महानगरपालिकाले अस्पतालहरुलाई भेन्टिलेटर सहयोग गर्दाको क्षण (फोटो फिचर)
काठमाडौं । महानगरपालिकाले काठमाडौं महानगरभित्रका दुई अस्पताललाई आइसियु भेन्टिलेटर सहयोग गरेको छ । महानगरले मंगलबार महानगरपालिका भित्रको काठमाडौं मोडेल अस्पताल र हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई कोभिड – १९ को रोकथाम र नियन्त्रणमा क्षमता अभिवृद्धिको निम्ति दुई/दुई थान आइसियु भेन्टीलेटर प्रदान गरेको हो । आइसियु भेन्टीलेटर प्रदान गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रुपमा सेवा पाउन सकुन् भनेर सहयोग गरिएको बताउनुभयो । उहाँले महानगरपालिकाले कोभिड – १९ संक्रमितको उपचारका लागि काठमाडौं जिल्ला भित्रका भित्रका अस्पताललाई ४२ वटा र भक्तपुर ठिमिमा ३ वटा गरी ४५ वटा भेन्टीलेटर उपलब्ध गराउने सम्झौता गरी काम अगाडी बढाइरहेको पनि जानकारी दिनुभयो ।
जब कोरोनालाई जितेर घर फर्किन ९३ वर्षकी वृद्धा (फोटो फिचर)
काठमाडौं । काठमाडौं सिनामंगलकी ९३ वर्षिया सुशिला भुजेलले कोरोना जितेर घर फर्किएकी छिन् । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि गत बैशाख २४ गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । हामीले उनी घर फर्किंदाको क्षणलाई फोटो फिचरका रुपमा प्रस्तुत गरेका छौं :
प्रधानमन्त्री निवासमा तेश्रो राष्ट्रिय महिला अधिकार दिवश कार्यक्रम (फोटोफिचर)
काठमाडौं । तेश्रो राष्ट्रिय महिला अधिकार दिवशका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमको केही फोटो सामाग्री पस्किने जमर्को गरेका छौं ।