्काछन् । हालसम्म सवारी साधनको नम्बर प्लेटका लागि सवारी धनीले सम्बन्धित अञ्चलको यातायात कार्यालयमा आवेदन दिई सवारी साधनको नम्बर पाउँदै आएका थिए । अब भने सम्बन्धित प्रदेशको यातायात कार्यालयलयबाट सवारी साधनका लागि नम्बर प्लेट पाउने व्यवस्था गरेकाे यातायात व्यवस्था विभागले जनाएको छ । पुराना नम्बर प्लेटहरुमा भद्रगोलको अवस्था देखा परेको र धेरै प्रदेशको नम्बर प्लेटको अंक पनि बढी भइसकोले अब नयाँ नम्बर प्लेटलाई सिस्टमेटिक र प्रादेशिक नामांकन हुने किसिमले सवारी साधनको नम्बर प्लेट वितरण गर्न लागिएको हमालले बताए । देश प्रादेशिक संरचनामा गइसकेपछि सवारीका नम्बर प्लेट पनि प्रदेशकै नाम अगाडि आउने हिसावले वितरण गरिने उनले बताए । अहिले पनि एउटा सवारी साधनमा एक र अर्को सवारी साधनमा भिन्नै किसिमको नम्बर प्लेट नामाङ्कन गरेको भेटिन्छ । यस्तो किसिमको दुविधा हटाउन अब एकै प्रकारको नम्बरप्लेट वितरण सुरु हुने उनको भनाई छ । हालसम्म सम्बन्धित अञ्चलको यातायात कार्यालयबाट अञ्चलको नाम आउने गरी नम्बर प्लेट लेखिन्थे भने अब प्रदेशको पहिचान हुने गरी नम्बर प्लेट वितरण हुने उनको भनाई छ । के हो इम्बोस्ड नम्बर प्लेट ? धातुको प्लेटमा बाहिर उठ्ने गरी ‘पन्चिङ’ गरी प्लेटमा नम्बर राखिनेछ । यस्तो नम्बर चाँही अहिले प्रयोगमा आएको जस्तै बाहिरबाट हेर्नका लागि हो । तर यो केरमेट गर्न नमिल्ने र १० वर्ष भन्दा बढी टिक्ने हुन्छ । विभागका महानिर्देक गोगन बहादुर हमालका अनुसार प्लेटमा सात अंक भएको गोप्य नम्बरसहितको ‘चीप’ पनि प्लेटमा जडान गरिएको हुन्छ । यसमा बार कोड पनि हुन्छ । चीपमा सवारीको चेसिस, दर्ता, इन्जिन नम्बर देखि कहिले बनेको हो भन्ने पनि रेकर्ड रहेको हुन्छ । प्लेटमा सात अंक भएको गोप्य नम्बरसहितको ‘चीप’ पनि प्लेटमा जडान गरिएको हुन्छ । यसमा बार कोड पनि हुन्छ । चीपमा सवारीको चेसिस, दर्ता, इन्जिन नम्बर देखि कहिले बनेको हो भन्ने पनि रेकर्ड रहेको हुन्छ । चीपमा सवारी धनिको विवरण, कर तिरे नतिरेको रेकर्ड पनि राखिन्छ । नयाँ व्यवस्था अनुसार अगाडि र पछाडि दुबै नम्बर प्लेटको माथिल्लो लाइनको सुरूमा सवारी दर्ता गर्ने कार्यालयको प्रदेश संकेत र त्यसपछि उक्त प्रदेश भित्रको यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक उल्लेख गर्नुपर्नेछ। प्रदेशभित्र रहेका यातायात व्यवस्था कार्यालयको क्रम संख्या जनाउने अंक यातायात व्यवस्था विभागले तोके बमोजिम हुनेछ। अगाडिको नम्बर प्लेटको तल्लो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र सवारी दर्ता नम्बर लेख्नु पर्नेछ । पछाडिको नम्बर प्लेटको दोस्रो लाइनमा सवारी समूह जनाउने अंक, सवारीको किसिम जनाउने संकेत र तेस्रो लाइनमा सवारीको दर्ता नम्बर लेख्नु पर्नेछ। त्यस्तो सवारी समूह जनाउने अंक आवश्यकता अनुसार ००१ देखि ९९९ सम्म हुनेछ । त्यस्तै सवारी दर्ता नम्बर बढीमा ४ अंकको ९०००१ देखि ९९९९० सम्म हुनेछ। प्रयोगअनुसार दर्ता नम्बर ४ अंक कटेपछि अर्को समूह संकेतको संख्या दिई त्यसमा पनि ०००१ देखि ९९९९ सम्म दिँदै जानु पर्ने छ । उदाहरणका लागि पहिलेको बागमती अञ्चल, प्रदेश ३ र अहिलेको बागमती प्रदेश गरेर तीन किसिमका नम्बर प्लेट छन् । त्यसमा एकरुपता दिन यस्तो गर्न लागिएको हमालले बताए । पुरानो नम्बर प्लेटमा अञ्चल संकेत, लट नम्बर र सवारी साधनको किसिम र प्रकार संकेत उल्लेख हुने गरी दुई लाइनको दर्ता नम्बर हुन्थ्यो। अहिले भने तीन लाइनमा दर्ता नम्बर हुनेछ । पहिलो लाइनमा प्रदेश संकेत र प्रदेशमा रहेका यातायात कार्यालयको संकेत