‘आठौं प्रभु पे म्युजिक खबरद्वारा विभिन्न विधाका उत्कृष्ट स्रष्टा सम्मानित

काठमाडौं । ‘आठौं प्रभु पे तथा म्युजिक खबर’को सहकार्यमा लोक तथा सुगम संगीतका विभिन्न विधाका व्यक्तित्वलाई सम्मान गरिएको छ ।  शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको ‘आठौं प्रभु पे म्युजिक खबर’ म्युजिक अवार्ड उत्कृष्ट लोकमा जननी जन्मभूमि भन्ने गीतकार रमेश दाहाल पुरस्कृत भएका छन् । म्युजिक भिडियो सम्पादन तर्फ त्यो रात विर्सन्न भन्ने गीतको सम्पादक विष्णु शर्माले गरेका थिए । त्यस्तै लोकगीत तर्फ उत्कृष्ट गायिकामा सुस्मिता घर्तिलाई सम्मान गरिएको छ । उत्कृट छायांकार तथा निर्देशकमा त्यो रात गीतको तर्फबाट राजेश घिमिरे सम्मान भएका भएका छन्। पछिल्लो समय सर्वाेत्कृष्ट नवप्रतिभामा देवनारायण मगर सम्मानित भएका छन् । उक्त सम्मान कार्यक्रममा चलचित्र विकास बोर्डका प्रमुख केशवराज भट्टराईको उपस्थितिमा अन्य पुराना कालकारको बाक्लो उपस्थिति रहेको थियो । प्रभु पेको आयोजनामा आठ वर्षदेखि हुँदै आएको यस कार्यक्रममा सुगम संगीतको तर्फबाट मानबहादुर बराल र धनले होइन मनले भन्ने गीतका संगीत ध्वनीबाट किशोर थापा सम्मान भएका छन् । उत्कृष्ट मोडलमा अञ्जली अधिकारी र त्यस्तै उदयराज पौडेल संगीत संयोजनमा सम्मान भएका हुन् ।

गायक मनिष विश्वकर्माको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक

काठमाडौं । गायक मनिष विश्वकर्माको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक भएको छ । गीतमा प्रतिमा आचार्यले मनिषलाई साथ दिएकी छिन् । आधुनिक तथा चलचित्र शैलीको सो गीतमा साधारण घरको गायक प्रेमी र राजकुमारी प्रेमीका बीचको सम्बन्ध र आउने उतार चढाब देखाइएको छ । गीतमा पुर्वजन्म र वर्तमानको प्रेमलाई देखाइएको समेत गायक तथा एरेन्जर मनिषले जानकारी दिए । प्रितम राईको रिदम अवधारणामा निर्माण भएको गीतमा श्रद्धा सुमन सिलवाल र गायक मनिष स्वयंले अभिनय गरेका छन् । भिडियो निर्देशन पिटर प्रिन्स विश्वकर्माले गरेका हुन् ।

गायक बादल श्रेष्ठको ‘तिमी फूल हौ कि जुन’ गीत सार्वजनिक

काठमाडौँ । गायक बादल श्रेष्ठको नयाँ गीत ‘तिमी फूल हौ कि जुन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सांगीतिक क्षेत्रमा चर्चा कमाउँदै गरेका गायक बादल श्रेष्ठ अहिले दर्शक श्रोताहरुको रोजाइमा परेका छन् । गीतकार आर्यन भट्टराईको शब्द तथा जीवन बाबुको संगीत रहेको गीतमा  बादल श्रेष्ठको स्वर रहेको छ । नमराज घिमिरेले छायांकन गरेको म्युजिक भिडियोलाई निर्देशन तथा सम्पादन लिगेस भट्टराईले गरेका हुन्। म्युजिक भिडियोमा गायक तथा मोडल बादल श्रेष्ठ र अनु पराजुलीलाइ फिचर्ड गरिएको छ ।