हिमालयन जनरल इन्स्योरेन्सको हकप्रद लिलाम हुदै, मंसिर ४ गते प्रस्ताव पेश गर्ने अन्तिम दिन

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वसाधारण समूहको हकप्रद सेयर लिलामी हुने भएको छ । कम्पनीको साधारणतर्फको ७१ हजार ५३० कित्ता हकप्रद आउदो मंसिर ४ गते बोलपत्र पेश गर्ने अन्तिम दिन तोकिएको छ । कम्पनीले चुक्तपुँजी बढाउन हकप्रद सेयर निष्कासन गरेको हो । गत असार २८ गतेदेखि भदौ ९ गतेसम्म हकप्रद बिक्रीका लागि खुला गरेकोमा साधारणतर्फ आवेदन नपरेको हकप्रद लागि लिलामका लागि बोलपत्र आब्हान गरेको हो ।

सुर्या लाईफ इन्स्योरेन्सको व्यतित बीमामा सत्प्रतिशत ब्याज छुट, मंसिरदेखि जोखिम वहन नगर्ने

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा सत्प्रतिशत ब्याज छुट गरेको छ । व्यति (ल्याप्स) भएको सम्पुर्ण बीमालेखमा ब्याज छुटमा पुर्नजागर गर्न कात्तिक ३० गतेसम्म म्याद भएको कम्पनीले जनाएको छ । ३० गतेसम्म भुत्तानी नभए बीमालेखले मंसिरदेखि जोखिम बहन नगर्ने सुर्याले जनाएको छ ।

चुक्ता पूँजी १ अर्ब पुर्याउनेमा हिमालयन जनरल इन्स्योरेन्स पहिलो

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा विगत साँढे दुई दशक देखी सक्रिय रहँदै आइराखेको हिमालयन जनरल इन्स्योरेन्सले आफ्नो चुक्ता पूँजी एक अर्ब २ करोड पुर्याएको छ । बीमा समितीको निर्देशन अनुसार बीमा कम्पनीहरुले चुक्तापूँजी निर्जीवनको हकमा १ अर्ब र जीवनबीमाको हकमा दुई अर्ब पुर्याउनु पर्ने बाध्याकारी निर्देशन आएपछि कम्पनीले चुक्ता पूँजी एक अर्ब पुर्याएको हो । यसरी चुक्ता पूँजी अर्ब पुर्याउनेमा हिमालयन जनरल इन्स्योरन्स पहिलो रहेको कम्पनीले जनाएको छ । कम्पनीले गत आवमा एक अर्ब ३० करोड रुपैयाँको प्रिमियम संकलन गरेको छ । साथै, कम्पनीले  निकट भविश्यमा आफ्नो शाखा संञ्जाललाई धनगडी, नेपालगञ्ज र सुर्खेतमा समेत विस्तार गर्ने बताएको छ । हाल हिमालयन जनरल इन्स्योरेन्सले १८ वटा शाखा मार्फत देश भर सेवा प्रदान गर्दै आइराखेको छ ।