नम्बर हुनेछ । दोस्रो लाइनमा लट नम्बर र सवारी साधनको किसिम र प्रकार संकेत हुनेछ । तेस्रो लाइनमा दर्ता नम्बर उल्लेख हुनेछ। दुई पाङ्ग्रे सवारी साधनको हकमा भने अगाडि पट्टीको नम्बर प्लेट दुई लाइनमा र पछाडिको तीन लाइन हुनेछ। दुई लाइनमा हुने नम्बर प्लेटको पहिलो लाइनमा प्रदेश संकेत र प्रदेशमा रहेका यातायात कार्यालयको संकेत नम्बर हुनेछ भने दोस्रो लाइनमा लट नम्बर र सवारी साधनको किसिम र प्रकार संकेत तथा दर्ता नम्बर पनि उल्लेख हुनेछ। हाल दुई पाङ्ग्रेको अगाडि एक लाइन र पछाडि दुई लाइन नम्बर प्लेट रहेको छ । हालसम्म ५ हजार इम्बाेस्ड नम्बर प्लेट वितरण भइसकेकाे उनकाे भनाई छ । अब ४ थरिका नम्बर प्लेट मात्र नयाँ नम्बर प्लेट भएका सवारी साधन सडकमा गुड्न थालेपछि अब नेपालका सडकमा चार थरिका नम्बर प्लेटका सवारी साधन हुनेछन् । हाल केही चार पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेका छन्। सर्वोच्च अदालतमा परेको मुद्दाका कारण इम्बोस्ड नम्बर प्लेटको वितरण राकिएको थियो । तर अब निरन्तर नयाँ नम्बर प्लेट वितरण हुुने उनको भनाई छ । सार्वजनिक सवारी साधन व्यावसायिक प्रयोजनमा पहेंलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो, सरकारीमा सेतो प्लेटमा रातो, कूटनीतिको सवारीमा सेतो प्लेटमा निलो अक्षरले लेखिनेछ ।  ट्रयाकिङ गर्न पनि सहज हमालका अनुसार राजमार्गका विभिन्न स्थानमा विभाग र ट्राफिक प्रहरीले ट्राकिङ स्टेसन राख्ने छन् । ती स्टेसनबाट आवतजावत गर्ने सवारी साधनको विवरण रेडियो फ्रिक्वेन्सट्ठ मार्फत संकलन र व्यबस्थापन हुने उनले बताए । यसबाट चोरी डकैती तथा तस्करी पनि कम हुने उनको विश्वास छ । प्रहरीलाई पनि नम्बर प्लेट थाहा पाउन सहज हुने उनको भनाई छ । विभागको डेटाबेसमा हुने विवरण र नम्बर प्लेटको विवरण मेसिनले नै तुलना गर्ने छ । यसैका लागि दूरसञ्चार प्राधिकरणले छुट्टै रेडियो फ्रिकेन्सी उपलब्ध गराउने छ । यस सम्बन्धमा विभागको वेबसाइटमा गएर ‘इम्बोस्ड नम्बर प्लेट अनलाइन’ फारममा सीधै आफ्नो विवरण भरेर निवेदन दिन सकिन्छ । इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि सवारीसँग सम्बन्धित अपराध नियन्त्रण गर्न, चोरी गाडी दर्ता गर्न, निजी, सरकारी, कूटनीतिकलगायतका सवारी साधनका धनी र साधनको विवरण तथा राजस्व असुलीको अवस्थाबारे बुझन सहज हुनेछ । साथै कुन सवारी साधन कुन नाकाबाट कतिपटक आवतजावत र्गयो भन्ने कुरा पनि सजिलै पत्ता लगाउन सकिने छ । नम्बर प्लेट परिवर्तन गर्न खर्च कति लाग्छ ? अहिलेसम्म देशभर २२ लाखको हाराहारीमा सवारी दर्ता भएको विभागको तथ्याङ्क छ । सबै नम्बरलाई डिजिटलाइज्ड गर्न ४ अर्ब ९१ करोड सात लाख रुपैया खर्च हुने विभागको अनुमान छ । डिजिटल नम्बर प्लेट लिनका लागि सवारी धनीले आफै शूल्क तिर्नुपर्ने हमालले बताए । सवारी साधन अनुसार मूल्य फरक पर्ने उनको भनाई छ । अहिले नयाँ नम्बर प्लेट फेर्न २५ सयदेखि ३ हजारसम्म शुल्क लाग्ने गरको छ । पुरानो नम्बर प्लेट के हुन्छ ? विभागका अनुसार नयाँ नम्बर प्लेट आएपछि पुराना अञ्चल नामका नम्बर प्लेटहरु आफै विस्थापित भएर जानेछन् । कतिपयमा सरकारले सवारी साधन दर्ताका लागि नयाँ व्यवस्था लागू गरेसँगै पुरानो नम्बर के गर्ने भन्ने अन्यौल कायमै छ तर ती पुराना नम्बर प्लेटहरु नयाँ आएपछि विस्थापित भएर जानेछन् । यसअघि बागमती अञ्चलमा ९९ लटका सबै नम्बर सकिएको र तीन अंकको लट नम्बर दिन सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गर्नुपर्ने भएकाले नयाँ मोटरसाइकल र स्कुटरको दर्ता रोकिएको थियो ।