सहकारी प्राधिकरणको अध्यक्ष र सञ्चालकमा यी ९ जनाले दिए आवेदन, दुई जनाको दुवै पदमा उम्मेद्वारी
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले अध्यक्ष र विज्ञ सञ्चालकका लागि ९ जनाले आवेदन दिएका छन् । राष्ट्रि सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य नियुक्तिका लागि बनेको सिफासिर समितिले अध्यक्ष र विज्ञ सदस्यको नामावली सार्वजनिक गरेको हो । प्राधिकरणको अध्यक्षका लागि ६ जनाको आवेदन परेको छ भने विज्ञ सदस्यको लागि ५ जनाको आवेदन परेको छ । अध्यक्षमा आवेदन दिएका दुई जनाले सदस्यमा पनि आवेदन दिएका छन् । प्राधिकरणको अध्यक्षका लागि नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायणप्रसाद पौडेल उपाध्याय, तत्कालीन सहकारी विकास बोर्डका सदस्य सचिव डा. खगेन्द्र शर्मा, राष्ट्र बैंकका निर्देशक डा. हरि कुमार नेपाल, बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफुस्कुन)का निवर्तमान अध्यक्ष परितोष पौड्याल, बोर्डकै पूर्वकर्मचारी अनिल पौडेल र पूर्वसचिव तथा प्राधिकरणको अध्यक्षका रुपमा पनि काम गरिसकेका अर्जुन प्रसाद पोखरेलले आवदेन दिएका छन् । विज्ञ सदस्यमा भने शहदेव बस्नेत, रमेशप्रसाद चौलागाईं, नारायण प्रसाद पौडेल उपाध्याय, डा. खगराज शर्मा र डा. रुपमा जोशीको आवेदन परेको छ । डा. शर्मा र उपाध्यायले अध्यक्ष र विज्ञ सदस्य दुवै पदमा आवदेन दिएका हुन् । विज्ञ सदस्यमा आवदेन दिएका बस्नेत स्याङ्जाबासी हुन् । उनी लेखक तथा बैंकर पनि हुन् । चौलागाईं राष्ट्र बैंकको उपनिर्देशकमा कार्यरत छन् भने रुपा जोशी कैलालीवासी हुन् ।
५ अर्ब बीमा शुल्क संकलन गर्ने पहिलो निर्जीवन बीमक बन्यो शिखर
काठमाडौं । शिखर इन्स्योरेन्स बीमा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट फेरि ५ अर्ब बीमा शुल्क संकलन गर्ने पहिलो कम्पनी बन्न सफल भएको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै चालु आवको हालसम्ममा ५०० करोड कुल बीमा शुल्क संकलन गरिएको जानकारी गराएको हो । गत आव २०८०/८१ को असार मसान्तसम्ममा पनि शिखर इन्स्योरेन्सले ५ अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। हालसम्म अन्य निर्जीवन बीमा कम्पनीले कुल बीमा शुल्क ५ अर्ब करोड पुर्याउन सकेका छैनन् । ग्राहकको भरोसा र साथले शिखर इन्स्योरेन्स नेपालको निर्जीवन क्षेत्रमा छोटो समयमा ५ अर्बको निर्जीवन बीमा शुल्क संकलन गर्ने पहिलो कम्पनी बन्न सफल भएको जनाएको छ । ‘हाम्रो यो सफलताको लागि हामीलाई भरोसा गर्ने सम्पूर्ण ग्राहक महानुभावहरू, कर्मचारी वर्ग तथा शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं,’ कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । भविष्यमा अझ उत्कृष्ट बीमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
त्रिशक्ति सेक्युरिटिज डीजीहबको ‘एयर ट्रेड’ टीएमएसमा, लगानीकर्तालाई नयाँ सुविधा
काठमाडौं । त्रिशक्ति सेक्युरिटिज (ब्रोकर नं ४८) एयर ट्रेडमा जोडिने भएको छ । अत्याधुनिक नयाँ टीएमएस सञ्चालक कम्पनी डीजीहबले ल्याएको एयर ट्रेडमा त्रिशक्ति सेक्युरिटिजले आफ्नो टीएमएसलाई जोड्ने भएको हो । यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तरगतको वाईकोले संचालन गर्दै आएको टीएमएसमा रहेको त्रिशक्ति सेक्युरिटिजले आगामि हप्तादेखि डीजीहबको एयर ट्रेड अन्तरगत आफ्नो कारोबार गर्नेछ । त्रिशक्ति सेक्युरिटिजले नेप्से अन्तरगत वाईकोको टीएमएससँग आफ्नो सम्झौता रद्द गरी आगामि हप्तादेखि आफ्ना ग्राहकहरुलाई डीजीहबको टीएमएस अन्तरगत कारोबार गराउन लागेको जानकारी दिएको हो । हाल त्रिशक्ति सेक्युरिटिजमा करिव २ लाख लगानीकर्ताले टीएमएस खोली सेयर कारोबार गर्दै आएका छन् । आगामि हप्तादेखि सबै लगानीकर्ताले नेप्सेको टीएमएसबाट हटेर डीजीहबको अत्याधुनिक टीएमएसबाट नयाँ सुविधा सहित सेयर खरिदबिक्री गर्न पाउनेछन् । जसमा लगानीकर्ताले वेव, डेक्सटप, मोबाइल एपलगायत भर्सनबाट सेयर कारोबार गर्न सक्नेछन् । उक्त टीएमएसमार्फत लगानीकर्ताले आफ्नो पोर्टफोलियो, लाईभ डाटालगायतका आधा दर्जनभन्दा बढी फिचरहरु प्रयोग गर्न सक्नेछन् । उक्त टीएमएसमा पारदर्शिता, सिस्टमको सुरक्षा, डाटाको सुरक्षाका साथै तथ्यांकको गोपनियतालाई समेत विशेष प्राथमिकता दिइएको छ । नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टमका विशेषताहरूमा : १. मोबाईल भर्सन २. वेब भर्सन ३. डेस्कटप भर्सन रहेको छ । अन्य अपरेसनल विशेषताहरुमा : १. सेयर बिक्री गर्ने बित्तिकै सोही बराबरको रकमले सेयर खरिद गर्न सकिने र तेस्को लागि ब्रोकर लाई भनी राख्नु नपर्ने । २. आफ्नो लेजर ब्यालेन्स अनुसार कोल्याटर रियल टाईममा पाइने । ३. एउटै लगिनबाट धेरै युजरको ट्रेड गर्न सकिने । ४. अर्डर बास्केट । ५. आफुले चाहेको सेयरमा अलेर्ट राख्न सकिने । ६. रियल टाईममा खरिद बिक्री को अलेर्ट प्राप्त गर्न सकिने । ७. सजिलो र छिटो अर्डर राख्न सकिने । ८. आफ्नो चहे अनुसार जती पनि सेयरको मर्केट डेप्थ हेर्न पाइने । ९. लिन्क एन्ड डक फिचर्स भएको । १०. मल्टी विन्डो फिचर्स भएको । ११. मल्टी एक्सचेन्ज फिचर्स भएको । १२. सेयर खरिद बिक्री पछीको हिसाबकिताब र अरु रिपोर्ट हेर्नको लागि क्लाइन्ट लगिनको व्यवस्था भएको