सानिमा बैंकद्धारा क्रिकेटर सन्दिप लामिछानेलाई क्रिकेट किट हस्तान्तरण

काठमाडौं । सानिमा बैंक लिमिटेडद्वारा प्रायोजित नेपाली राष्ट्रिय टिमका खेलाडी तथा अन्डर-१९ क्रिकेटका कप्तान सन्दिप लामिछानेलाई क्रिकेट किट हस्तान्तरण गरिएको छ । आइतबार एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले लामिछानेलाई उक्त क्रिकेट किट हस्तान्तरण गरेका हुन् । सानिमा बैंकद्वारा दुई वर्षका लागी प्रायोजन गर्ने सम्झौता भए अनुरुप बैंकले सन्दिप लामिछानेलाई मासिक रुपमा प्रायोजीत रकम प्रदान गरी खेल जीवनमा अभ्यस्त रहन प्रेरित गर्दै आएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले सम्पूर्ण सानिमा परिवारले लामिछानेलाई प्रायोजन गर्न पाएकोमा खुसी भएको र सानिमाबाट प्रेरित भई अन्य संस्थाहरुले पनि खेलाडीहरुलाई सहयोग गरी नेपालमा व्यवसायिक खेलकुदको विकासमा सहयोग गर्ने आशा व्यक्त गरेका छन् ।

सानिमा बैंकको ४४औँ शाखा कालिकोटमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्नो ४४औँ शाखा कार्यालय कालिकोटमा सञ्चालन गरेको छ । बैंकले यूके एडद्धारा प्रवद्र्धित सक्षम परियोजना(एक्सेस टु फाइनान्स)को सहकार्यमा उक्त शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन सानिमा बैंकका ब्य्रान्ड प्रवद्र्धक हरिवंश आचार्यले गरेका छन् । सानिमा बैंकका संचालक समितीका सदस्य भरतकुमार पोखरेल तथा प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले यस कालिकोट शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । यस समारोहमा हरिवंश आचार्यले कालिकोटमा सानिमा बैंक संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शभकामना व्यक्त गरेका छन् । बैंकको उक्त शाखा सहित ४४ वटा शाखा संजाल तथा ५० वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् ।

उद्योग सचांलनकालागी बिजुली तत्काल उपलब्ध हुन्छ: उद्योग मन्त्री जोशी

भैरहवा । भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) कार्यालयको उद्घाटन भएको छ । कार्यालयको बिहीबार एक कार्यक्रमका बिच उद्घाटन गर्दै उद्योग मन्त्री नवीन्द्रराज जोशीले सेजमा २१ वटा उद्योगले प्रस्ताव गरेको र ५ अर्ब रुपैयाँ बढी लगानी हुने बताए । जोशीले उद्योग सचांलनकालागी आवश्यक बिजुली तत्काल उपलब्ध गराउने भन्दै सेजमा उद्योग निमार्ण गर्न उद्योगीहरुलाई आग्रह गरे । सरकारले विशेष आर्थिक क्षेत्र विधेयक पारित गरेपछि उद्योग इच्छुक व्यक्तिले प्रस्ताव हालेको र अव उद्योगीले माग गरे अनुसारको बिजुली पनि उद्योग सचांलन हुने बेलासम्म आईपुग्ने बताए । उद्योग निमार्णगरी सचांलन गर्न ७/८ महिना लाग्ने र त्यती बेलासम्म बिजुली ल्याउन आवश्यक प्रक्रिया सुरु भईसकेको उनले बताए । कार्यक्रममा मन्त्री जोशीले बढ्दो ब्यापार घाटा कम गर्न र स्वदेसमै रोजगारी सिर्जना गर्नकालागी सेज महत्वपुर्ण भएकाले यसको सचांलनसम्वन्धमा सकां गर्न नहुने बताए । उनले सेजमा स्थापना हुने उद्योगकालागी सेजमै दर्ता गरे हुने ब्यबस्था समेत सरकारले मिलाएको जानकारी दिए । सविधान जारी भएपछि मुलुक आर्थिक क्रान्ती तर्फ लागेको भन्दै उनले अवको १० बर्षमा मजदुरी गर्न बिदेस जानु नपर्ने गरी उद्योगमन्त्रालयले योजनाबद्ध रुपमा काम सुरु गरेको मन्त्री जोशीको भनाई छ । विशेष आर्थिक क्षेत्र विकास समिति (सेज)का कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले उत्पादित कम्पनीको ७५ प्रतिशत उत्पादन विदेश निर्यात गर्ने २१ कम्पनीसँग सेजले सम्झौता गरिसकेको जानकारी दिए । उनका अनुसार सेजभित्र फलफूल, रेडिमेड गार्मेन्ट, पीभीसी म्याट, सिमेन्ट व्लक, सिमेन्ट इलेक्ट्रोकल, फेव्रिक, रबर तथा जुत्ता, तारजन्य उत्पादन, मेडिकल हर्ब, साबुन, डिप इरिजेसन पाइप, गार्मेन्ट प्रोसेसिङ इण्डष्ट्रिज, अदुवा प्रशोधन उद्योग, मिनिरल वाटर उद्योग, विद्युतीय गाडीको एसेम्बिलिङ उद्योग र जुस सम्बन्धी उद्योग खुल्ने छन् । सरकारले ऐन र नियमावली तयार गरेपछि उद्योगीसँग प्रस्ताव आह्रवान गरेको थियो । त्यसमा विभिन्न कम्पनीले प्रस्ताव पेस गरेका थिए । त्यसमध्ये २१ वटा कम्पनी छनोट भएको भट्टले जानकारी दिए । सरकारले सेजमा स्थापित उद्योगलाई अन्य उद्योगको तुलनामा विशेष सुविधा दिने बताएको छ । त्यस्ता उद्योगले आफ्नो कम्तीमा ७५ प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने हुन्छ ।