एकल गायनमा राज्यमन्त्री रामवीर मानन्धरले राखे विश्व रेकर्ड

काठमाडाैं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड बनाएका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्ड सम्म गीत गाएर विश्व रेकर्ड बनाएका हुन् । यस अघि विश्वमा मन्त्री पदमा रहेर लगातार गीत गाएको किर्तीमान बनेको थिएन । किर्तीमान बनाउने क्रममा मन्त्री मानन्धरले ५९ वटा गित गाएका थिएउ । बालाजुस्थित अष्टनारायण चलचित्रहलमा एक विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्डका लागि गीत गाउनु भएको थियो । राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेमा बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम भएको छ । कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारा देवी, अरुणा लामालगायतले गाएको गीतको ट्रयाकमा गाएका थिए । यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहिलो भएकोले वर्ल्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको छ ।

नेपाल चलचित्र कलाकार संघको भवन शिलान्यास

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको भवन चन्द्रागिरी नगरपालिकाको स्यूचाटारस्थित खड्का गाउँको थानेटारमा शिलान्यास गरिएको छ । एक समारोहका बीच शहरी बिकाश मन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार संघले पनि आफ्नै भवन निर्माण गर्न लागेकोमा खुसी ब्यक्त गरे । ‘मेरो क्षेत्रमा कलाकारहरुले आफ्नो संस्थाको भवन निर्माण गर्न लाग्नु भएको छ । मेरो लागि त्यो भन्दा खुसीको कुरो अरु के हुन सक्छ र’ मन्त्री श्रेष्ठले भने ‘तपाईहरु के कति सक्नुहुन्छ गर्दै गर्नुस् । पुरा गर्ने जिम्मा मेरो भयो ।’ मन्त्री श्रेष्ठले कलाकार राष्ट्रका गहना भएकोले उनीहरुको काममा सघाउनु सबैको दाईत्व रहेको बताए । कलाकार संघको ३३ वर्षको इतिहासमा आज हामी चलचित्रकर्मीका लागि ऐतिहासिक र महत्त्वपूर्ण शुभ दिन बन्न पुगेको छ । पूर्व अध्यक्षहरु, कार्यसमितिका मित्रहरु लगायतको प्रयास र विशेष महत्त्वपूर्ण योगदान तथा भवन निर्माण कोष खडा गर्ने अध्यक्ष रामकेशर बोगटी लगायत कोष सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु, संघका अध्यक्ष खड्काले भनेका छन्- ‘उक्त रकमबाट दुई दिन अगाडि मात्रै जग्गा खरिद गरि भवन शिलान्यास गरिएको हो ।’ कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सबैको सहयोगबाट संघको भवन शिलान्यास हुन सफल भएको बताए । उनले आगामL दिनमा पनि सबै पक्षको सहयोगको अपेक्षा रहेको भनाई राखेका थिए । चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, बरिष्ठ हास्य अभिनेता हरिबंश आचार्य, कृष्ण मल्ल, रमेश बुढाथोकी, दिनेश डिसी, मदु कुमार श्रेष्ठ, शम्भु निरौला, कृष्ण ढुंगाना, चलचित्रकर्मी महासंघका अध्यक्ष खगेन्द्र राई, चलचित्र संघका अध्यक्ष मदुसुधन प्रधानलगायतको कार्यक्रममा उपस्थितl रहेको थियो ।

हलिउड चलचित्र ‘अनहिन्ज्ड’ डिशहोम सिनेमाघरमा

काठमाडाैं । डिशहोमको सिनेमाघर ईन्टरनेशनलमा पुस ६ गतेदेखि हलिउड चलचित्र “अनहिन्ज्ड” रिलिज हुँदैछ । याे चलचित्र दर्शकले पुस ६ गतेदेखि दैनिक ६ शो हेर्न सक्नेछन् । जुन बिहान ७ र १० बजे, दिउँसो १ र ४ बजे बेलुकी ७ बजे र १० बजेकाे समयमा हेर्न पाइने छ । सिनेमाघर ईन्टरनेशनल च्यानल नंं ९९९ ले भाषा छनौट गरेर हेर्ने सुविधा पनि थप गरेको छ । अर्थात हलिवुड चलचित्र “अनहिन्ज्ड” हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने छानेर हेर्न सक्नेछन् । दैनिक ६ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा हलिवुड चलचित्र “अनहिन्ज्ड” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी९९९ आफ्नो सीएएस आईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ । डिशहाेमले नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको हाे ।