सोह्रखुट्टेमा इरा हेल्थ सेन्टर संचालनमा
काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा इरा हेल्थ सेन्टर संचालनमा आएको छ । यो हेल्थ सेन्टरको स्वस्थ्यमन्त्री गगन थापाले शुक्रबार उद्घाटन गरेका हुन् । विदेशी पर्यटक एवं तथा ट्राभल तथा ट्रेकिङ क्षेत्रलाई विशेष सेवा दिने उद्देश्यले यो हेल्थ सेन्टर खोलिएको हो । हेल्थ सेन्टरका मेकिल डाइरेक्टर निर्वाणराज तिमल्सिनाले संचालन गरेको यो सेन्टरमा २५ जनाले रोजगारी पाउने छन् । सेन्टरमा करिब २ करोड रुपैयाँ लगानी रहेको उल्लेख छ । हेल्थ सेन्टर उद्घाटन गर्दे स्वास्थ्य मन्त्री गनन थापाले सरकारले संचालन गरेका र अनुमति प्रदान गरेका हस्पिटल तथा हेल्थ सेन्टरलाई समान प्राथमिकता दिएको बताए । उनले सरकारी हस्पिटलले दिने सेवा भन्दा फरक सेवा सुविधा सहितको निजी क्षेत्रको हस्पिटलत तथा स्वास्थ्य सेन्टरलाई प्राथमिकता दिने बताए । उनले नेपालमा आँखाको उपचार सेवाले विश्व स्तरमा ख्याती कमाएको उल्लेख गर्दै पर्यटन स्वस्थ्य सेवामा पनि नेपालले विशेष सेवा दिन सक्ने बताए । पर्यटनसँग सम्वन्धित विदेशीलाई विशेष सेवा दिन हेल्थ सेन्टर खोलिएको हेल्थ सेन्टरका मेडिकल डाइरेक्टर तिमल्सिनाले बताए । उनका अनुसार यो हेल्थ सेन्टर सामान्य सेवा भन्दा पनि विशेष सेवा दिने उद्देश्यले संचालन गरिएको हो ।
मानव स्वास्थ्यमा गम्भिर खेलवाड, दर्ताविनै अस्पताल, अदक्षले गरे अप्रेसन
फाइल तस्बिर बुटवल । रूपन्देहीको लुम्बिनीस्थित एक अस्पतालमा अदक्ष व्यक्तिले बिरामीको अप्रेसन गरेका छन्। दर्तासमेत नभएको लुम्बिनी सांस्कृतिक नगरपालिकाको नैना अस्पतालले चिकित्सा क्षेत्रमा दक्षता नभएकाहरूबाटै अप्रेसन गराउने गरेको हो। जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीले बिहीबार अस्पतालमा छापा मारेको थियो। गैरकानुनीरूपमा अस्पताल सञ्चालन गरी बिरामीको जीवनमाथि खेलवाड भएको जानकारीपछि कार्यालयले छापा मारेको जनस्वास्थ्य कार्यालयका प्रमुख चूडामणि भण्डारीले जानकारी दिए। ‘हामीले छापा मार्दा अप्रेसन गरेका ६ जना बिरामी बेडमै सुतिरहेका थिए, उनले भने, ‘अदक्ष व्यक्तिबाट अप्रेसन हुने गरेको रहेछ।ु उनले अस्पताललाई कानुनअनुसार कारबाही गर्न प्रक्रिया अघि बढाएको बताए। लुम्बिनी, खुनगाईमा केही वर्षदेखि निजी लगानीमा उक्त अस्पताल खुलेको थियो। जनस्वास्थ्यले इलाका प्रहरी कार्यालय लुम्बिनीको सहयोगमा अस्पतालमा छापा मारेको थियो। जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख भण्डारीले अस्पताल जनस्वास्थ्य कार्यालयमा दर्ता नभएको बताए। बिरामीको अप्रेसनसमेत गरिरहेको प्रत्यक्ष प्रमाणसहित फेला पारेकाले आवश्यक कारबाही अघि बढाइएको उनले बताए। अस्पतालमा जाँच गर्ने दक्ष स्वास्थ्यकर्मी, प्राविधिक तथा भौतिक सामग्रीविनाको अप्रेसन थिएटर बनाइएको थियो। जनस्वास्थ्यले छापा मार्दा अस्पतालमा कार्यरत डा। विद्या शुक्ला र डा। सुरज गिरी भागेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। जनस्वास्थ्यको टोलीले अस्पताल सञ्चालक डा।जेपी शुक्लालाई भने हिरासतमा लिएको छ। अस्पतालको बेडमा रहेका ६ जना बिरामीलाई एम्बुलेन्समार्फत भीम अस्पताल भैरहवा ल्याइएको जनस्वास्थ्य प्रमुख भण्डारीले बताए। अन्नपूर्ण पोस्टबाट ।
नेपाली नर्सको तलव जम्मा ४ देखि ८ हजार, अधिकांश नर्सको पीडा एउटै पैसा थोरै, पेलान धेरै
हेल्थपोष्टको फाइल तस्बिर काठमाडौं । सिता शर्मा राप्ति उपक्षेत्रिय अस्पताल घोराहीमा काम गर्छिन। उनले त्यस अस्पतालमा काम गरेको २ वर्षभन्दा बढी समय भयो। उनी बेलुका ४ बजे अस्पताल पुग्छिन । अस्पतालका शैथ्यामा विरामीहरुको सेवामा तत्लिन हुन्छिन् । राती १० बजे ड्युटी सकिन्छ। घर फर्कदा उनलाई सुरक्षाको कुनै अनुभूति छ न त उनलाई अस्पताल प्रशासनले घरसम्म लगिदिन्छ। यो समस्या सिताको मात्र होइन । देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत अधिकांश नर्सहरुको हो। नेपाल नर्सिङ एशोसिएसनको तथ्थांक अनुसार ६७ हजार नर्स नेपालमा दर्ता भएका छन् । जसमध्ये ६ हजार ५ सय जना सरकारी सेवामा छन् । २२ हजार निजी अस्पतालमा छन् । केही एनजिओ र थुप्रै विदेशमा छन् । उनीहरुको तलव मासिक ४ हजारदेखि ८ हजार रुपैयाँसम्म हुन्छ। समस्या उठायो भने जागिर जाने डर उनीहरुमा छ। नेपाल समाचार पत्र दैनिकबाट ।