साहित्यकार डा.भट्टले पाए वनिता लघुकथा सम्मान
काठमाडौं । वनिता लघुकथा सम्मान २०७६ द्वारा साहित्यकार डा.पुष्करराज भट्ट सम्मानित भएका छन् । वर्षेनी साहित्यकारलाई प्रदान गरिँदै अाएको पुरस्कार यो वर्ष डा.भट्टलाई प्रदान गरिएको हो । कार्यक्रमकी सभापति रञ्जुश्री पराजुलीले वनिता त्रैमासिकमार्फत पुरस्कार प्रदान गर्ने गरी एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेेको बताइन् । वनिता परिवारको तर्फबाट मञ्जिला उप्रेतीले स्वागत मन्तव्य राखेकी हुन् । समारोहमा वनिता त्रैमासिककी सम्पादक, प्रकाशक लक्ष्मी उप्रेती, सम्मानित स्रष्टा डा.पुष्करराज भट्ट एवम् प्रेस काउन्सिलका सदस्य चेतनाथ धमलाले मन्तव्य राखेका थिए । उक्त वनिता लघुकथा विशेषांक विमोचन कार्यक्रममा वरिष्ठ बालसाहित्यकार, नियात्राकार रञ्जुश्री पराजुलीको अध्यक्षता, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्य मातृका पोखरेलको प्रमुख आतिथ्य एवम् कथाकार इन्द्रकुमार श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।
डिशहोम सिनेमाघरमा कबड्डी कबड्डी कबड्डी
काठमाडौं। यस वर्षको सुपरहिट चलचित्र “कबड्डी कबड्डी कबड्डी” टेलिभिजनमा पहिलो पटक डिशहोमको सिनेमाघर च्यानलनम्बर १०८ मा पौष ११ गते , शुक्रबारदेखि प्रर्दशन हुने भएको छ। सन् २०१३ मा निर्माण भएको हिट चलचित्र कबड्डीको तेस्रो सिरिज रहेको यस चलचित्रमा ख्याति प्राप्त कलाकार दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी, लगायत दर्जनौँ चर्चित कलाकारहरले अभिनय गरेका छन् । गएको असोज ३ गते रिलिज भएको यस चलचित्रले पुराना सिक्वलहरु कबड्डी , कबड्डी कबड्डीको सर्वाधिक लोकप्रियता संगै यसपटक पनि नेपाली सिनेमा जगत्मा उत्कृष्ट प्रर्दशनी कायम गर्न सफल रहेको छ । तिनैवटा सिक्वलमा कलाकार दयाहाङ राईले अभिनयमात्रै गरेनन् , चलचित्रलाई नेपाली सिनेमा प्रेमीहरुको मनमस्तिष्कमा समेत गहिरो प्रभावपार्न सफलभए । समयअनुसारको प्रविधिको विकाससंगै विकसितभएको डिशहोमलेहलहरुको पहुँच नभएका दर्शकहरुका लागि न्यूनतमशूल्कमा सपरिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने प्रविधि भित्र्याएको हो । च्यानलनम्बर १०८ मा एसएमएस गरी चलचित्र हेर्न मिल्ने सुविधा डिशहोमले प्रदान गरेकोे छ । हरेक दिन आठ शो हेर्न पाईने यस सिनेमाघरमा, चलचित्र हेर्नका लागि मोबाइलको म्यासेज बक्समागएर एमओडी टाइप गरी(एउटा स्पेश दिएर) सेटअप बक्सको क्यास आइडी टाइप गरीआफूले हेर्न चाहेको समय टाइप गरी ३२५०० वा ३२५८० मा एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । यो चलचित्र हेर्न सपरिवारका लागि रु ३ सय २५ रुपैयाँ शूल्क लाग्नेछ ।
मिस कल्चर नेपालको पहिलो अडिसन सम्पन्न
काठमाडौं । मिस कल्चर नेपालको छैठौं संस्करण अन्तर्गतको पहिलो अडिसन सम्पन्न भएको छ । हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूलनाराका साथ पुष्पाञ्जली फेसन एण्ड इभेन्टले पोखरामा सम्पन्न गरेको हो । अडिसनमा कास्की आसपासका विभिन्न जिल्लाहरूबाट इच्छुक अविवाहित नारीहरूको सहभागिता रहेको थियो । पोखराको न्यूरोडस्थित सगुन रेष्टुरेण्ट एण्ड बारमा भएको अडिसनबाट १३ जना प्रतियोगी छनौट गरिएको आयोजकले जनाएको छ । पछिल्लो समय नेपालमा पश्चिमेली संस्कृतिको प्रभाव नराम्रोसँग युवा पुस्तामा परेको र नेपाली संस्कृति विस्तारै विस्तापित गइरहेकाले यस कार्यक्रममार्फत विदेशी संस्कृतिबाट बढी प्रभावित युवा पुस्तालाई नै संस्कृति र रीतिरिवाज जोगाउन लागि पर्ने वातावरण सृजनाका निम्ति पनि यस कार्यक्रम अझ प्रभावकारी तवरले अगाडि बढाउन लागिएको पुष्पाञ्जली फेशन एण्ड इभेन्टकी अध्यक्ष शोभा गौतमले बताइन् । अडिसनबाट छनौट भएकाहरूलाई ४५ दिनको प्रशिक्षण पश्चात फाइनल कार्यक्रममा प्रवेश गराइने र विजेतालाई स्कुटर सहित चाँदीको क्राउन प्रदान गरिने कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए । कार्यक्रमको मुख्य प्रायोजकमा सिजि ब्रुअरी नेपाल (नेपाल आइस बियर), प्रिजेन्टेड बाइमा प्रभु बैंक र पावर्डबाइमा हरपल चामल रहेका छन् । शोभा गौतम ९८५६०४४०९४