अब सरकारी सम्पत्तिको पनि अनिवार्य बीमा

सरकारको ठूलो आर्थिक दायित्व घट्ने

काठमाडौं । सरकारले सार्वजनिक पूर्वाधार निर्माणको बीमालाई अनिवार्य गर्ने भएको छ । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’मार्फत बीमा ऐनलाई संशोधन गर्दै सरकारले सार्वजनिक पूर्वाधार निर्माणको बीमासम्बन्धी व्यवस्था गरेको हो ।

सरकारले सरकारले बीमा ऐन २०७९ लाई संशोधन गर्दै ऐनको दफा ७२ पछि ७२ क थपेर सार्वजनिक पूर्वाधार निर्माणको बीमा सम्बन्धी व्यवस्था गरेको छ । उक्त व्यवस्थामा ‘सार्वजनिक पूर्वाधार निर्माणको बीमा सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ,’ भनिएको छ ।

null

ध्यादेश’मार्फत बीमा ऐनलाई संशोधन गरेर याे व्यवस्था जारी भएसँगैबीमाको नियामक नेपाल बीमा प्राधिकरणले गरेको व्यवस्थाअनुसार सार्वजनिक पूर्वाधार निर्माणको बीमासम्बन्धी अन्य कानुन र मापदण्डहरू बनाउने प्राधिकरणका प्रवक्ता पुजन ढु‌गेलले बताइन् ।

‘सार्वजनिक पूर्वाधार निर्माणको बीमा सम्बन्धी कानुन निर्देशिका बनाएर बीमा हुनेछ,’ उनले भनिन् । 

नेपालमा हालसम्म सार्वजनिक सम्पत्तिको बीमा अनिवार्य गर्ने व्यवस्था छैन । बीमा नहुँदा सरकारी सम्पत्तिमा हुने क्षतिको सम्पूर्ण भार राज्यले नै वहन गर्दै आएको छ। सार्वजनिक सम्पत्तिको बीमा अनिवार्य गरिएमा सरकारमाथि पर्ने ठूलो आर्थिक दायित्व उल्लेखनीय रूपमा घट्ने अपेक्षा लिइएकाे छ ।

Share News